काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) को तयारी अन्तिम चरणमा पुगेको छ । सोमबारदेखि त्रिवि मैदानमा सुरु हुँदै गरेको प्रतियोगिताबारे शनिबार आयोजित पत्रकार सम्मेलनमा नेपाल क्रिकेट सङ्घ (क्यान) का सचिव पारस खड्काले प्राविधिक तयारी पूरा भएको जानकारी दिए ।
क्यानका अध्यक्ष चतुबहादुर चन्दले पहिलो संस्करणको उत्साहलाई अझ विस्तार गर्दै एनपिएललाई खेलकुद उद्योगका रूपमा विकास गर्ने लक्ष्य रहेको बताए । उनले नेपाली क्रिकेटलाई विश्व स्तरमा जोड्न एनपिएलले महत्वपूर्ण भूमिका खेलेको उल्लेख गरे ।
यस संस्करणमा पहिलो पटक फ्लडलाइटमा खेलिने भएकाले दर्शकलाई नयाँ अनुभव हुने क्यानले जनाएको छ । उद्घाटन खेलका सबै टिकट बिक्री भइसकेका छन् । उद्घाटन खेलमा जनकपुर बोल्ट्स र काठमाण्डु गुर्खाज अपरान्ह ४ बजे भिड्नेछन् ।
क्यानले दैनिक ९,४५० टिकट बिक्री गर्ने योजना बनाएको छ । टिकट मूल्य पाँच सयदेखि दुई हजार रुपैयाँसम्म तोकिएको छ । प्लेअफ र फाइनलका लागि टिकट दर उच्च राखिएको छ । सिजनल टिकटको मुल्य १५ हजार रुपैयाँ तोकिएको छ ।
४० करोड आम्दानीको प्रक्षेपण
क्यानले दोस्रो संस्करणबाट ४० करोड रुपैयाँ आम्दानी हुने प्रक्षेपण गरेको छ। क्यानका कोषाध्यक्ष पदम खड्काका अनुसार टिकट बिक्री, ब्रोडकास्ट, प्रायोजन, टिम दर्ता शुल्क, ओटीटी र स्थानीय प्रसारण अधिकारबाट आम्दानी हुनेछ।
मंसिर १ देखि २७ सम्म चल्ने प्रतियोगितामा ८ फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गर्नेछन्। लिग चरण, तीन प्लेअफ र फाइनलसहित ३२ खेल हुनेछन् । सुरक्षा व्यवस्था कडा बनाइएको र खेल मिलेमतो तथा बेटिङ रोकथामका लागि एन्टीकरप्ट युनिट परिचालन गरिएको क्यानले जनाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ८ गते, २०८२ - २०:११
काठमाडौँ । वैदेशिक रोजगारमा जाने कामदारहरूको स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य संस्थाहरूले दिने परीक्षण शुल्क साविककै दरमा राखेपछि व्यवसायीले त्यसको स...
पौष ८ गते, २०८२ - २०:०८
काठमाडाैँ । विश्व व्यापारमा आफ्नो भूमिका विस्तार गर्दै अर्थतन्त्रलाई विविधीकरण गर्ने लक्ष्यसहित कुवेतले प्रमुख बन्दरगाह निर्माण सम्पन्न गर्न चीनसँग कर...
पौष ८ गते, २०८२ - २०:०४
काठमाडाैँ । मलेसियाले आफ्नो ऊर्जा रूपान्तरणलाई सन् २०२६ मा छिटो अघि बढाउने योजना बनाएको छ । यसमा बायोग्यासमा लगानी बढाउने र कार्बन सम्बन्धी नयाँ नीति ...
पौष ८ गते, २०८२ - २०:०१
विराटनगर । नेपाली कम्युनिस्ट पार्टीले पाँचथरबाट प्रतिनिधिसभा निर्वाचनका लागि एकल उम्मेदवारको नाम सिफारिस गरेको छ । फागुन २१ गतेका लागि तोकिएको प्र...
पौष ८ गते, २०८२ - १९:०५
कैलाली । कोरोना महामारीका समयमा भारतबाट स्वदेश फर्किने कोरोना सङ्क्रमितलाई राख्न बनाएको ‘होल्डिङ सेन्टर’ प्रयोगविहीन हुँदा जीर्ण बन्दै गएको छ । कैल...
पौष ८ गते, २०८२ - १९:०३
तनहुँ । सदरमुकामस्थित व्यास नगरपालिकाले फोहरजन्य वस्तु बिक्री गरी पाँच महिनामा रु १० लाखभन्दा बढी आम्दानी गरेको छ । फोहरका रुपमा सङ्कलन गरी पुनः प्रयो...
पौष ८ गते, २०८२ - १९:००
झापा । चालु आर्थिक वर्ष २०८२/८३ को मङ्सिर मसान्तसम्ममा पूर्वीनाका काँकरभिट्टाबाट रु २० अर्ब १४ करोड ४० लाख मूल्यबराबरका वस्तु आयात भएका छन् । मेची ...
पौष ८ गते, २०८२ - १८:५५
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा प्रधानमन्त्री सुशीला कार्कीसहित देशका प्रमुख राजनीतिक दलका शीर्ष नेताबीच उच्चस्तरीय छलफल सम्पन्न भएको छ ...
पौष ८ गते, २०८२ - १८:४८
काठमाडौं । पाँच महिनामा साढे पाँच अर्बको अलैँची निर्यात भएको छ । भन्सार विभागले मंगलबार सार्वजनिक गरेको तथ्यांकअनुसार साढे पाँच अर्ब मूल्य बराबरको...
पौष ८ गते, २०८२ - १८:१६
याङ्गुन । म्यान्मामा सैनिक जुन्ताले पाँच वर्षअघि निर्वाचित सरकारलाई अपदस्थ गरेपछि सुरु भएको गृहयुद्धको बिचमा आइतबारदेखि निर्वाचन सुरु गराउने तयारी गरे...




प्रतिकृया लेख्नुहोस्: