काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल)–२ को उद्घाटन खेलमा गत संस्करणको विजेता जनकपुर बोल्ट्स काठमाडौं गोर्खाज्ससँग पराजित भएको छ ।
तुलनात्मक रूपमा सहज लक्ष्य पाएको काठमाडौंले १२ बल बाँकी छँदै पाँच विकेटको उत्कृष्ट जित दर्ता गर्यो । टस हारेर पहिले ब्याटिङ थालेको जनकपुरले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १३१ रनको मात्र योगफल बनाउन सक्यो । बलियो सुरुआतका बाबजुद मध्यमक्रम धराशायी भएपछि टोलीले प्रतिस्पर्धात्मक स्कोर बनाउन संघर्ष गर्यो ।
जनकपुरका ओपनर आशिफ शेखले बलियो इनिङ खेले । उनले ४१ बलमा ५ चौका र १ छक्का प्रहार गर्दै लिगको पहिलो अर्धशतक पूरा गरे । शेखले ५४ रन बनाए भने मयन यादवले अन्तिमसम्म टिक्दै नटआउट ३४ रनको उपयोगी योगदान दिए । त्यस्तै लाहिरु समरकोनले २२ रन जोडे । यद्यपि बाँकी खेलाडीले दोहोरो अंक छुन सकेनन् ।
इन्निङको सुरुआतमा अर्का ओपनर लाहिरु मिलन्थाले १२ बलमा ७ रन बनाए भने कप्तान अनिल साह शून्य रनमै पेभेलियन फर्किए, जसले टोलीको रन–रेटमा ठूलो असर पर्यो । बलिङतर्फ काठमाडौं गोर्खाज्सका मिलिन्द कुमार चम्किए । उनले तीखा स्पेल फाल्दै ३ विकेट निकाले । करण केसी, साहब आलम र सन्तोष यादवले पनि संयमित बलिङ गर्दै १–१ विकेट बटुले ।
लक्ष्य पछ्याउन उत्रिएको काठमाडौंले स्थिर सुरुआतका साथ निरन्तर रन बनाउँदै खेल आफ्नो पक्षमा मोड्यो । अन्त्यतिरको उत्कृष्ट हिटरले सहजै खेल सकिँदा टोलीले घरेलु दर्शक बीच विजयी सुरुआत गर्दै लिगको शुरुवातलाई धमाकेदार बनाएको छ ।
एनपीएल–२ को उद्घाटन खेलले दर्शकमा उत्साह र रोमाञ्च थपिएको छ । अब लिगको बाँकी खेलमा थप प्रतिस्पर्धा र रोमाञ्च हेर्न दर्शक निकै उत्सुक छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २३ गते, २०८२ - २०:०२
बेइजिङ । चीनको कुल विदेशी व्यापार पहिलो ११ महिनामा वर्षभरको तुलनामा ३.६ प्रतिशतले बढेको आधिकारिक तथ्याङ्कले सोमबार जनाएको छ । चिनियाँ भन्सार प्रशा...
मंसिर २३ गते, २०८२ - १९:५९
रुपन्देही । लुम्बिनी प्रदेशमा करिब १२ हजार सात सय ३२ छाडा चौपाया रहेको तथ्याङ्क सार्वजनिक भएको छ । प्रदेश सरकार कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रा...
मंसिर २३ गते, २०८२ - १९:४८
कैलाली । कैलालीमा वन पैदावार बिक्री वितरणमा रोक लगाइएपछि एक लाख क्युफिट भन्दा बढी परिमाणमा काठ घाटगद्दीमै थन्किएका छन् । सुदूरपश्चिम प्रदेश सरकारले...
मंसिर २३ गते, २०८२ - १९:४५
म्याग्दी । नेपाली कम्युनिष्ट पार्टीका नेता लीलामणि पोखरेलले राजनीतिक निकासका लागि आगामी फागुन २१ गते घोषणा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको विकल्प न...
मंसिर २३ गते, २०८२ - १९:४१
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले पुस ५ गतेसम्म केन्द्रदेखि प्रदेश र जिल्लासम्म सबै तहमा पार्टी एकता प्रक्रिया सम्पन्न गर्ने जनाएको छ । ...
मंसिर २३ गते, २०८२ - १८:५७
बेल्जियम । युरोपेली सङ्घ (ईयू) ले सोमबार आप्रवासन नीति कडा पार्ने महत्वपूर्ण कदम अनुमोदन गर्ने तयारी गरेको छ । यसअन्तर्गत ईयू बाहिर ‘फिर्ता केन्द्र’ ख...
मंसिर २३ गते, २०८२ - १८:५३
भियतनाम । भियतनामको नागरिक उड्डयन प्राधिकरण अनुसार, सन् २०२५ मा देशभरका विमान सेवाबाट करिब ८४ लाख यात्रु आवागमन हुने अनुमान गरिएको छ । जुन अघिल्लो वर्...
मंसिर २३ गते, २०८२ - १८:४९
पर्सा । विभिन्न कालखण्डमा मधेस प्रदेशमा अतिक्रमणमा परेको वन क्षेत्र सङ्घीयतापछि पनि फिर्ता ल्याउन सकस भएको छ । विसं २०७२ मा नयाँ संविधानसँगै सङ्घीयता ...
मंसिर २३ गते, २०८२ - १८:४५
काठमाडौं । आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिक प्रणालीमा भाग लिन सोमबारसम्म ६७ दलले निवेदन दिएका छन् । आयोगकी सहायक प्रव...
मंसिर २३ गते, २०८२ - १८:०५
काठमाडाैँ । संयुक्त राष्ट्र सङ्घले सन् २०२६ का लागि मानवतावादी सहयोग जुटाउन वैश्विक आह्वान गर्दै विश्व समुदाय पीडित मानिसप्रति पर्याप्त संवेदनशील नदेख...




प्रतिकृया लेख्नुहोस्: