काठमाडौं। नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड र ट्रंकलाइन विद्युत् बक्यौता नतिरेपछि काटिएका बिजुलीको लाइनमा १४ उद्योगले बक्यौता रकम बुझाएका छन्। प्राधिकरणले कात्तिक ४ र ७ गते बक्यौता नबुझाएका २५ उद्योगको विद्युत आपूर्ति बन्द गरेको थियो।
प्राधिकरणका अनुसार, विद्युत आपूर्ति बन्द भएपछि घराना फुड्स र गोयन्का फुड्स गरी दुई उद्योगले तत्कालै बक्यौताको पहिलो किस्ता तिरेर लाइन पुन: जडान गराएका थिए। त्यसपछि थप १२ उद्योगले बक्यौता बुझाएपछि कुल १४ उद्योगले किस्ता भुक्तानी सुरु गरेका छन्। हाल ११ उद्योगमा लाइन काटिएको अवस्था छ।
बक्यौता तिरेका उद्योगहरू र तिनीहरूले तिरेको रकम यसप्रकार छन्:
त्रिवेणी सिन्थेटिक: १५ लाख ७१ हजार
रिलायन्स स्पिनिङ मिल्स: २ करोड ७७ लाख
हुलास स्टिल: ५० लाख ४३ हजार
अशोक स्टिल: ६३ लाख
हामा आइरन एन्ड स्टिल: २० लाख ९० हजार
पञ्चकन्या प्लास्टिक: २४ लाख ६३ हजार
पञ्चकन्या स्टील: ५२ लाख १९ हजार
सिद्धार्थ पेटप्लान्ट: १ करोड ८३ लाख
श्याम प्लास्टिक: ४९ लाख १० हजार
सोनापुर मिनरल एन्ड आयल: ८६ लाख ३० हजार
हिमाल आइरन एन्ड स्टिल: १३ करोड ६५ लाख
शिवम् सिमेन्ट: २ करोड ३८ लाख
घराना फुड्स: ६७ लाख
गोयन्का फुड्स: ५२ लाख ७३ हजार
विद्युत काटिएका उद्योग र तिनीहरूले तिर्नुपर्ने बक्यौता रकमस्
जगदम्बा स्टिल: १ अर्ब ६० करोड १८ लाख
घोराही सिमेन्ट: ५० करोड ८५ लाख
अर्घाखाँची सिमेन्ट: ४४ करोड ८४ लाख
त्रिवेणी स्पिनिङ मिल्स: ३२ करोड १० लाख
जगदम्बा सिन्थेटिक: २० करोड ५० लाख
कसमस सिमेन्ट: ९ करोड ७७ लाख
निगाले सिमेन्ट: ५ करोड ८१ लाख
विशाल सिमेन्ट इन्डस्ट्रिज: ३ करोड ३५ लाख
बुटवल सिमेन्ट: १८ करोड ४५ लाख
एभरेस्ट पेपर मिल: ९ करोड ४४ लाख
निगाले सिमेन्ट: ५ करोड ८९ लाख
अदालतको अन्तरिम आदेशले रकम तिर्नबाट जोगिएका ६ उद्योग र तिनीहरूको बक्यौता रकम:
मारुती सिमेन्ट: ५७ करोड ४५ लाख
अरिहन्त मल्टिफाइबर: ११ करोड ५३ लाख
युनाइटेड सिमेन्ट: ११ करोड ३७ लाख
रघुपति जुट मिल: ८ करोड ५९ लाख
अरिहन्त पोलिप्याक: ६ करोड ६२ लाख
बाबा जुट मिल: २ करोड ४१ लाख
उद्योगीहरूले भुक्तानीलाई किस्ता होइन, धरौटीको रूपमा तिरेको बताएका छन्। गत साता प्रधानमन्त्री कार्यालयमा उद्योगी र प्राधिकरणबीच धरौटी बुझाएर लाइन जडान गर्ने र न्यायिक प्रक्रिया अघि बढाउने सहमति भएको थियो।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण ६ गते, २०८३ - १७:४२
काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीभित्र हुकुमी शैलीको नेतृत्व र निरंकुश प्रवृत्ति देखिन थालेको टिप्पणी गरेका छन्। बुधबार न...
श्रावण ६ गते, २०८३ - १७:३२
काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कालिकोटको पलाँता गाउँपालिकाका तत्कालीन उपाध्यक्ष दाना न्यौपानेसहित १० जनाविरुद्ध आठ लाख आठ हजार ६८० रुपैय...
श्रावण ६ गते, २०८३ - १७:२३
काठमाडौं । नेपाली कांग्रेसका पूर्वउपसभापति बिमलेन्द्र निधिले कांग्रेसले ‘प्रजातान्त्रिक समाजवाद’को सिद्धान्त त्यागेर ‘सामाजिक लोकतन्त्र’लाई अंगीकार गर...
श्रावण ६ गते, २०८३ - १७:१७
काठमाडौं । बैंकिङ कसुरसम्बन्धी मुद्दामा फरार रहेका व्यवसायी शंकरलाल अग्रवाललाई प्रहरीले पक्राउ गरेको छ। केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले अग्रव...
श्रावण ६ गते, २०८३ - १६:५७
दैलेख। दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–९ मा सर्पको टोकाइबाट आमा–छोराको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी प्रहरी न...
श्रावण ६ गते, २०८३ - १६:५०
काठमाडौं। सरकारले विशेष अदालत र श्रम अदालतमा नयाँ अध्यक्ष नियुक्त गर्नुका साथै शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा मिनाहा गर्ने निर्ण...
श्रावण ६ गते, २०८३ - १६:४५
काठमाडौँ। सरकारले मुगुको सोरु गाउँपालिका–१ का गणेश नेपालीको मृत्यु प्रकरणमा छानबिन गर्न न्यायिक समिति गठन गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्क...
श्रावण ६ गते, २०८३ - १६:४२
काठमाडौं । सरकारले शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने निर्णय गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले अर्थ मन्त्रालयको...
श्रावण ६ गते, २०८३ - १६:०९
काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशशरण महतले पार्टी सभापति गगन थापामाथि पार्टी सञ्चालन शैलीलाई लिएर आलोचना गरेका छन्। बीपी कोइरालाको ४४औँ स्मृ...
श्रावण ६ गते, २०८३ - १६:०६
काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको तीन प्रतिशत समता शुल्क खारेज गर्ने निर्णय गरेको छन्। प्रधानमन्त्री...



प्रतिकृया लेख्नुहोस्: