Khabar Dabali २३ मंसिर २०८२ सोमबार | 8th December, 2025 Mon
Investment bank

महाधिवेशन र निर्वाचन केन्द्रमा कांग्रेस: एक सय ३५ नेताले राखे धारणा, छलफल अझै जारी

खबरडबली संवाददाता

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकमा एक सय ३५ जना नेताले विभिन्न राजनीतिक र संगठनात्मक विषयमा धारणा राखेका छन् । 

नियमित महाधिवेशनदेखि लिएर आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचनसम्मका विषयमा केन्द्रित छलफल तीव्र रूपमा जारी रहेको पार्टीले जनाएको छ ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा मङ्गलबार बसेको बैठकमा सहभागी नेताहरूले पार्टीभित्रको नेतृत्व सुदृढीकरण, आन्तरिक एकता, गठबन्धनको भविष्य, विशेष महाधिवेशनको सम्भावना, उम्मेदवार छनोट प्रक्रिया, संगठन सुदृढीकरण र आगामी निर्वाचन रणनीतिलगायत करिब दस वटा एजेन्डामा विस्तृत बहस गरेका छन् ।

कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठकमा अहिलेसम्म १३५ जनाले बोलेका छन् । उनले भने, “बैठकमा नेताहरूले क्रमशः धारणा राखिरहनुभएको छ । भोलि बिहान साढे ११ बजे पुनः बैठक बोलाइएको छ । सम्भवतः भोलिसम्म बोल्ने क्रम पूरा होला ।”

पार्टी स्रोतका अनुसार, नेताहरूबीच विशेष महाधिवेशन आवश्यक छ कि छैन भन्ने विषयमा फरक मत देखिएको छ । केही नेताहरूले संगठन पुनःसंरचना र नीति पुनरावलोकनका लागि विशेष महाधिवेशन जरुरी रहेको धारणा राखेका छन् भने केहीले नियमित महाधिवेशनमै सबै प्रक्रिया अघि बढाउनुपर्ने बताएका छन् ।

आजको बैठकमा सहमहामन्त्री बद्रीप्रसाद पाण्डे र जीवन परियार, केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर कार्की, डा. मिनेन्द्र रिजाल, दीपक गिरी, अम्बिका बस्नेत, मीनबहादुर विश्वकर्मा, सीता गुरुङ, रामजनम चौधरी, राजीवविक्रम शाह, प्रकाश रसाइली (स्नेही), भीम पराजुली र गोमाकुमारी भट्टराईलगायत नेताहरूले धारणा राखेका थिए ।

बैठकमा सहभागी धेरै नेताहरूले कांग्रेसले आगामी निर्वाचनमा पार्टीको पहिचान मजबुत बनाउन युवा र महिला नेतृत्वको भूमिकालाई प्राथमिकता दिनुपर्ने बताएका छन् । उनीहरूले सरकारको कामकारबाही, गठबन्धनमा देखिएका असन्तुष्टि र संगठनभित्रको समायोजनबारे पनि स्पष्ट दिशानिर्देश आवश्यक रहेको औंल्याएका छन् ।

कांग्रेसको बैठक बुधबार बिहान साढे ११ बजे पुनः बस्नेछ । सो बैठकमा बाँकी नेताहरूले धारणा राखेपछि महासमिति बैठक र निर्वाचन तयारीबारे ठोस निर्णय हुने अपेक्षा गरिएको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

‘विभेदको भारी बोकेर क्याविन क्रु मेम्बरहरूले प्रभावकारी काम गर्न सक्दैनन्’

काठमाडौं । कानुनका जानकार तथा विज्ञहरूले कमजोर आत्मबल, विभेदको भारी बोकेर र आत्मसम्मानमा ठेस लाग्ने अवस्थामा रहेका ‘क्याविन क्रु मेम्बर’ले प्रभावकारी ...

रिपुम गुम्बामा आगालागी

काठमाडौं । गोरखाको रिपुम गुम्बामा आगलागी भएको छ । आज दिउँसो आगलागी हुँदा तीनतले आवास भवन जलेर नष्ट भएको भएको स्थानीय छेवाङग्याल्जेन लामाले जानकारी दिए...

नव गठित मधेश प्रदेश सरकारको पाँच निर्णय

जनकपुरधाम । मधेश प्रदेश सरकारको नवगठित मन्त्रिपरिषदको आइतबार बसेको वैठकले नेकपा (एमाले) का सरोजकुमार यादव नेतृत्वका सरकारले गरेका केही निर्णयहरु बदर ग...

एनपिएलकाे दाेस्राे संस्करणमा कर्णाली याक्सको सुखद अन्त्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) मा कर्णाली याक्सले लिग चरणको अन्तिम खेल जितसँगै प्रतियोगितामा सुखद अन्त्य गरेको छ ।  आइतबार कीर्तिपुरस्थित त...

चीनमा सडक दुर्घटनाः ९ जनाको मृत्यु

उरुम्ची । उत्तरपश्चिम चीनको शिन्जियाङ उइगुर स्वायत्त क्षेत्रमा शनिबार राति भएको गम्भीर सडक दुर्घटनामा ९ जनाको मृत्यु र ७ जना घाइते भएको स्थानीय अधिकार...

चीनद्वारा इन्टरनेट उपग्रहहरूको नयाँ समूह प्रक्षेपण

वेनचाङ । चीनले शनिबार हैनान प्रान्तबाट लङ मार्च–८ए रकेट प्रक्षेपण गर्दै १४औँ समूहका इन्टरनेट उपग्रहहरू कक्षमा पठाएको छ । रकेट दिउँसो ३ः५३ बजे उड्यो र ...

अमेरिकी दबाबबीच भेनेजुएलाद्वारा ५,६०० सैनिक थप परिचालन

काराकास । संयुक्त राज्य अमेरिकाले भेनेजुएलामाथि सैन्य दबाब बढाइरहेका बेला राष्ट्रपति निकोलस मदुरोको प्रशासनले शनिबार पाँच हजार ६०० सैनिकलाई औपचारिक रू...

गलत बाटाेमा कांग्रेस: संसद् पुनर्स्थापनाको रिट बोकेर सर्वोच्चमा

काठमाडौँ । प्रतिनिधिसभा विघटनको सवालमा देशभर राजनीतिक बहस चलिरहेकै बेला नेपाली कांग्रेस फेरि पनि विवादास्पद बाटोमा हिँड्न थालेको देखिएको छ ।  पार्ट...

इरानमा आर्थिक अपराधमा मृत्युदण्ड, विश्वभर आलोचना

तेहरान । इरानले आइतबार ठगी मामलामा दोषी ठहरिएका मोहम्मद रेजा गफ्फारीलाई फाँसी दिएको छ । गफ्फारी ‘रेजायात खोद्रो तारावत नोविन’ कम्पनीका मालिक थिए र कार...

स्रोत नखुलेको १२ लाख २९ हजार रुपैयाँसहित एक भारतीय पक्राउ

सर्लाही । सर्लाहीको ब्रह्मपुरी गाउँपालिका–४ त्रिभुवननगरस्थित प्रहरी चौकीको पछाडिबाट स्रोत नखुलेको ठुलो परिमाणको नेपाली रुपैयाँसहित एक भारतीय नागरिकलाई...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending