Khabar Dabali २२ मंसिर २०८२ आईतवार | 7th December, 2025 Sun
Investment bank

आन्तरिक राजस्व कार्यालय पोखराद्वारा चार महिनामा डेढ अर्ब राजस्व संकलन

खबरडबली संवाददाता

पोखरा । जेनजी आन्दोलनका बावजुत आन्तरिक राजस्व कार्यालय पोखराले अपेक्षाकृत राजस्व सङ्कलन गरेको छ । 

कार्यालयका अनुसार पहिलो चार महिनामा डेढ अर्ब राजस्व सङ्कलन भएको हो । कात्तिक मसान्तसम्म १ अर्ब ५० करोड २० लाख रुपैयाँ सङ्कलन भएको कार्यालयले जनाएको छ । 

जसमध्ये आयकर तर्फ ८१ करोड ४६ लाख छ भने मूल्य अभिवृद्धि कर तर्फ ५२ करोड २४ लाख छ । अन्तः शुल्कबाट १२ करोड ७१ लाख र विलासिता शुल्कबाट ३ करोड ७८ लाख राजस्व सङ्कलन भएको कार्यालय प्रमुख शिवप्रसाद ढुङ्गानाले जानकारी दिए ।

गत वर्षको यही अवधि भन्दा अहिले डेढ करोड रुपैयाँ बढी राजस्व सङ्कलन भएको उनले बताए । अघिल्लो वर्ष ४ महिनामा १ अर्ब ४८ करोड ६६ लाख सङ्कलन भएको थियो । 

‘यो वर्षदेखि विलासिता शुल्क अनिवार्य भएको छ । सुनमा २ प्रतिशत विलासिता कर लिने निर्णय भएपछि यो रकम उठेको हो,’ ढुङ्गाना भन्छन्, ‘व्यवसायीहरूले १ महिना यसैविरुद्ध आन्दोलन गर्नुभयो । नत्र अझै धेरै उठ्ने थियो ।’ सरकारले तारे होटल र सुनमा विलासिता शुल्क लिने निर्णय गरेको थियो ।

आन्तरिक राजस्व कार्यालय पोखरामा कात्तिक मसान्तसम्म ६९ हजार ८ सय ६ करदाताले स्थायी लेखा नम्बर लिएका छन् ।
जसमध्ये मूल्य अभिवृद्धि करमा १२ हजार ८ सय ६९ र अन्तः शुल्कमा ४ हजार ५ सय ४२ करदाता आबद्ध छन् । पोखरा कार्यालय अन्तर्गत २ लाख १८ हजार १ सय २९ करदाताले व्यक्तिगत स्थायी लेखा नम्बर लिएका कार्यालयले जनाएको छ । 

राजस्व सङ्कलनमा वृद्धि गर्न कार्यालयले सेवा प्रवाहलाई सहज र प्रविधिमैत्री बनाउने काम गरिरहेको ढुङ्गाना बताउँछन् । ‘हाम्रो सेवा प्रवाह अधिकतम प्रविधिमैत्री बनाउने गरी काम गरिरहेका छौँ । अझै चुस्त सेवा दिन सहज विधिहरू अपनाएका छौँ,’ उनी भन्छन्, ‘करदाता पनि यसमा अपडेट हुनुपर्छ ।’

राजस्व कार्यालयले सोमबार राष्ट्रिय कर दिवस मनाएको छ । आधुनिक र वैज्ञानिक कर प्रणालीको प्रस्थान विन्दुका रूपमा मूल्य अभिवृद्धि कर लागू भएको दिनलाई स्मरण गरेर मङ्सिर १ गते कर दिवस मनाउने गरिएको छ । कार्यक्रममा कास्कीका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले देश विकासको प्रमुख हिस्सेदार निजी क्षेत्र भएकोले निजी क्षेत्रलाई प्रोत्साहन गर्न आह्वान गरेकी छिन् । 

उनले करमैत्री वातावरण सिर्जना गर्नका लागि कार्यालयले अधिकतम प्रयास गर्नुपर्ने सुझाव दिइन् ।आन्दोलनपछि निजी क्षेत्रमा उत्साह घटेको भन्दै शर्माले व्यावसायिक वातावरण तयार गर्न र मनोबल उच्च बनाउने गरी कार्य गर्ने प्रतिबद्धता व्यक्त गरेकी छिन् । 

कार्यक्रममा पोखरा उद्योग वाणिज्य सङ्घ, लेखनाथ उद्योग वाणिज्य सङ्घ, पोखरा चेम्बर अफ कमर्स लगायत सङ्घ संस्थाका प्रमुख र प्रतिनिधिहरूले निजी क्षेत्रलाई प्रोत्साहन गर्ने गरी कार्यक्रम ल्याउन सुझाएका थिए । कार्यक्रममा धेरै कर दाखिला गर्ने करदातालाई सम्मान गरिएको थियो ।

आन्तरिक राजस्व कार्यालय पोखरा अन्तर्गत सबैभन्दा बढी कर दाखिला गर्ने करदाता आरकेडी होल्डिङ्स र करदाता सेवा कार्यालय स्याङ्जा अन्तर्गत सबैभन्दा बढी कर दाखिला गर्ने खिलुङ कालिका कन्ट्रक्सनलाई सम्मान गरिएको हो ।

आरकेडीले हालसम्म २ करोड १६ लाख ४९ हजार र खिलुङ कालिकाले ८५ लाख ८६ हजार रुपैयाँ कर तिरेको छ । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कांग्रेसले महाधिवेशन र निर्वाचनको तयारी सँगसँगै गर्नुपर्छ: थापा

सर्लाही । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको आसन्न १५औँ महाधिवेशन र निर्वाचनको तयारी सँगसँगै अगाडि बढाइएको बताएका छन् । नेपाल प्...

मध्य म्यानमारमा हवाई आक्रमण, १८ जनाको मृत्यु

नेपिदो । मध्य म्यानमारको एक सहरमा शनिबार भएको हवाई आक्रमणमा कम्तीमा १८ जनाको मृत्यु भएको छ । एएफपीसँग कुरा गर्दै स्थानीय सरकारी अधिकारी र उद्धारकर्ता ...

पोखरालाई गुल्जार बनाउने ‘पोखरा सडक महोत्सव’

पोखरा । तीन दशकअघि मङ्सिर–पुस महिनामा पोखराको लेकसाइड सुनसान हुन्थ्यो । नेपाल घुम्न आएका विदेशी पर्यटक क्रिसमस मनाउन स्वदेश फर्कने तयारीमा हुन्थे भने ...

सुरक्षाका लागि सरकार जिम्मेवार हुनुपर्छः सभामुख घिमिरे

सुरुङ्गा । सभामुख देवराज घिमिरेले निर्वाचनको विषयलाई लिएर दलहरूबिच अविश्वास बढेको बताएका छन् ।  वीरता जेसिज विर्तामोडको आयोजनामा आज यहाँ आयोजित ‘सङ...

सङ्खुवासभाको सभापोखरीमा अस्पताल सञ्चालन

खाँदबारी । सङ्खुवासभाको सभापोखरी गाउँपालिकामा पाँच शय्याको अत्याधुनिक आधारभूत अस्पतालको आज उद्घाटन गरिएको छ । अस्पतालमा शव परीक्षण सेवा, ल्याब, फार्मे...

भारतका खानी क्षेत्रमा सौर्य बत्तिले महिलामा आशा र आत्मनिर्भरता

भारत । लाखौँ श्रमिक रहेको भारतको पश्चिमी राजस्थानमा धुलो, रोग र गरिबी दैनन्दिन चुनौती जस्तै छन् । यही कठोर वातावरणबिच सन्तोष देवीजस्ता महिलाले सौर्य इ...

यमनमा शान्ति प्रयासः २६ शव हस्तान्तरणसँगै वार्ताको वातावरण सहज

साना । यमन सरकारले संयुक्त राष्ट्रसङ्घको पहलमा पुनः सुरू हुन लागेको वार्ताको तयारी स्वरूप शुक्रबार ‘विद्रोही हुथी समूह’ का २६ सदस्यका शव हस्तान्तरण गर...

क्यानाडाको श्रम बजारमा सुधार

ओटावा । क्यानाडामा नोभेम्बर महिनामा कुल ५४ हजार व्यक्तिले रोजगारी पाएका छन्, जुन कुल रोजगारीमा ०.३ प्रतिशत वृद्धि भएको स्टाटिस्टिक्स क्यानाडाले जनाएको...

नवलपुरमा ६ सय ६६ जनाको निःशुल्क स्वास्थ्य परीक्षण

नवलपुर । नवलपुरको कावासोती –११ रहेको नेपाल राष्ट्रिय आधारभूत विद्यालयको स्वर्ण महोत्सवको अवसरमा आयोजना गरिएको स्वास्थ्य शिविरमा ६ सय ६० जनाले निःशुल्क...

महोत्तरीमा पेस्तोलसहित एक भारतीय नागरिक पक्राउ

महोत्तरी । सशस्त्र प्रहरीले महोत्तरीको एकडारा गाउँपालिका –४ हलखोरी चोकबाट कटुवा पेस्तोलसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।  बर्दीबासस्थित...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending