काठमाडौं । थाइल्याण्ड, म्यानमारलगायत मुलुकमा अवैध रूपमा पुर्याइएका नेपालीको उद्धार शुरू भएको छ । जानकारी अनुसार आकर्षक तलब, आईटी रोजगारी र सुविधाको प्रलोभनमा थाइल्याण्ड लगेर पासपोर्ट जफत गरी म्यानमारको म्यावडीजस्ता द्वन्द्वग्रस्त ठाउँमा पुर्याई अनलाइन जुवा र स्क्याममा लगाउने गरिएको छ ।
थाइल्याण्डस्थित नेपाली दूतावासले हालसम्म करिब २०० नेपाली उद्धार गरेको छ । १५० जनालाई नेपाल फर्काइएपछि बाँकी ३९ जनालाई मंसिर ३ गते नेपाल एयरलाइन्समार्फत ल्याउने तयारी छ ।
परराष्ट्र मन्त्रालयका अनुसार बिचौलियाले फेसबुकजस्ता सामाजिक सञ्जालमार्फत कामको प्रलोभन देखाएर पर्यटक, भिजिट वा विद्यार्थी भिसामा नेपालीलाई थाइल्याण्ड पुर्याउने गरेका छन् । त्यसपछि उनीहरुलाई म्यानमारका जंगल र राज्यको पहुँच नपुग्ने क्षेत्रमा बन्धक बनाएर अनलाइन स्क्याम गराइने गरेको छ ।
राजदूत धनबहादुर ओलीका अनुसार कम्बोडिया, लाओस, थाइल्याण्ड र म्यानमारमा यस्तै जोखिममा परेका नेपालीले दूतावासको सम्पर्कमा आएपछि उद्धार भइरहेको छ । तर म्यानमारको द्वन्द्वग्रस्त क्षेत्रमा तत्काल उद्धार गर्न कठिनाइ रहेको परराष्ट्र अधिकारीहरू बताउँछन् ।
परराष्ट्र मन्त्रालयले वैदेशिक रोजगारीमा जानुअघि कानुनी प्रक्रिया र श्रम स्वीकृति अनिवार्य रूपमा लिन आग्रह गर्दै त्यस्ता अवैध प्रलोभनमा नपर्न चेतावनी दिएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ८ गते, २०८२ - २०:११
काठमाडौँ । वैदेशिक रोजगारमा जाने कामदारहरूको स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य संस्थाहरूले दिने परीक्षण शुल्क साविककै दरमा राखेपछि व्यवसायीले त्यसको स...
पौष ८ गते, २०८२ - २०:०८
काठमाडाैँ । विश्व व्यापारमा आफ्नो भूमिका विस्तार गर्दै अर्थतन्त्रलाई विविधीकरण गर्ने लक्ष्यसहित कुवेतले प्रमुख बन्दरगाह निर्माण सम्पन्न गर्न चीनसँग कर...
पौष ८ गते, २०८२ - २०:०४
काठमाडाैँ । मलेसियाले आफ्नो ऊर्जा रूपान्तरणलाई सन् २०२६ मा छिटो अघि बढाउने योजना बनाएको छ । यसमा बायोग्यासमा लगानी बढाउने र कार्बन सम्बन्धी नयाँ नीति ...
पौष ८ गते, २०८२ - २०:०१
विराटनगर । नेपाली कम्युनिस्ट पार्टीले पाँचथरबाट प्रतिनिधिसभा निर्वाचनका लागि एकल उम्मेदवारको नाम सिफारिस गरेको छ । फागुन २१ गतेका लागि तोकिएको प्र...
पौष ८ गते, २०८२ - १९:०५
कैलाली । कोरोना महामारीका समयमा भारतबाट स्वदेश फर्किने कोरोना सङ्क्रमितलाई राख्न बनाएको ‘होल्डिङ सेन्टर’ प्रयोगविहीन हुँदा जीर्ण बन्दै गएको छ । कैल...
पौष ८ गते, २०८२ - १९:०३
तनहुँ । सदरमुकामस्थित व्यास नगरपालिकाले फोहरजन्य वस्तु बिक्री गरी पाँच महिनामा रु १० लाखभन्दा बढी आम्दानी गरेको छ । फोहरका रुपमा सङ्कलन गरी पुनः प्रयो...
पौष ८ गते, २०८२ - १९:००
झापा । चालु आर्थिक वर्ष २०८२/८३ को मङ्सिर मसान्तसम्ममा पूर्वीनाका काँकरभिट्टाबाट रु २० अर्ब १४ करोड ४० लाख मूल्यबराबरका वस्तु आयात भएका छन् । मेची ...
पौष ८ गते, २०८२ - १८:५५
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा प्रधानमन्त्री सुशीला कार्कीसहित देशका प्रमुख राजनीतिक दलका शीर्ष नेताबीच उच्चस्तरीय छलफल सम्पन्न भएको छ ...
पौष ८ गते, २०८२ - १८:४८
काठमाडौं । पाँच महिनामा साढे पाँच अर्बको अलैँची निर्यात भएको छ । भन्सार विभागले मंगलबार सार्वजनिक गरेको तथ्यांकअनुसार साढे पाँच अर्ब मूल्य बराबरको...
पौष ८ गते, २०८२ - १८:१६
याङ्गुन । म्यान्मामा सैनिक जुन्ताले पाँच वर्षअघि निर्वाचित सरकारलाई अपदस्थ गरेपछि सुरु भएको गृहयुद्धको बिचमा आइतबारदेखि निर्वाचन सुरु गराउने तयारी गरे...




प्रतिकृया लेख्नुहोस्: