काठमाडौं । नवगठित नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले पार्टी एकतालाई संस्थागत दिशा दिने उद्देश्यले विशेष अन्तरपार्टी निर्देशन (अपिल) जारी गर्ने तयारी गरेको छ। आइतबार पेरिसडाँडास्थित पार्टी कार्यालयमा बसेको अनौपचारिक विस्तारित बैठकले यस्तो निष्कर्ष निकालेको हो।
बैठकमा पार्टीका पूर्व पदाधिकारी तथा विभिन्न प्रदेशका उपलब्ध नेताहरू सहभागी थिए। बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै वरिष्ठ नेता झलनाथ खनालले पार्टी एकतालाई व्यवहारिक रुप दिन उच्चस्तरीय राजनीतिक पहल सुरु भइसकेको जानकारी दिए।
खनालका अनुसार, पार्टीलाई एकढिक्का बनाउन विशेष एकता अपिल सार्वजनिक गर्ने निर्णय बैठकको मुख्य एजेन्डा थियो। अपिलमार्फत केन्द्रदेखि स्थानीय तहसम्मका संरचनामा सन्देश पुर्याउँदै पार्टीभित्रको वैचारिक र संगठनात्मक एकताको अभियानलाई तीव्र बनाउने तयारी छ।
“पार्टीलाई एउटै ध्येय, एउटै भावनाले अघि बढाउन विशेष अपिल जारी गर्ने सहमति भएको छ,” खनालले भने, “प्रदेश, जिल्ला र स्थानीय तहमा एकताको सन्देश सभा आयोजना गर्ने कार्ययोजना बनाइएको छ ।”
यसमार्फत देशभर “एकता अभियान” सञ्चालन गरिने र त्यसपछि थप राजनीतिक तथा वैचारिक अपिलहरू पनि प्रकाशित गर्ने तयारी भइरहेको उनले बताए। सन्देश सभाहरूको स्थान, समय र ढाँचा बारे छिट्टै थप छलफल र तयारी हुने पनि जानकारी गराइयो।
खनालले नेपाली विशेषताको समाजवाद स्थापना गर्ने यात्रामा पार्टी अडिग रहेको दोहोर्याउँदै भने, “हाम्रो एकमात्र अर्जुनदृष्टि समाजवादी रूपान्तरण हो।”
बैठकमा अन्य वामपन्थी घटकहरूसँग छलफल र सहकार्यका विषयमा पनि विस्तृत समीक्षा गरिएको थियो। खनालका अनुसार अशोक राई र उपेन्द्र यादव नेतृत्वका पार्टीहरूसँग एकता बुँदागत सहमतितर्फ अगाडि बढिसकेको छ।
“छिट्टै नै उहाँहरूको पार्टीसँग संगठनात्मक एकता हुनेछ,” खनालले दाबी गरे। त्यस्तै, पार्टी नेता घनश्याम भुसालसँग पनि निरन्तर वार्ता भइरहेको बताउँदै उनले पार्टी पुनर्संरचना र एकता प्रक्रियालाई अझ तीव्र बनाइने उल्लेख गरे।
पार्टी स्रोतका अनुसार विशेष अपिल केही दिनमै सार्वजनिक गरिनेछ। यससँगै नेकपाको पुनर्संयोजन प्रक्रिया नयाँ चरणमा प्रवेश गर्ने अपेक्षा गरिएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ८ गते, २०८२ - २०:११
काठमाडौँ । वैदेशिक रोजगारमा जाने कामदारहरूको स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य संस्थाहरूले दिने परीक्षण शुल्क साविककै दरमा राखेपछि व्यवसायीले त्यसको स...
पौष ८ गते, २०८२ - २०:०८
काठमाडाैँ । विश्व व्यापारमा आफ्नो भूमिका विस्तार गर्दै अर्थतन्त्रलाई विविधीकरण गर्ने लक्ष्यसहित कुवेतले प्रमुख बन्दरगाह निर्माण सम्पन्न गर्न चीनसँग कर...
पौष ८ गते, २०८२ - २०:०४
काठमाडाैँ । मलेसियाले आफ्नो ऊर्जा रूपान्तरणलाई सन् २०२६ मा छिटो अघि बढाउने योजना बनाएको छ । यसमा बायोग्यासमा लगानी बढाउने र कार्बन सम्बन्धी नयाँ नीति ...
पौष ८ गते, २०८२ - २०:०१
विराटनगर । नेपाली कम्युनिस्ट पार्टीले पाँचथरबाट प्रतिनिधिसभा निर्वाचनका लागि एकल उम्मेदवारको नाम सिफारिस गरेको छ । फागुन २१ गतेका लागि तोकिएको प्र...
पौष ८ गते, २०८२ - १९:०५
कैलाली । कोरोना महामारीका समयमा भारतबाट स्वदेश फर्किने कोरोना सङ्क्रमितलाई राख्न बनाएको ‘होल्डिङ सेन्टर’ प्रयोगविहीन हुँदा जीर्ण बन्दै गएको छ । कैल...
पौष ८ गते, २०८२ - १९:०३
तनहुँ । सदरमुकामस्थित व्यास नगरपालिकाले फोहरजन्य वस्तु बिक्री गरी पाँच महिनामा रु १० लाखभन्दा बढी आम्दानी गरेको छ । फोहरका रुपमा सङ्कलन गरी पुनः प्रयो...
पौष ८ गते, २०८२ - १९:००
झापा । चालु आर्थिक वर्ष २०८२/८३ को मङ्सिर मसान्तसम्ममा पूर्वीनाका काँकरभिट्टाबाट रु २० अर्ब १४ करोड ४० लाख मूल्यबराबरका वस्तु आयात भएका छन् । मेची ...
पौष ८ गते, २०८२ - १८:५५
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा प्रधानमन्त्री सुशीला कार्कीसहित देशका प्रमुख राजनीतिक दलका शीर्ष नेताबीच उच्चस्तरीय छलफल सम्पन्न भएको छ ...
पौष ८ गते, २०८२ - १८:४८
काठमाडौं । पाँच महिनामा साढे पाँच अर्बको अलैँची निर्यात भएको छ । भन्सार विभागले मंगलबार सार्वजनिक गरेको तथ्यांकअनुसार साढे पाँच अर्ब मूल्य बराबरको...
पौष ८ गते, २०८२ - १८:१६
याङ्गुन । म्यान्मामा सैनिक जुन्ताले पाँच वर्षअघि निर्वाचित सरकारलाई अपदस्थ गरेपछि सुरु भएको गृहयुद्धको बिचमा आइतबारदेखि निर्वाचन सुरु गराउने तयारी गरे...




प्रतिकृया लेख्नुहोस्: