गाजा । गाजामा शनिबार दशौं स्वयंसेवक सडक सफाइ र पूर्वाधार पुनःस्थापनामा सक्रिय रूपमा जुटेका छन् । वर्षा भइरहे पनि उनीहरू युद्धपछिको मलबा र फोहोर हटाउँदै शहरलाई सफा र सुन्दर बनाउने कार्यमा संलग्न छन् । यो पहल व्यापक स्वयंसेवक अभियानको एक महत्वपूर्ण हिस्सा मानिन्छ ।
गाजा नगरपालिकाले यो अभियान गाजा उद्योग, वाणिज्य तथा कृषि चेम्बर र प्यालेस्टाइन गैरसरकारी संस्था नेटवर्कसँगको सहकार्यमा सुरु गरेको हो । नगरपालिका अनुसार अभियानको उद्देश्य ‘सामुदायिक सहभागितामार्फत निर्माण र पुनर्निर्माणमा आशाको उज्यालो फैलाउनु’ हो ।
नगरपालिकाका जनसम्पर्क अधिकृत होस्नी मुहानाले बताए अनुसार, अभियानमार्फत फोहोर र मलबा हटाउने, सडकमा रूख रोप्ने र युद्धले प्रभावित शहरलाई सुन्दर बनाउने कार्य भइरहेको छ
गाजा सिटीका मेयर याह्या अल–सार्राजले यस अभियानलाई महान् पहलको रूपमा वर्णन गर्दै भने, “यो अभियानले प्यालेस्टिनी जनताको अडिगता दृढ र कुनैपनि चुनौतीले उनीहरूलाई रोक्न नसक्ने देखाएको छ । विभिन्न उमेरका मानिसहरू यस अभियानमा सक्रिय देखिनुले विश्वलाई सन्देश दिन्छ कि गाजा जीवन योग्य छ ।”
प्यालेस्टाइन एनजीओ नेटवर्कका प्रमुख अम्जाद अल–शावा अनुसार यो अभियान युद्धपछिको ६० करोड टन मलबा हटाउने ठूलो लक्ष्यतर्फको पहिलो चरण हो, जसले गाजालाई पहिलेभन्दा अझ सुन्दर र सुरक्षित बनाउने लक्ष्य राखेको छ ।
गाजा उद्योग, वाणिज्य र कृषि चेम्बरका प्रमुख आयेद अबु रमदानले भने,“गत दुई वर्षमा गाजामा विनाश भयो, तर यहाँका नागरिकहरूले पुनः उठ्ने क्षमताको उदाहरण प्रस्तुत गरेका छन् ।”
स्वयंसेवक इब्राहिम हसनले भने, “म यो अभियानमा सहभागी छु किनभने गाजालाई जीवनमा फर्काउने काम केवल आफ्नै जनताले गर्न सक्छ । जीवन फिर्ता ल्याउन पुनर्निर्माण आवश्यक छ, चाहे यसमा पुस्तौं युवा र बच्चाहरूको योगदान लागोस् ।”
स्वयंसेवक हानान ओबेइदले फेस मास्क लगाएर फोहोर हटाउँदै भने,“यस अभियानमा सहभागी हुन पाउँदा मलाई गर्व छ । गाजामा जीवन छिटो फर्काउन यो हाम्रो साझा जिम्मेवारी हो।”
अभियान त्यतिबेला जारी छ जब गाजा पट्टी गम्भीर मानवीय सङ्कटको सामना गरिरहेको छ । विस्थापित मानिसहरू बस्ने क्षेत्रमा फोहोरको थुप्रोले वातावरण र स्वास्थ्यमा जोखिम निम्त्याइरहेको छ ।
गाजा नगरपालिका सङ्घका उपाध्यक्ष अल–अला अल–बट्टाले जानकारी दिए,“हाल सात लाख टन फोहोर अस्थायी डम्पमा जम्मा भइरहेको छ, र ईन्धन तथा उपकरण अभावका कारण यसलाई व्यवस्थापन गर्न कठिनाइ भइरहेको छ ।”
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...



प्रतिकृया लेख्नुहोस्: