सप्तरी। जिल्लाको राजविराज बजारको सडक अस्तव्यस्त भएपछि सर्वसाधारणले सास्ती व्यहोर्नुपरेको छ । जिल्लाको राजविराजको बजारमाको मुख्य सडकमा अतिक्रम र सडकमै सवारीसाधन पार्किङ बढ्दै गएपछि भिडभाडका कारण सर्वसाधारणलाई बाटो काट्न र सडकबाट हिडडुल गर्न एकदमै समस्या भोग्नुपरेको छ ।
राजविराजका मुख्य सडकहरू मालपोत कार्यालयदेखि जिल्ला प्रशासन कार्यालय, माइक्रो स्डेन्टदेखि छिन्नमस्ता अस्पताल, जनआन्दोलन चौकदेखि राममन्दिरसम्मको सडकमा अत्यधिक भिडभाड बढेपछि सर्वसाधारणले सास्ती व्यहोर्नुपरेको हो ।
स–साना व्यापारीहरूले सडकको छेउमा सडक अतिक्रमण गरी पसलहरू सञ्चालनमा ल्याएकाले भिडभाडका कारण पाँच मिनेटमा पुग्ने ठाउँमा १० मिनेट लाग्ने गरेको र दुर्घटनाको जोखिम उत्तिकै बढेको राजविराज उच्च अदालत बारएसोसिएसनका उपाध्यक्ष धर्मेन्द यादवले बताए।
राजविराजको सडकमा अतिक्रमण घट्नुको सट्टा दिनप्रतिदिन बढ्दै गएपछि स्थानीय व्यापारी र सडकमा दुई पांग्रे र चार पांग्रे गाडी पार्किङ गर्नेको मनपरि भिडभाडका कारण एम्बुलेन्स पनि रोकेर जानुपर्ने बाध्यता रहेको एम्बुलेन्स चालक बिजय देवले बताए।
उता करोडौंको लगानीमा बनेको राजविराज २ स्थित रहेको बसपार्क उदघाटन गरेको पाँच महिना बितिसक्दा समेत सञ्चालनमा आउन सकेको छैन । सडकमै सवारीसाधन पार्किङ, तरकारी बजार र सडकलाई अतिक्रमण गरी पसल सञ्चालन गर्दा सर्वसाधारणले समस्या भोग्नुपर्ने स्थानीयको भनाइ छ ।
सडक अतिक्रमण गरेर सञ्चालन गरेको पसलहरू पटक पटक हटाएका छौँ । हटियाको लागि तत्कालका लागि छुट्टयाइएको ठाउँ खाली छ । स–साना व्यापारीले आफ्नै हिसाबले पसल सञ्चालन गरेर सडक अतिक्रमण गर्नु राम्रो होइन । हटिया व्यवस्थापन हुन एक महिना समय लाग्छ । त्यसपछि समस्या समाधान हुनेमा विश्वस्त भएको राजविराज नगरपालिकाका कार्यवाहक नगरप्रमुख इसरत प्रविणले बताए ।
उनले भने, ‘‘आफ्नो समुदाय प्रतिको दायित्व सबैले बुझ्नुपर्ने हो । नबुझे कै कारण समस्या हुँदै आएको छ । बस पार्क सञ्चालन गर्ने तर्फ लागि रहेका छौं । सञ्चालनका लागि टेन्डर निकालेका छौँ । सम्झौता भए लगत्तै सवारी साधन सडकमा पार्किङ हुने समस्याको अन्त्य हुन्छ ।’’
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २० गते, २०८२ - १७:०४
काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले सामाजिक न्याय र भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागि रहनु पर्ने बताएको छिन्। हाम्रो पार्टी नेपालका...
मंसिर २० गते, २०८२ - १६:४४
काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्रीका लागि नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादवले दाबी पेस गरेका छन्। यादवले प्रदेश प्रमुख डा. सुरेन...
मंसिर २० गते, २०८२ - १६:३३
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न शुक्रबार दिउँसो देउवा निवास महाराजगञ्ज पुगेका छन्। ...
मंसिर २० गते, २०८२ - १६:२६
खोटाङ। सगरमाथा लोकमार्गअन्तर्गत दिक्तेल–गाईघाट सडकखण्डको सुनकोशी नदीस्थित फोक्सिङटारमा अस्थायी बेलिब्रिज जडानको काम सुरु गरिएको छ। खोटाङको खोटेहाङ...
मंसिर २० गते, २०८२ - १६:०४
काठमाडौँ। राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा अहिले लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स भिड्दैछन् । कीर्तिपुरस्थित मैदानमा...
मंसिर २० गते, २०८२ - १५:५२
नयाँदिल्ली। भारतको सबैभन्दा ठूलो एयरलाइन इन्डिगोले दर्जनौँ उडान रद्द तथा स्थगित गरेपछि शुक्रबार देशका प्रमुख विमानस्थलमा गम्भीर अव्यवस्था देखिएको छ । ...
मंसिर २० गते, २०८२ - १५:४७
काठमाडौं । सरकारले फिर्ता बोलाएका ११ मध्ये ६ जना राजदूतले राजीनामा दिएका छन्। उनीहरूले बुझाएको राजीनामा परराष्ट्र मन्त्रालयले स्वीकृत पनि गरिसकेको छ। ...
मंसिर २० गते, २०८२ - १५:३६
काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) ले सन्तोष परियारलाई पार्टीको प्रवक्ताको जिम्मेवारी दिएको छ। शुक्रबार बसेको प्रलोपाको अध्यक्ष परि...
मंसिर २० गते, २०८२ - १५:३१
काठमाडौँ । मधेस प्रदेशमा नेपाली कांग्रेसका नेता कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने विषयमा सात दलबीच सहमति बनेको छ। सात दलको बैठकपछि यादव नेतृत्वमा नयाँ...
मंसिर २० गते, २०८२ - १५:०४
काठमाडौं। नेपालका लागि जापानका राजदूत मायदा तोरुले प्रधानमन्त्री सुशीला कार्कीलाई आज सिहंदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शिष्ट...




प्रतिकृया लेख्नुहोस्: