काठमाडौं । नवगठित नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले पार्टी एकतालाई संस्थागत दिशा दिने उद्देश्यले विशेष अन्तरपार्टी निर्देशन (अपिल) जारी गर्ने तयारी गरेको छ। आइतबार पेरिसडाँडास्थित पार्टी कार्यालयमा बसेको अनौपचारिक विस्तारित बैठकले यस्तो निष्कर्ष निकालेको हो।
बैठकमा पार्टीका पूर्व पदाधिकारी तथा विभिन्न प्रदेशका उपलब्ध नेताहरू सहभागी थिए। बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै वरिष्ठ नेता झलनाथ खनालले पार्टी एकतालाई व्यवहारिक रुप दिन उच्चस्तरीय राजनीतिक पहल सुरु भइसकेको जानकारी दिए।
खनालका अनुसार, पार्टीलाई एकढिक्का बनाउन विशेष एकता अपिल सार्वजनिक गर्ने निर्णय बैठकको मुख्य एजेन्डा थियो। अपिलमार्फत केन्द्रदेखि स्थानीय तहसम्मका संरचनामा सन्देश पुर्याउँदै पार्टीभित्रको वैचारिक र संगठनात्मक एकताको अभियानलाई तीव्र बनाउने तयारी छ।
“पार्टीलाई एउटै ध्येय, एउटै भावनाले अघि बढाउन विशेष अपिल जारी गर्ने सहमति भएको छ,” खनालले भने, “प्रदेश, जिल्ला र स्थानीय तहमा एकताको सन्देश सभा आयोजना गर्ने कार्ययोजना बनाइएको छ ।”
यसमार्फत देशभर “एकता अभियान” सञ्चालन गरिने र त्यसपछि थप राजनीतिक तथा वैचारिक अपिलहरू पनि प्रकाशित गर्ने तयारी भइरहेको उनले बताए। सन्देश सभाहरूको स्थान, समय र ढाँचा बारे छिट्टै थप छलफल र तयारी हुने पनि जानकारी गराइयो।
खनालले नेपाली विशेषताको समाजवाद स्थापना गर्ने यात्रामा पार्टी अडिग रहेको दोहोर्याउँदै भने, “हाम्रो एकमात्र अर्जुनदृष्टि समाजवादी रूपान्तरण हो।”
बैठकमा अन्य वामपन्थी घटकहरूसँग छलफल र सहकार्यका विषयमा पनि विस्तृत समीक्षा गरिएको थियो। खनालका अनुसार अशोक राई र उपेन्द्र यादव नेतृत्वका पार्टीहरूसँग एकता बुँदागत सहमतितर्फ अगाडि बढिसकेको छ।
“छिट्टै नै उहाँहरूको पार्टीसँग संगठनात्मक एकता हुनेछ,” खनालले दाबी गरे। त्यस्तै, पार्टी नेता घनश्याम भुसालसँग पनि निरन्तर वार्ता भइरहेको बताउँदै उनले पार्टी पुनर्संरचना र एकता प्रक्रियालाई अझ तीव्र बनाइने उल्लेख गरे।
पार्टी स्रोतका अनुसार विशेष अपिल केही दिनमै सार्वजनिक गरिनेछ। यससँगै नेकपाको पुनर्संयोजन प्रक्रिया नयाँ चरणमा प्रवेश गर्ने अपेक्षा गरिएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...



प्रतिकृया लेख्नुहोस्: