Khabar Dabali १८ असार २०८३ बिहीबार | 2nd July, 2026 Thu
Investment bank

प्रतिक्रियावादीको षड्यन्त्रलाई परास्त गर्छाैँ: प्रचण्ड

खबरडबली संवाददाता

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो पार्टीले आसन्न महाधिवेशनबाट युवा पुस्तालाई नेतृत्वको अग्रपंक्तिमा ल्याउने तयारी गरिरहेको बताएका छन् ।

पार्टी कार्यालय पेरिसडाँडामा आयोजित विद्यार्थी नेताहरुसँगको अन्तरक्रियामा बोल्दै प्रचण्डले पार्टीको भावी यात्रामा युवाहरूलाई जिम्मेवारीपूर्ण भूमिकामा अघि सार्ने योजना रहेको स्पष्ट पारे । उनले भने, “आगामी महाधिवेशनबाट युवाहरूलाइ नै प्राथमिकतामा राख्नेछौँ । नयाँ पुस्ताले नै पार्टीको रूपान्तरण र राष्ट्रको पुनर्निर्माणको नेतृत्व गर्नुपर्छ भन्नेमा हामी स्पष्ट छौँ ।”

उनले हालको पार्टी एकता विगतका अस्थायी एकताभन्दा फरक र दिगो हुने दाबी पनि गरे । प्रचण्डका अनुसार, “विगतमा नेतृत्वले सही समयमा सही दिशा लिन नसकेका कारण नेकपा अपेक्षित रूपमा अगाडि बढ्न सकेन । अहिलेको एकता भने सिद्धान्त र दूरदृष्टिमा आधारित भएकाले यो दीर्घकालीन हुनेछ ।”

जेनजी आन्दोलनको सन्देशले आफूहरूमा नयाँ चेतना र दिशानिर्देश दिएको उल्लेख गर्दै प्रचण्डले पार्टीले त्यसकै आधारमा नयाँ विचार र कार्यशैली अपनाउने बताए । “जेनजी आन्दोलनले युवा पुस्तामा परिवर्तनको तीव्र चाहना जगाएको छ । हाम्रो पार्टी त्यसलाई आत्मसात गरेर रुपान्तरण हुँदैछ,” उनले भने । 

प्रचण्डले अहिले राष्ट्र र जनताको विरोधमा प्रतिक्रियावादी शक्तिहरू सक्रिय रहेको आरोप लगाउँदै ती शक्तिहरूको षड्यन्त्रलाई जनस्तरबाटै परास्त गर्नुपर्नेमा जोड दिए । उनका शब्दमा, “पार्टीहरूलाई कमजोर पारेर राष्ट्रलाई उपनिवेश बनाउन खोज्ने एकथरी तत्व सक्रिय छन् । यस्तो अवस्थामा युवा र विद्यार्थी वर्गले अग्रपंक्तिमा उभिनुपर्छ ।”

उनले राष्ट्र र जनआन्दोलनलाई जोगाउन पार्टीले गाउँ–गाउँ, टोल–टोल र कलेज–कलेजसम्म संगठनात्मक शक्ति विस्तार गर्ने योजना अघि सारिरहेको बताए । “राष्ट्र बचाउन र आन्दोलनको संरक्षण गर्नका लागि हामीले शक्ति बनाउने सोच्दैछौँ । गाउँ–गाउँमा, टोल–टोलमा, विद्यालय–कलेजमा हामी प्रतिक्रियावादी षड्यन्त्रविरुद्ध संगठित शक्ति निर्माण गर्ने तयारीमा छौँ,” प्रचण्डले भने ।

त्यस अवसरमा उनले नेपाली विद्यार्थी आन्दोलनको ऐतिहासिक भूमिकाको प्रशंसा गर्दै आगामी रूपान्तरणमा पनि विद्यार्थीहरू नै अगुवा बन्ने विश्वास व्यक्त गरे । “नेपालमा प्रगतिशील विचारको जग विद्यार्थी आन्दोलनले नै तयार गरेको हो । विगतदेखि नै हामीले त्यसको योगदान अनुभव गरेका छौँ । अब पनि परिवर्तनको आधार यही ऊर्जा र चेतनाबाट निर्माण हुनेछ,” उनले भने ।

अन्त्यमा प्रचण्डले पार्टीको नयाँ अभियानमा युवा र विद्यार्थीहरूलाई केन्द्रमा राखी संगठन सुदृढीकरण, विचारात्मक स्पष्टता र राजनीतिक रूपान्तरणलाई मुख्य कार्यसूची बनाइने बताए ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending