Khabar Dabali २३ मंसिर २०८२ सोमबार | 8th December, 2025 Mon
Investment bank

एकता सजिलो भए पनि बलियो र जनमुखी संगठनमा रूपान्तरण गर्न निकै मेहनत गर्नुपर्छ: माधवकुमार नेपाल

खबरडबली संवाददाता

काठमाडौं । नवगठित नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले पार्टी एकता सजिलो भए पनि त्यसलाई बलियो र जनमुखी संगठनमा रूपान्तरण गर्न निकै मेहनत, विचार र अनुशासन आवश्यक पर्ने बताएका छन् ।

बुधबार राजधानीको राष्ट्रिय सभा गृहमा आयोजित कार्यक्रममा नेता भीम रावल, प्रमोद नारायण यादव, प्रकाश शाहलगायत नेताहरू औपचारिक रूपमा नेपाली कम्युनिस्ट पार्टीमा समाहित भएका अवसरमा सम्बोधन गर्दै अध्यक्ष नेपालले यस्तो धारणा राखेका हुन् ।

उनले भने, “एकता गर्न सजिलो हुन्छ, तर त्यसलाई बलियो बनाउन र जनताको विश्वास जित्ने संगठन बनाउन धेरै कुरामा विचार पुर्‍याउनुपर्छ ।” उनका अनुसार सच्चा एकता केवल नाम र संगठनको नभई विचार, नीति, व्यवहार र जनसेवाको प्रतिबद्धतामा आधारित हुनुपर्छ ।

नेपालले स्मरण गरे, “२०७५ साल जेठ ३ गते दुई ठूला कम्युनिस्ट पार्टी मिलेर नेकपा गठन भएको थियो । त्यसअघि २०७४ सालको चुनावमा जनताले झन्डै दुई तिहाइ मत दिए । त्यो जनादेश कम्युनिस्ट एकताको पक्षमा जनताको चाहना थियो ।” उनले थपे, “आज फेरि त्यही जनचाहनालाई बलियो बनाउने जिम्मेवारी हाम्रो काँधमा आएको छ ।”

उनले नवगठित पार्टी गठनको सुरुवातसँगै केही पुराना कम्युनिस्ट नेताहरूमा असहजता देखिए पनि त्यो स्वाभाविक भएको बताए । उनका अनुसार, “विगतका कमजोरीहरूबाट सिक्दै, आत्मसमालोचना गर्दै, नयाँ सोच र क्रान्तिकारी आचरणसहित अघि बढ्न सक्यौं भने नेपाली कम्युनिस्ट पार्टी जनताको आशा र भरोसाको केन्द्र बन्नेछ ।”

अध्यक्ष नेपालले सबै नेतृवर्ग र कार्यकर्तालाई आत्मसुधार र अनुशासनमा जोड दिँदै भने, “कमजोरी छन् भने सुधार्ने सङ्कल्प गरौँ । सङ्कल्प गरेर व्यवहारमा उतार्नुभयो भने तपाईंहरूले यो पार्टीलाई जनताको पक्षमा ठूला उपलब्धि दिलाउनु हुनेछ । तर पुरानै गल्ती दोहोर्याइयो भने मूल्य र जनविश्वास दुबै गुम्छ ।”

उनले अन्त्यमा भने, “हामी सबैले पार्टी एकता, विचारको स्पष्टता र जनसेवाको संकल्पलाई जोड दिन सकेमा यो पार्टी सच्चा अर्थमा जनताको पार्टी बन्नेछ । नेपाललाई स्थायित्व, समृद्धि र समाजवादको बाटोमा अघि बढाउने अग्रपंक्तिको शक्ति बन्नेछ ।”

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

‘विभेदको भारी बोकेर क्याविन क्रु मेम्बरहरूले प्रभावकारी काम गर्न सक्दैनन्’

काठमाडौं । कानुनका जानकार तथा विज्ञहरूले कमजोर आत्मबल, विभेदको भारी बोकेर र आत्मसम्मानमा ठेस लाग्ने अवस्थामा रहेका ‘क्याविन क्रु मेम्बर’ले प्रभावकारी ...

रिपुम गुम्बामा आगालागी

काठमाडौं । गोरखाको रिपुम गुम्बामा आगलागी भएको छ । आज दिउँसो आगलागी हुँदा तीनतले आवास भवन जलेर नष्ट भएको भएको स्थानीय छेवाङग्याल्जेन लामाले जानकारी दिए...

नव गठित मधेश प्रदेश सरकारको पाँच निर्णय

जनकपुरधाम । मधेश प्रदेश सरकारको नवगठित मन्त्रिपरिषदको आइतबार बसेको वैठकले नेकपा (एमाले) का सरोजकुमार यादव नेतृत्वका सरकारले गरेका केही निर्णयहरु बदर ग...

एनपिएलकाे दाेस्राे संस्करणमा कर्णाली याक्सको सुखद अन्त्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) मा कर्णाली याक्सले लिग चरणको अन्तिम खेल जितसँगै प्रतियोगितामा सुखद अन्त्य गरेको छ ।  आइतबार कीर्तिपुरस्थित त...

चीनमा सडक दुर्घटनाः ९ जनाको मृत्यु

उरुम्ची । उत्तरपश्चिम चीनको शिन्जियाङ उइगुर स्वायत्त क्षेत्रमा शनिबार राति भएको गम्भीर सडक दुर्घटनामा ९ जनाको मृत्यु र ७ जना घाइते भएको स्थानीय अधिकार...

चीनद्वारा इन्टरनेट उपग्रहहरूको नयाँ समूह प्रक्षेपण

वेनचाङ । चीनले शनिबार हैनान प्रान्तबाट लङ मार्च–८ए रकेट प्रक्षेपण गर्दै १४औँ समूहका इन्टरनेट उपग्रहहरू कक्षमा पठाएको छ । रकेट दिउँसो ३ः५३ बजे उड्यो र ...

अमेरिकी दबाबबीच भेनेजुएलाद्वारा ५,६०० सैनिक थप परिचालन

काराकास । संयुक्त राज्य अमेरिकाले भेनेजुएलामाथि सैन्य दबाब बढाइरहेका बेला राष्ट्रपति निकोलस मदुरोको प्रशासनले शनिबार पाँच हजार ६०० सैनिकलाई औपचारिक रू...

गलत बाटाेमा कांग्रेस: संसद् पुनर्स्थापनाको रिट बोकेर सर्वोच्चमा

काठमाडौँ । प्रतिनिधिसभा विघटनको सवालमा देशभर राजनीतिक बहस चलिरहेकै बेला नेपाली कांग्रेस फेरि पनि विवादास्पद बाटोमा हिँड्न थालेको देखिएको छ ।  पार्ट...

इरानमा आर्थिक अपराधमा मृत्युदण्ड, विश्वभर आलोचना

तेहरान । इरानले आइतबार ठगी मामलामा दोषी ठहरिएका मोहम्मद रेजा गफ्फारीलाई फाँसी दिएको छ । गफ्फारी ‘रेजायात खोद्रो तारावत नोविन’ कम्पनीका मालिक थिए र कार...

स्रोत नखुलेको १२ लाख २९ हजार रुपैयाँसहित एक भारतीय पक्राउ

सर्लाही । सर्लाहीको ब्रह्मपुरी गाउँपालिका–४ त्रिभुवननगरस्थित प्रहरी चौकीको पछाडिबाट स्रोत नखुलेको ठुलो परिमाणको नेपाली रुपैयाँसहित एक भारतीय नागरिकलाई...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending