Khabar Dabali २ फाल्गुन २०८२ शनिबार | 14th February, 2026 Sat
Investment bank

गाजाको शान्ति प्रकरणमा पुटिन–नेतान्याहुबीच छलफल

खबरडबली संवाददाता

मस्को । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुबीच गाजा तथा मध्यपूर्वको जटिल अवस्थाबारे टेलिफोनमार्फत विस्तृत छलफल भएको छ ।

क्रेमलिनले जारी गरेको विज्ञप्तिअनुसार युद्धविराम कार्यान्वयन, हिरासतमा रहेका व्यक्तिहरूको आदान–प्रदान, इरानको आणविक कार्यक्रमसँग जोडिएको वर्तमान परिवेश तथा सिरियामा थप स्थिरता कायम गर्ने विषयमा दुवै नेताबीच गम्भीर विचार–विमर्श भएको उल्लेख गरिएको छ । रूसी राज्य मिडियाका अनुसार उक्त फोन वार्ता शनिबार सम्पन्न भएको थियो ।

यस वर्ष अक्टोबर ६ मा इजरायल र हमासका प्रतिनिधिमण्डलहरूले गाजामा जारी द्वन्द्व समाधानका लागि अप्रत्यक्ष वार्ता पुनः सुरु गरेका थिए । वार्तामा इजिप्ट, कतार, संयुक्त राज्य अमेरिका र टर्की मध्यस्थकर्ताको भूमिकामा थिए ।

त्यसपछि अक्टोबर ९ मा दुवै पक्षले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अघि सारेको शान्ति योजनाको पहिलो चरण कार्यान्वयन गर्ने सम्झौतामा हस्ताक्षर गरेका थिए । सोही योजनाअनुसार अक्टोबर १० देखि गाजामा युद्धविराम लागू भएको थियो । सम्झौताले गाजाको पुनर्निर्माण तथा हमासबिना नयाँ शासन संयन्त्र निर्माण गर्ने अवधारणा समेटेको छ ।

गाजाका लागि राष्ट्रपति ट्रम्पको योजनालाई समर्थन गर्न संयुक्त राष्ट्र सुरक्षा परिषद्ले प्रस्ताव तयारी गरेको छ । प्रस्तावमाथि यही नोभेम्बर १७ मा मतदान हुने बताइएको छ । टाइम्स अफ इजरायलका अनुसार प्रस्तावको मस्यौदाले अमेरिकी राष्ट्रपति ट्रम्पको २०–बुँदे योजनालाई पूर्णरूपमा समावेश गरेको छ । उक्त योजनालाई प्रधानमन्त्री नेतान्याहुले सेप्टेम्बरमा अमेरिकी राष्ट्रपतिसँगको संयुक्त पत्रकार सम्मेलनमा समर्थन गरेको थियो ।

अमेरिकी मस्यौदाले सदस्य राष्ट्रहरूलाई ‘अस्थायी अन्तर्राष्ट्रिय स्थायित्वकरण बल’ स्थापना गर्न अधिकार दिनेछ, जसको जनादेश सन् २०२७ सम्म रहने सङ्केत गरिएको छ । यस बलको प्रमुख जिम्मेवारीमा नागरिक सुरक्षा, मानवीय कोरिडोरको सुरक्षा, गैर–राज्य सशस्त्र समूहहरूबाट हतियार विस्थापन तथा प्रशिक्षित प्यालेस्टिनी प्रहरी बलसँग समन्वय गरी काम गर्ने समावेश छ ।

अमेरिकी मस्यौदा अनुसार उक्त स्थायित्वकरण बलले इजरायल, इजिप्ट र नयाँ प्यालेस्टिनी प्रहरीसँग संयुक्त रूपमा कार्यसमन्वय गर्नेछ । बल गठनमा रुचि देखाउने देशहरूले संयुक्त राष्ट्रसङ्घको औपचारिक प्रस्ताव आवश्यक पर्ने बताएका छन् ।

यसबीच, संयुक्त राष्ट्रसङ्घका लागि रूसी स्थायी मिसनका अनुसार गाजामा दिगो शान्ति सुनिश्चित गर्न रुसले अमेरिकी प्रस्तावलाई वैकल्पिक मस्यौदा प्रस्तुत गर्नुपर्ने आवश्यक महसुस गरेको छ । रूसी प्राविधिक प्रस्तावले संयुक्त राष्ट्रसङ्घका महासचिवलाई अमेरिकी योजनाका सान्दर्भिक प्रावधानहरूको सम्भावित कार्यान्वयनका विकल्पहरू सहित सुरक्षा परिषद्मा प्रतिवेदन पेश गर्न आह्वान गरेको छ ।

रूसी स्थायी मिसनका अनुसार संयुक्त राष्ट्र सुरक्षा परिषद्का प्रस्तावहरूले अन्तर्राष्ट्रिय कानूनी ढाँचालाई प्रतिबिम्बित गर्नुपर्ने र इजरायल–प्यालेस्टाइन द्वन्द्व समाधानका लागि विश्वव्यापी रूपमा स्वीकृत दुई–राज्य सिद्धान्तलाई पुनः पुष्टि गर्नुपर्ने अपेक्षा गरिन्छ ।

तर अमेरिकी मस्यौदामा यस्ता आधारभूत तत्वहरूलाई पर्याप्त सम्मान नदिइएको भन्दै रुसले दिगो शान्तिका लागि वैकल्पिक प्रस्ताव तयार पार्न बाध्य भएको जनाएको छ । रूसी समाचार एजेन्सी तासका अनुसार मस्कोले प्रस्तुत गरेको वैकल्पिक मस्यौदाले गाजा पट्टीमा दीर्घकालीन समाधानका लागि अन्तर्राष्ट्रिय प्रक्रियालाई सुदृढ गर्ने उद्देश्य राखेको छ । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE