काठमाडौं । नेपाल सरकारले ओमान सरकारबाट पठाइएको श्रम सम्झौतापत्रलाई अन्तिम रूप दिने प्रक्रिया अघि बढाएको छ । नेपाल र ओमानबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ४८ वर्षपछि पहिलोपटक श्रम सम्झौता अन्तिम चरणमा पुगेको हो ।
दुबै देशबीच विसं २०३४ मा कूटनीतिक सम्बन्ध कायम भएको थियो । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले प्रधानमन्त्री तथा श्रममन्त्री सुशीला कार्कीसमक्ष ओमानले पठाएको श्रम सम्झौतापत्र पेस गरेको छ । मन्त्रालयका सहसचिव पीताम्बर घिमिरेका अनुसार प्रधानमन्त्रीले निर्णय गरेपछि सम्झौतामा हस्ताक्षर गर्न अनुमति लिनका लागि प्रस्ताव मन्त्रिपरिषद्मा पेश गरिनेछ ।
उनका अनुसार ओमानले नेपालबाट पठाइएको मसौदालाई स्वीकार गरेको जानकारी आएको छ । त्यसैले मन्त्रिपरिषद्बाट स्वीकृति प्राप्त भएपछि हस्ताक्षर प्रक्रियामा प्रवेश गर्ने तयारी छ । सरकारले स्वीकृति दिएपछि नेपालले ओमानसँग पत्राचार गर्ने र त्यसपछि ओमानले हस्ताक्षर गर्ने अधिकारी, मिति तथा स्थान तोक्नेछ ।
नेपाल र ओमानबीच श्रम सम्झौताको मसौदा २०७६ साल वैशाख २२ गते तयार गरिएको थियो । काठमाडौंमा भएको उच्चस्तरीय प्राविधिक बैठकले उक्त मसौदा तयार पार्दै शून्य लागतमा श्रमिक पठाउने सहमति जनाएको थियो ।
मन्त्रालयका अनुसार सम्झौतामा नेपाल र ओमान सरकारका जिम्मेवारी, रोजगारदाताका दायित्व र श्रमिकको सुरक्षा सम्बन्धी विषयहरू समावेश छन् । ओमानस्थित नेपाली दूतावासका अनुसार हाल ओमानमा करिब २५ देखि ३० हजार नेपाली श्रमिक कार्यरत छन् । घरेलु कामदारको रूपमा पठाउने औपचारिक अनुमति रोकिएको भए पनि कतिपय श्रमिक भ्रमण भिसामा युएई हुँदै ओमान पुगेका छन् ।
अघिल्ला वर्षहरूमा पटक–पटक श्रम सम्झौता गर्न प्रस्ताव आदानप्रदान भए पनि सहमति हुन सकेको थिएन । तर नेपाल सरकारको निरन्तर आग्रहपछि ओमानले यसपटक सम्झौतापत्र पठाएको हो ।
ओमानले घरेलु श्रमिक लैजान प्राथमिकता दिँदै आएको छ । सन् २०२३ मा ओमानले पारिश्रमिक संरक्षण प्रणाली, सामाजिक सुरक्षा कानुन, अनिवार्य स्वास्थ्य बीमा तथा श्रमिक अनुकूल कानुनी सुधारहरू लागू गरेको थियो । त्यसमध्ये श्रम विवादमा मुछिएका आप्रवासी श्रमिकलाई देशमा रहन पाउने, १८२ दिनसम्म बिदा पाउने, र दुई महिनाभन्दा बढी तलब नपाएमा रोजगारदाता परिवर्तन गर्न पाउने व्यवस्था गरिएको छ ।
त्यस्तै, श्रम विवादको अन्तिम समाधान नहुँदासम्म रोजगारदाताले श्रमिकको खर्च बेहोर्नुपर्ने कानुनी प्रावधान पनि रहेको छ । नेपालले भने सम्झौतामा अस्पष्ट प्रावधानहरू स्पष्ट पार्ने, ओमान जाने क्रममा लाग्ने सम्पूर्ण खर्च रोजगारदाताले व्यहोर्ने र चौबिसै घण्टा बीमा सुविधा सुनिश्चित गर्नुपर्ने जस्ता विषयमा जोड दिँदै आएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २२ गते, २०८२ - २०:०६
काठमाडौं । कानुनका जानकार तथा विज्ञहरूले कमजोर आत्मबल, विभेदको भारी बोकेर र आत्मसम्मानमा ठेस लाग्ने अवस्थामा रहेका ‘क्याविन क्रु मेम्बर’ले प्रभावकारी ...
मंसिर २२ गते, २०८२ - २०:०२
काठमाडौं । गोरखाको रिपुम गुम्बामा आगलागी भएको छ । आज दिउँसो आगलागी हुँदा तीनतले आवास भवन जलेर नष्ट भएको भएको स्थानीय छेवाङग्याल्जेन लामाले जानकारी दिए...
मंसिर २२ गते, २०८२ - २०:००
जनकपुरधाम । मधेश प्रदेश सरकारको नवगठित मन्त्रिपरिषदको आइतबार बसेको वैठकले नेकपा (एमाले) का सरोजकुमार यादव नेतृत्वका सरकारले गरेका केही निर्णयहरु बदर ग...
मंसिर २२ गते, २०८२ - १९:२१
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) मा कर्णाली याक्सले लिग चरणको अन्तिम खेल जितसँगै प्रतियोगितामा सुखद अन्त्य गरेको छ । आइतबार कीर्तिपुरस्थित त...
मंसिर २२ गते, २०८२ - १९:१४
उरुम्ची । उत्तरपश्चिम चीनको शिन्जियाङ उइगुर स्वायत्त क्षेत्रमा शनिबार राति भएको गम्भीर सडक दुर्घटनामा ९ जनाको मृत्यु र ७ जना घाइते भएको स्थानीय अधिकार...
मंसिर २२ गते, २०८२ - १९:१२
वेनचाङ । चीनले शनिबार हैनान प्रान्तबाट लङ मार्च–८ए रकेट प्रक्षेपण गर्दै १४औँ समूहका इन्टरनेट उपग्रहहरू कक्षमा पठाएको छ । रकेट दिउँसो ३ः५३ बजे उड्यो र ...
मंसिर २२ गते, २०८२ - १९:०८
काराकास । संयुक्त राज्य अमेरिकाले भेनेजुएलामाथि सैन्य दबाब बढाइरहेका बेला राष्ट्रपति निकोलस मदुरोको प्रशासनले शनिबार पाँच हजार ६०० सैनिकलाई औपचारिक रू...
मंसिर २२ गते, २०८२ - १८:१४
काठमाडौँ । प्रतिनिधिसभा विघटनको सवालमा देशभर राजनीतिक बहस चलिरहेकै बेला नेपाली कांग्रेस फेरि पनि विवादास्पद बाटोमा हिँड्न थालेको देखिएको छ । पार्ट...
मंसिर २२ गते, २०८२ - १८:०६
तेहरान । इरानले आइतबार ठगी मामलामा दोषी ठहरिएका मोहम्मद रेजा गफ्फारीलाई फाँसी दिएको छ । गफ्फारी ‘रेजायात खोद्रो तारावत नोविन’ कम्पनीका मालिक थिए र कार...
मंसिर २२ गते, २०८२ - १८:०३
सर्लाही । सर्लाहीको ब्रह्मपुरी गाउँपालिका–४ त्रिभुवननगरस्थित प्रहरी चौकीको पछाडिबाट स्रोत नखुलेको ठुलो परिमाणको नेपाली रुपैयाँसहित एक भारतीय नागरिकलाई...




प्रतिकृया लेख्नुहोस्: