काठमाडौं । यसवर्ष आएको वर्षाका कारण कृषि क्षेत्रमा भएको क्षतिले धानको उत्पादनमा पाँच प्रतिशतले कमी आउने प्रक्षेपण गरिएको छ । वर्षाका कारण देशभर कृषि तथा पशुपन्छी क्षेत्रमा रु तीन अर्ब ५५ करोडको क्षति भएको तथ्याङ्कका आधारमा कृषि तथा पशुपन्छी विकास मन्त्रालयले गरेको विश्लेषणका आधारमा धानको उत्पादन घट्ने प्रक्षेपण गरिएको हो ।
गत वर्षमा ५९ लाख ५५ हजार मेट्रिक टन धान उत्पादन भएकामा त्यसको तीन प्रतिशत अर्थात् करिब तीन लाख मेट्रिक टन कम उत्पादन हुने आकलन गरिएको मन्त्रालयका सूचना अधिकारी महानन्द जोशीले जानकारी दिए ।
उनका अनुसार जलवायु परिवर्तनको प्रभावले बाढी, वर्षा, भू–क्षयलगायत विपद्का कारण सबैभन्दा धेरै क्षति कृषि क्षेत्रमा भएको छ । विगत चार–पाँच वर्षदेखि धान उत्पादनमा वृद्धि हुँदै आइरहेकाले यस पटक ६० लाख मेट्रिक टनभन्दा बढी धान उत्पादन हुने प्रारम्भिक अनुमान गरिएको थियो । क्षतिले लक्ष्यमा पुग्न गाह्रो हुने देखिएको मन्त्रालयले जनाएको छ ।
वर्षाले धान पाक्ने समयमा किसानले समयमै धान काट्न नपाएको र काटेको धान उठाउन नपाएका कारण सम्बन्धित किसानलाई ठूलो क्षति भएको हो । खेतमै काटेर राखिएको धान सबै पानीले भिजेर कुहिएको तथा वर्षाले धानबालीमा पु¥याएको क्षतिका कारण धान उत्पादनमा समेत कमी आउने प्रक्षेपण गरिएको छ ।
मौसम विभागले सम्भावित वर्षाको जानकारी समयमै गराएकाले मन्त्रालयले पनि सोहीअनुसारको सूचना किसानलाई प्रसारण गरी मौसम पूरा सफा भएपछि मात्र धान काट्न सुझाव दिएकाले पनि क्षति न्यूनीकरणमा सहयोग पुगेको सूचना अधिकारी जोशीले जानकारी दिए । मन्त्रालयले किसानलाई मल, बीउबिजन, प्रविधि, प्राविधिक सीपलगायतमा सहयोग उपलब्ध गराउँदै आएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २२ गते, २०८२ - १८:१४
काठमाडौँ । प्रतिनिधिसभा विघटनको सवालमा देशभर राजनीतिक बहस चलिरहेकै बेला नेपाली कांग्रेस फेरि पनि विवादास्पद बाटोमा हिँड्न थालेको देखिएको छ । पार्ट...
मंसिर २२ गते, २०८२ - १८:०६
तेहरान । इरानले आइतबार ठगी मामलामा दोषी ठहरिएका मोहम्मद रेजा गफ्फारीलाई फाँसी दिएको छ । गफ्फारी ‘रेजायात खोद्रो तारावत नोविन’ कम्पनीका मालिक थिए र कार...
मंसिर २२ गते, २०८२ - १८:०३
सर्लाही । सर्लाहीको ब्रह्मपुरी गाउँपालिका–४ त्रिभुवननगरस्थित प्रहरी चौकीको पछाडिबाट स्रोत नखुलेको ठुलो परिमाणको नेपाली रुपैयाँसहित एक भारतीय नागरिकलाई...
मंसिर २२ गते, २०८२ - १८:००
काठमाडौं । आगामी फागुन २१ गते निर्धारित प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारी अन्तिम चरणतिर पुगेसँगै निर्वाचन आयोगले राजनीतिक दलहरूलाई चुनाव चिन्ह वितरण...
मंसिर २२ गते, २०८२ - १७:५७
काभ्रेपलाञ्चोक । यसवर्ष काभ्रेपलाञ्चोकमा सुन्तला उत्पादनमा १० देखि १५ प्रतिशतसम्म बढ्नसक्ने प्रक्षेपण गरिएको छ । गत वर्ष भने बाढीपहिरोका कारण जिल्लाक...
मंसिर २२ गते, २०८२ - १७:५५
म्याग्दी । धवलागिरि गाउँपालिकामा निर्माणाधीन अपर म्याग्दी जलविद्युत् आयोजनाको क्षमता बढेको छ । यसअघि ३७ मेगावाट रहेको आयोजनाको क्षमता बढाएर ४६ दशमल...
मंसिर २२ गते, २०८२ - १७:५२
बागलुङ । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको कालीगण्डकी करिडोरको बागलुङ खण्डको मालढुङ्गा–बलेवा खण्डमा कालोपत्र सुरु भएको छ । कालीगण्डकी करिडोरको ...
मंसिर २२ गते, २०८२ - १७:५०
झापा । जिल्लामा यो वर्ष तीन लाख ५० हजार मेट्रिकटनभन्दा बढी बर्खे धान उत्पादन भएको छ । जिल्लामा ७२ हजार ७४२ दशमलव ६५ हेक्टरमा खेती हुँदा तीन लाख ५४ हजा...
मंसिर २२ गते, २०८२ - १७:४७
बाँके। रासायनिक मलको असन्तुलित प्रयोगले बाँकेमा माटोको अवस्था बिग्रिँदै गएको छ । उत्पादन बढाउने नाममा जथाभावी रासायनिक मल प्रयोग गरिँदा यहाँका माट...
मंसिर २२ गते, २०८२ - १७:४६
महोत्तरी । महोत्तरीको पूर्वपश्चिम लम्बाइमा फैलिएको चुरे क्षेत्र ओगटेको बर्दिबास नगर क्षेत्रको प्राकृतिक पर्यावरण संरक्षण र संवर्द्धनबारे चासो बढेको छ।...




प्रतिकृया लेख्नुहोस्: