Khabar Dabali २१ मंसिर २०८२ शनिबार | 6th December, 2025 Sat
Investment bank

राष्ट्रिय आवश्यकता र जनविद्रोहको परिणाम कम्युनिस्ट एकता: प्रचण्ड

खबरडबली संवाददाता

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वामपन्थी एकता कुनै ‘रणनीतिक वा ट्याक्टिकल’ सम्झौता नभई राष्ट्रिय आवश्यकता र जनआकांक्षाबाट प्रेरित ऐतिहासिक कदम भएको बताएका छन् ।

बुधबार राष्ट्रिय सभागृहमा आयोजित वामपन्थी एकता तथा समायोजन सभालाई सम्बोधन गर्दै संयोजक प्रचण्डले हालको राजनीतिक परिस्थितिमा वामपन्थी शक्तिहरू एक ठाउँमा आउनुको अर्थ गहिरो र दीर्घकालीन भएको बताए ।

‘यो कुनै ट्याक्टिकल एकता होइन,’ उनले स्पष्ट गर्दै भने, ‘राष्ट्रलाई संकटबाट बचाउन, जनताका सपना र समाजवादको यात्रालाई पुनः सही दिशामा डोर्याउन हामी एक भएका हौँ । जेनजी विद्रोहले नेपाली समाज र राजनीतिक नेतृत्वलाई गम्भीर आत्ममूल्यांकन गर्न बाध्य बनायो । त्यो जनविद्रोहले भ्रष्टाचार, असमानता र अल्छी नेतृत्वविरुद्ध एउटा नयाँ चेतना जगाएको छ । म ती युवाहरूप्रति कृतज्ञ छु ।’

प्रचण्डले वामपन्थी एकतालाई दीर्घकालीन रणनीति र समाज रूपान्तरणको स्थायी अभियानको रूपमा लिन आग्रह गरे । उनका अनुसार, यो एकता केवल केही नेताहरूबीचको सत्ता साझेदारी होइन, बरु देश र जनताको साझा भविष्य निर्माण गर्ने ऐतिहासिक मोड हो ।

‘हामीले विगतका गल्तीबाट सिकेका छौँ,’ उनले भने, ‘अघिल्लो पटक नेकपा एमाले र माओवादी केन्द्रबीचको एकता केपी ओलीको अहंकार र सत्ता-दुरुपयोगका कारण टुटेको थियो । तर यो पटकको एकता नेतृत्वको अहंकार होइन, विचार, जनभावना र समाज रूपान्तरणको प्रतिबद्धतामा आधारित छ ।’

उनले वामपन्थी शक्तिहरूबीच हाल १२ घटक एकताबद्ध भइसकेको बताउँदै निकट भविष्यमै थप घटकहरू पनि पार्टीमा समाहित हुने जानकारी दिए । ‘आजै पेरिसडाँडामा नेताहरूसँग छलफल भयो,’ उनले भने, ‘यदि यही गति र समझदारीले एकता विस्तार भयो भने देशमा वामपन्थी बाहेकका पार्टीहरू अस्तित्वहीन बन्नेछन् ।’

प्रचण्डले पार्टी एकतालाई राष्ट्रिय स्थायित्व, सुशासन र समाजवादको यात्रातर्फको ऐतिहासिक मोडका रूपमा व्याख्या गर्दै जनतालाई एकताप्रति आशावादी रहन आग्रह गरे । ‘हामीले एकताको ढोका सबैका लागि खोलिएका छौँ,’ उनले भने, ‘हामी विभाजन होइन, एकता, घृणा होइन, सहकार्य, र विगतका गल्ती होइन, नयाँ युगको प्रारम्भ गर्नतर्फ अघि बढिरहेका छौँ ।’

कार्यक्रममा उपस्थित वामपन्थी नेताहरूले पनि पार्टी एकतालाई ऐतिहासिक उपलब्धि र नेपाली जनताको दीर्घ प्रतीक्षाको उत्तरको रूपमा व्याख्या गरे ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कांग्रेसले महाधिवेशन र निर्वाचनको तयारी सँगसँगै गर्नुपर्छ: थापा

सर्लाही । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको आसन्न १५औँ महाधिवेशन र निर्वाचनको तयारी सँगसँगै अगाडि बढाइएको बताएका छन् । नेपाल प्...

मध्य म्यानमारमा हवाई आक्रमण, १८ जनाको मृत्यु

नेपिदो । मध्य म्यानमारको एक सहरमा शनिबार भएको हवाई आक्रमणमा कम्तीमा १८ जनाको मृत्यु भएको छ । एएफपीसँग कुरा गर्दै स्थानीय सरकारी अधिकारी र उद्धारकर्ता ...

पोखरालाई गुल्जार बनाउने ‘पोखरा सडक महोत्सव’

पोखरा । तीन दशकअघि मङ्सिर–पुस महिनामा पोखराको लेकसाइड सुनसान हुन्थ्यो । नेपाल घुम्न आएका विदेशी पर्यटक क्रिसमस मनाउन स्वदेश फर्कने तयारीमा हुन्थे भने ...

सुरक्षाका लागि सरकार जिम्मेवार हुनुपर्छः सभामुख घिमिरे

सुरुङ्गा । सभामुख देवराज घिमिरेले निर्वाचनको विषयलाई लिएर दलहरूबिच अविश्वास बढेको बताएका छन् ।  वीरता जेसिज विर्तामोडको आयोजनामा आज यहाँ आयोजित ‘सङ...

सङ्खुवासभाको सभापोखरीमा अस्पताल सञ्चालन

खाँदबारी । सङ्खुवासभाको सभापोखरी गाउँपालिकामा पाँच शय्याको अत्याधुनिक आधारभूत अस्पतालको आज उद्घाटन गरिएको छ । अस्पतालमा शव परीक्षण सेवा, ल्याब, फार्मे...

भारतका खानी क्षेत्रमा सौर्य बत्तिले महिलामा आशा र आत्मनिर्भरता

भारत । लाखौँ श्रमिक रहेको भारतको पश्चिमी राजस्थानमा धुलो, रोग र गरिबी दैनन्दिन चुनौती जस्तै छन् । यही कठोर वातावरणबिच सन्तोष देवीजस्ता महिलाले सौर्य इ...

यमनमा शान्ति प्रयासः २६ शव हस्तान्तरणसँगै वार्ताको वातावरण सहज

साना । यमन सरकारले संयुक्त राष्ट्रसङ्घको पहलमा पुनः सुरू हुन लागेको वार्ताको तयारी स्वरूप शुक्रबार ‘विद्रोही हुथी समूह’ का २६ सदस्यका शव हस्तान्तरण गर...

क्यानाडाको श्रम बजारमा सुधार

ओटावा । क्यानाडामा नोभेम्बर महिनामा कुल ५४ हजार व्यक्तिले रोजगारी पाएका छन्, जुन कुल रोजगारीमा ०.३ प्रतिशत वृद्धि भएको स्टाटिस्टिक्स क्यानाडाले जनाएको...

नवलपुरमा ६ सय ६६ जनाको निःशुल्क स्वास्थ्य परीक्षण

नवलपुर । नवलपुरको कावासोती –११ रहेको नेपाल राष्ट्रिय आधारभूत विद्यालयको स्वर्ण महोत्सवको अवसरमा आयोजना गरिएको स्वास्थ्य शिविरमा ६ सय ६० जनाले निःशुल्क...

महोत्तरीमा पेस्तोलसहित एक भारतीय नागरिक पक्राउ

महोत्तरी । सशस्त्र प्रहरीले महोत्तरीको एकडारा गाउँपालिका –४ हलखोरी चोकबाट कटुवा पेस्तोलसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।  बर्दीबासस्थित...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending