Khabar Dabali १८ असार २०८३ बिहीबार | 2nd July, 2026 Thu
Investment bank

नवलपुरमा मानव–वन्यजन्तु द्वन्द्व रोक्न वनमा पानीको प्रबन्ध

खबरडबली संवाददाता

त्रिवेणी ।  नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको नमुना मध्यवर्ती सामुदायिक वनमा सौर्य ऊर्जाबाट वन्यजन्तुका लागि पानीको व्यवस्था गरिएको छ ।  कावासोती नगरपालिका–१३ मा रहेको उक्त वनले वन्यजन्तुका लागि पानीको अभाव नहोस् भनेर सौर्य ऊर्जाबाट पानीको व्यवस्था गरेको हो । 

जङ्गली जनावरका लागि पानीको अभाव हुँदै गएपछि सामुदायिक वनभित्र सौर्य ऊर्जाबाट स्वचालित रुपमा पानी तान्ने व्यवस्था गरिएको नमुना मध्यवर्ती सामुदायिक वनका अध्यक्ष राजकुमार गुरुङले बताए । गर्मी याममा सिमसार सुक्ने  र वन्यजन्तुका लागि पानीको अभाव हुने तथा कहिलेकाहीँ वन्यजन्तु बस्तीतर्फ प्रवेश गर्ने जोखिम रहेकाले वनभित्र नै सौर्य ऊर्जाबाट पानीको व्यवस्था गरिएको अध्यक्ष गुरुङले बताए । 

‘गर्मीमा पानीको अभाव हुननदिन  वन क्षेत्रमा स्वचालित बोरिङ गाडिएको छ  । यसबाट मानव र वन्यजन्तुबीचको द्वन्द्व घटाउन सहयोग पुग्ने छ । घामलागुञ्जेल१४२ फिट गहिरो बोरिङले पानी फालिरहन्छ’, उनले भने ।

गत वर्ष बुद्धढाप घोलमा पानी सुकेपछि भाडामा जेनरेटर ल्याएर करिब रु ८० हजार खर्च गरेर पानीको व्यवस्था गरे पनि त्यसरी खर्चिलो र पानीको मात्रा नपुगेपछि यो वर्ष हिमालय नेचर संस्थाको सहयोगमा सौर्य ऊर्जाबाट पानीको व्यवस्था गरिएको अध्यक्ष गुरुङले बताए । आठ लाखको लागतमा बोरिङको व्यवस्था गरिएको उनले बताए ।

नमुना मध्यवर्ती सामुदायिक वन जिल्लाका धेरै गैँडाको बासस्थान भएको वनका रुपमा समेत रहेको छ । वन क्षेत्र भित्र एक सय ७२ हेक्टर क्षेत्रफलको घाँसे मैदान निर्माण गरिएको छ । वनमा गैंडा, मृग,हरिण , बँदेल ,बाघ, भालु पाइन्छन् ।

नमूनासँगै जोडिएका गुन्द्रही ढकाहा, कृष्णसार र शान्तिकुञ्ज सामुदायिक वनलाई एकीकृत रुपमा वन्यजन्तु अवलोकन क्षेत्रका रुपमा विकास गरिएको छ । अमलटारी क्षेत्रमा पर्ने यी वनमा दैनिक रूपमा वन्यजन्तु अवलोकनका लागि आन्तरिक तथा बाह्य पर्यटक आउने गरेका छन् । 

अमलटारी घरबास सँगै यो  वन क्षेत्र भएकाले यहाँ आउने पर्यटकलाई यसै वन क्षेत्रमा वन्यजन्तु अवलोकनका लागि लैजाने गरिन्छ । पानीको श्रोत नभए वन्यजन्तु अन्यत्र जाने र पर्यटन उद्योगमा प्रभाव पार्ने भएकाले आफूहरूले वन्यजन्तुको स्थायी बासस्थान निर्माण गर्न लागिपरेको अध्यक्ष गुरुङको कथन छ । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending