Khabar Dabali २२ मंसिर २०८२ आईतवार | 7th December, 2025 Sun
Investment bank

उद्घाटन खेलमा साबिक विजेता जनकपुर काठमाडौंसँग पराजित

खबरडबली संवाददाता

काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल)–२ को उद्घाटन खेलमा गत संस्करणको विजेता जनकपुर बोल्ट्स काठमाडौं गोर्खाज्ससँग पराजित भएको छ । 

तुलनात्मक रूपमा सहज लक्ष्य पाएको काठमाडौंले १२ बल बाँकी छँदै पाँच विकेटको उत्कृष्ट जित दर्ता गर्‍यो । टस हारेर पहिले ब्याटिङ थालेको जनकपुरले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १३१ रनको मात्र योगफल बनाउन सक्यो । बलियो सुरुआतका बाबजुद मध्यमक्रम धराशायी भएपछि टोलीले प्रतिस्पर्धात्मक स्कोर बनाउन संघर्ष गर्‍यो ।

जनकपुरका ओपनर आशिफ शेखले बलियो इनिङ खेले । उनले ४१ बलमा ५ चौका र १ छक्का प्रहार गर्दै लिगको पहिलो अर्धशतक पूरा गरे । शेखले ५४ रन बनाए भने मयन यादवले अन्तिमसम्म टिक्दै नटआउट ३४ रनको उपयोगी योगदान दिए । त्यस्तै लाहिरु समरकोनले २२ रन जोडे । यद्यपि बाँकी खेलाडीले दोहोरो अंक छुन सकेनन् ।

इन्निङको सुरुआतमा अर्का ओपनर लाहिरु मिलन्थाले १२ बलमा ७ रन बनाए भने कप्तान अनिल साह शून्य रनमै पेभेलियन फर्किए, जसले टोलीको रन–रेटमा ठूलो असर पर्‍यो । बलिङतर्फ काठमाडौं गोर्खाज्सका मिलिन्द कुमार चम्किए । उनले तीखा स्पेल फाल्दै ३ विकेट निकाले । करण केसी, साहब आलम र सन्तोष यादवले पनि संयमित बलिङ गर्दै १–१ विकेट बटुले ।

लक्ष्य पछ्याउन उत्रिएको काठमाडौंले स्थिर सुरुआतका साथ निरन्तर रन बनाउँदै खेल आफ्नो पक्षमा मोड्यो । अन्त्यतिरको उत्कृष्ट हिटरले सहजै खेल सकिँदा टोलीले घरेलु दर्शक बीच विजयी सुरुआत गर्दै लिगको शुरुवातलाई धमाकेदार बनाएको छ ।

एनपीएल–२ को उद्घाटन खेलले दर्शकमा उत्साह र रोमाञ्च थपिएको छ । अब लिगको बाँकी खेलमा थप प्रतिस्पर्धा र रोमाञ्च हेर्न दर्शक निकै उत्सुक छन् ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कांग्रेसले महाधिवेशन र निर्वाचनको तयारी सँगसँगै गर्नुपर्छ: थापा

सर्लाही । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको आसन्न १५औँ महाधिवेशन र निर्वाचनको तयारी सँगसँगै अगाडि बढाइएको बताएका छन् । नेपाल प्...

मध्य म्यानमारमा हवाई आक्रमण, १८ जनाको मृत्यु

नेपिदो । मध्य म्यानमारको एक सहरमा शनिबार भएको हवाई आक्रमणमा कम्तीमा १८ जनाको मृत्यु भएको छ । एएफपीसँग कुरा गर्दै स्थानीय सरकारी अधिकारी र उद्धारकर्ता ...

पोखरालाई गुल्जार बनाउने ‘पोखरा सडक महोत्सव’

पोखरा । तीन दशकअघि मङ्सिर–पुस महिनामा पोखराको लेकसाइड सुनसान हुन्थ्यो । नेपाल घुम्न आएका विदेशी पर्यटक क्रिसमस मनाउन स्वदेश फर्कने तयारीमा हुन्थे भने ...

सुरक्षाका लागि सरकार जिम्मेवार हुनुपर्छः सभामुख घिमिरे

सुरुङ्गा । सभामुख देवराज घिमिरेले निर्वाचनको विषयलाई लिएर दलहरूबिच अविश्वास बढेको बताएका छन् ।  वीरता जेसिज विर्तामोडको आयोजनामा आज यहाँ आयोजित ‘सङ...

सङ्खुवासभाको सभापोखरीमा अस्पताल सञ्चालन

खाँदबारी । सङ्खुवासभाको सभापोखरी गाउँपालिकामा पाँच शय्याको अत्याधुनिक आधारभूत अस्पतालको आज उद्घाटन गरिएको छ । अस्पतालमा शव परीक्षण सेवा, ल्याब, फार्मे...

भारतका खानी क्षेत्रमा सौर्य बत्तिले महिलामा आशा र आत्मनिर्भरता

भारत । लाखौँ श्रमिक रहेको भारतको पश्चिमी राजस्थानमा धुलो, रोग र गरिबी दैनन्दिन चुनौती जस्तै छन् । यही कठोर वातावरणबिच सन्तोष देवीजस्ता महिलाले सौर्य इ...

यमनमा शान्ति प्रयासः २६ शव हस्तान्तरणसँगै वार्ताको वातावरण सहज

साना । यमन सरकारले संयुक्त राष्ट्रसङ्घको पहलमा पुनः सुरू हुन लागेको वार्ताको तयारी स्वरूप शुक्रबार ‘विद्रोही हुथी समूह’ का २६ सदस्यका शव हस्तान्तरण गर...

क्यानाडाको श्रम बजारमा सुधार

ओटावा । क्यानाडामा नोभेम्बर महिनामा कुल ५४ हजार व्यक्तिले रोजगारी पाएका छन्, जुन कुल रोजगारीमा ०.३ प्रतिशत वृद्धि भएको स्टाटिस्टिक्स क्यानाडाले जनाएको...

नवलपुरमा ६ सय ६६ जनाको निःशुल्क स्वास्थ्य परीक्षण

नवलपुर । नवलपुरको कावासोती –११ रहेको नेपाल राष्ट्रिय आधारभूत विद्यालयको स्वर्ण महोत्सवको अवसरमा आयोजना गरिएको स्वास्थ्य शिविरमा ६ सय ६० जनाले निःशुल्क...

महोत्तरीमा पेस्तोलसहित एक भारतीय नागरिक पक्राउ

महोत्तरी । सशस्त्र प्रहरीले महोत्तरीको एकडारा गाउँपालिका –४ हलखोरी चोकबाट कटुवा पेस्तोलसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।  बर्दीबासस्थित...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending