Khabar Dabali १२ पुष २०८२ शनिबार | 27th December, 2025 Sat
Investment bank

कैलालीमा थारू समुदायको परम्परागत लवाङ्गी पूजा धुमधामका साथ हुने

खबरडबली संवाददाता

कैलाली । थारू समुदायको परम्परागत धार्मिक पर्व ‘लवाङ्गी पूजा’ यस वर्ष मङ्सिर ९ गते धुमधामका साथ मनाइने भएको छ ।

पश्चिम तराईको सबैभन्दा ठूलो देउथल घोडाघोडी (घोरीघोरा) मन्दिरमा हुने लवाङ्गी पूजाका अवसरमा तीन दिनसम्म थारू सांस्कृतिक महोत्सव पनि आयोजना गरिने भएको हो । घोडाघोडी नगर भलमन्सा कार्य समिति, सन्त समागम समाज र घोडाघोडी संस्कृति संरक्षण समाजको संयुक्त आयोजनामा उक्त पूजा तथा महोत्सव सम्पन्न हुनेछ ।

कार्यक्रमको तयारीका लागि १७ सदस्यीय मूल आयोजक समिति गठन गरिएको छ । समितिका संयोजक तथा नगर भलमन्सा कार्य समितिका अध्यक्ष बुधराम चौधरीका अनुसार थारू समुदायको मौलिक संस्कृतिसँग जोडिएको लवाङ्गी पूजाको व्यवस्थापनका लागि तयारी तीव्र पारिएको छ ।

“धेरै वर्षदेखि हामीले पर्यटकीय र धार्मिक दृष्टिले महत्वपूर्ण घोडाघोडी क्षेत्रमा लवाङ्गी पूजा भव्य रूपमा गर्दै आएका छौँ । यस वर्ष पनि पूजालाई व्यवस्थित र भव्य बनाउन मूल समिति बनाएर तयारीमा जुटेका छौँ,” संयोजक चौधरीले भने । “कैलाली, कञ्चनपुर, बाँके, बर्दिया र दाङ जिल्लाबाट समेत भक्तजनहरूको सहभागिता रहनेछ ।”

उनका अनुसार यो पर्वले थारू समुदायको धार्मिक तथा सांस्कृतिक पहिचानलाई सुदृढ बनाउने, युवा पुस्तामा परम्परा हस्तान्तरण गर्ने र मौलिक कला–संस्कृतिको संरक्षणमा टेवा पुर्‍याउने उद्देश्य राखिएको छ ।

महोत्सवमा थारू समुदायका झाँकी, बर्कानाच, सखिया, मुङ्ग्रहुवा, कठघोरी लगायतका परम्परागत नृत्य प्रस्तुत गरिनेछ । साथै थारू कलाकारहरूको विशेष प्रस्तुति, परम्परागत परिकारको प्रदर्शन र बजारीकरणसमेत गरिने कार्यक्रम रहेको आयोजकहरूले बताएका छन् ।

सन्त समागम समाजका अध्यक्ष कप्तान चौधरीका अनुसार पूजा कार्यक्रममा कैलालीका १७३ गाउँका भलमन्सा, गुरुवा र चिराकीहरूको सहभागिता रहनेछ । थारू परम्परा अनुसार नयाँ बाली घरमा भित्र्याएपछि पहिले देवतालाई चढाएर मात्र उपभोग गर्ने चलन रहेको छ। ‘लवाङ्गी’ शब्दको अर्थ नै ‘नयाँ’ भन्ने भएकाले नयाँ अन्न देउतालाई चढाएर मात्र खाने परम्पराका रूपमा यो पूजा प्रचलनमा आएको हो ।

पछिल्ला दुई दशकयता यो पूजा सामूहिक रूपमा घोडाघोडी मन्दिरमा आयोजना हुँदै आएको छ । थारू समुदायको मौलिक संस्कृति र परम्परा झल्काउने यस पूजामा पहाडी समुदायको पनि सहभागिता रहन्छ । पश्चिम नेपालको प्रमुख देवथलका रूपमा चिनिने घोडाघोडी मन्दिर कैलालीको घोडाघोडी नगरपालिकास्थित विश्व रामसार सूचीमा सूचीकृत घोडाघोडी ताल नजिकै रहेको छ । त्यहाँ लवाङ्गी पूजाका दिन भक्तजनहरूले भाकल पुरा गर्न सुँगुर, कुखुरा, बोका, हाँस आदि बलि दिने परम्परा रहेको स्थानीय यमलाल सापकोटाले जानकारी दिए । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

धनकुटाबाट नेकपाद्वारा १० उम्मेदवार नाम सिफारिस

काठमाडाैं । आसन्न प्रतिनिधिसभा निर्वाचनको लागि नेपाली कम्युनिष्ट पार्टी धनकुटाले प्रत्यक्ष र समानुपातिकको लागि विभिन्न व्यक्तिहरुलाई उम्मेदवारको रुपमा...

खरबारी सुन्तला बगैँचामा परिणत

म्याग्दी । म्याग्दीको मङ्गला गाउँपालिका–३ भेडाबारी र भोर्लेनीका किसानले भिरालो पाखो खरबारीलाई सुन्तला बगैँचामा परिणत गरेका छन् । कोदो, मकैलगायत परम्पर...

हनुमानढोका दरबार क्षेत्रको मौलिकता जोगाउन सरोकारवालाको जोड

काठमाडौँ । हनुमानढोका दरबार सङ्ग्राहलयकाे मौलिकता संरक्षण गर्न सरोकारवालाहरूले जोड दिएका छन् । हनुमान ढोका दरबार सङ्ग्राहलय विकास समितिको १६औँ स्थापना...

रक्षा खर्च बढाउँदै जापान

टोकियो । जापान सरकारले आर्थिक वर्ष सन् २०२६ का लागि हालसम्मकै सबैभन्दा ठूलो रक्षा बजेट प्रस्ताव गरेको छ । स्थानीय सञ्चारमाध्यमका अनुसार प्रस्तावित रक्...

चीनद्वारा इन्टरनेट उपग्रह प्रक्षेपण

हाइनान । चीनले शुक्रबार दक्षिणी टापु प्रान्त हाइनानबाट ‘लङ मार्च–८ए’ वाहक रकेट सफलतापूर्वक प्रक्षेपण गरी इन्टरनेट सेवाका लागि प्रयोग हुने उपग्रहहरूको ...

सरकारले नागरिकमा विश्वास र आशा जगाउने प्रयास गरेको छ : गृहमन्त्री अर्याल

काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले सरकारले नागरिकमा विश्वास र आशा जगाउने प्रयास गरेको बताएका छन् । गृहमन्त्रालयको नेतृत्व सम्हालेको एक सय दिने का...

अलैँचीको निर्यात ६० प्रतिशतले बढ्यो

झापा । चालु आर्थिक वर्ष २०८२-०८३ को मङ्सिर मसान्तसम्ममा अलैँचीको निर्यात ६० दशमलव १० प्रतिशतले बढेको छ । मेची भन्सार कार्यालयको तथ्याङ्कअनुसार उक्त अव...

देश नयाँ शिराबाट अगाडि बढ्छ : मन्त्री घिसिङ

काठमाडौँ  । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री एवं उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङले देश अब नयाँ सोच, नयाँ नेतृत्व र नयाँ दिशासहित अगाडि बढ्...

बागमती प्रदेशमा धान उत्पादन वृद्धि

हेटाैँडा । बागमती प्रदेशका जिल्लाहरूमा यस वर्ष धानबाली उत्पादनमा सामान्य वृद्धि भएको छ । बागमती प्रदेश कृषि विकास निर्देशनालयका अनुसार बागमती प्रदेशका...

देशभर ७ लाख ३५ हजार नयाँ मतदाता थपिए

काठमाडाैं । जेन–जी आन्दोलनपछि ७ लाख ३५ हजार ४५९ जना नयाँ मतदाता थपिएका छन् ।  आन्दोलनपछि २१ फागुनका लागि निर्वाचन घोषणा भएसँगै निर्वाचन आयोगले ९ अस...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending