क्यानाडा । अमेरिकी विदेशमन्त्री मार्को रुबियोले संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्मा गाजाका लागि प्रस्तावित अन्तर्राष्ट्रिय सुरक्षा बल सम्बन्धी प्रस्तावबारे आशावाद व्यक्त गरेका छन् । उनका अनुसार उक्त प्रस्तावलाई छिट्टै अन्तिम रूप दिने प्रयासहरू सन्तोषजनक रूपमा अगाडि बढिरहेका छन् ।
“यो कार्यान्वयन हुने दिशामा अघि बढिरहेको छ भन्नेमा हामी आशावादी छौँ”, रुबियोले क्यानाडामा सम्पन्न जी–७ विदेशमन्त्रीहरूको बैठकपछि पत्रकारहरूलाई सम्बोधन गर्दै भने, “हामीले प्रस्तावको भाषामा उल्लेखनीय प्रगति गरिरहेका छौँ र आशा छ कि यसमा शीघ्र सहमति जुटाएर कार्यान्वयनको चरणमा पुग्नेछौँ ।” विदेशमन्त्री रुबियोका अनुसार संयुक्त राज्य अमेरिकाले विभिन्न मुलुकहरूसँग मिलेर ‘तिनीहरूको चासोलाई सन्तुलनमा राख्ने र सुरक्षा बलको संरचना कसरी हुने भन्ने विषयमा विस्तृत छलफल गरिरहेको’ छ ।
गत हप्तादेखि अमेरिकाले राष्ट्रपति डोनाल्ड ट्रम्पको समर्थनमा दुई वर्षदेखि जारी गाजाको युद्धमा युद्धविरामको लागि नयाँ मस्यौदा प्रस्ताव प्रसारित गर्न सुरु गरेको हो । ट्रम्प प्रशासनले विगतमा संयुक्त राष्ट्रसङ्घप्रति बारम्बार आलोचनात्मक धारणा राख्दै आएको भए पनि धेरै राष्ट्रले गाजामा कुनै पनि प्रकारको सैन्य तैनाथी गर्नुअघि सुरक्षा परिषद्को स्वीकृति अनिवार्य हुने स्पष्ट सङ्केत दिएका छन् ।
रुबियोले गाजामा अन्तर्राष्ट्रिय बलको तैनाथीले केवल प्यालेस्टिनी जनतालाई थप सहयोग नपु¥याउने मात्र नभई हमासलाई पनि कमजोर पार्ने प्रयासमा सहायक हुने विश्वास व्यक्त गरे ।
“यदि तपाईंले केवल मानवीय सहायता मात्र होइन, पुनर्निर्माण र विकासको गति पनि तीव्र बनाउन चाहनुहुन्छ भने त्यसका लागि दिगो सुरक्षा अपरिहार्य हुन्छ”, उनले भने ।
उनले अन्तर्राष्ट्रिय समुदायलाई गाजामा स्थायित्व, पुनर्विकास र दीर्घकालीन शान्ति स्थापनाका लागि सामूहिक रूपमा अघि बढ्न आग्रह गरेका छन् । रासस
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २२ गते, २०८२ - १८:१४
काठमाडौँ । प्रतिनिधिसभा विघटनको सवालमा देशभर राजनीतिक बहस चलिरहेकै बेला नेपाली कांग्रेस फेरि पनि विवादास्पद बाटोमा हिँड्न थालेको देखिएको छ । पार्ट...
मंसिर २२ गते, २०८२ - १८:०६
तेहरान । इरानले आइतबार ठगी मामलामा दोषी ठहरिएका मोहम्मद रेजा गफ्फारीलाई फाँसी दिएको छ । गफ्फारी ‘रेजायात खोद्रो तारावत नोविन’ कम्पनीका मालिक थिए र कार...
मंसिर २२ गते, २०८२ - १८:०३
सर्लाही । सर्लाहीको ब्रह्मपुरी गाउँपालिका–४ त्रिभुवननगरस्थित प्रहरी चौकीको पछाडिबाट स्रोत नखुलेको ठुलो परिमाणको नेपाली रुपैयाँसहित एक भारतीय नागरिकलाई...
मंसिर २२ गते, २०८२ - १८:००
काठमाडौं । आगामी फागुन २१ गते निर्धारित प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारी अन्तिम चरणतिर पुगेसँगै निर्वाचन आयोगले राजनीतिक दलहरूलाई चुनाव चिन्ह वितरण...
मंसिर २२ गते, २०८२ - १७:५७
काभ्रेपलाञ्चोक । यसवर्ष काभ्रेपलाञ्चोकमा सुन्तला उत्पादनमा १० देखि १५ प्रतिशतसम्म बढ्नसक्ने प्रक्षेपण गरिएको छ । गत वर्ष भने बाढीपहिरोका कारण जिल्लाक...
मंसिर २२ गते, २०८२ - १७:५५
म्याग्दी । धवलागिरि गाउँपालिकामा निर्माणाधीन अपर म्याग्दी जलविद्युत् आयोजनाको क्षमता बढेको छ । यसअघि ३७ मेगावाट रहेको आयोजनाको क्षमता बढाएर ४६ दशमल...
मंसिर २२ गते, २०८२ - १७:५२
बागलुङ । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको कालीगण्डकी करिडोरको बागलुङ खण्डको मालढुङ्गा–बलेवा खण्डमा कालोपत्र सुरु भएको छ । कालीगण्डकी करिडोरको ...
मंसिर २२ गते, २०८२ - १७:५०
झापा । जिल्लामा यो वर्ष तीन लाख ५० हजार मेट्रिकटनभन्दा बढी बर्खे धान उत्पादन भएको छ । जिल्लामा ७२ हजार ७४२ दशमलव ६५ हेक्टरमा खेती हुँदा तीन लाख ५४ हजा...
मंसिर २२ गते, २०८२ - १७:४७
बाँके। रासायनिक मलको असन्तुलित प्रयोगले बाँकेमा माटोको अवस्था बिग्रिँदै गएको छ । उत्पादन बढाउने नाममा जथाभावी रासायनिक मल प्रयोग गरिँदा यहाँका माट...
मंसिर २२ गते, २०८२ - १७:४६
महोत्तरी । महोत्तरीको पूर्वपश्चिम लम्बाइमा फैलिएको चुरे क्षेत्र ओगटेको बर्दिबास नगर क्षेत्रको प्राकृतिक पर्यावरण संरक्षण र संवर्द्धनबारे चासो बढेको छ।...




प्रतिकृया लेख्नुहोस्: