दाङ । दाङको तुलसीपुर उपमहानगरपालिका–१३ स्थित तुइसोताले खोलाका कारण त्यहाँका बासिन्दाले हरेक वर्ष ठूलो सास्ती भोग्नुपरेको छ। फूलबारीबाट बराखुट्टीसम्म पुग्न स्थानीयहरूले यही खोला नौ पटक तर्नुपर्छ, तर पनि खोलामा पक्की पुल नहुँदा निकै समस्या भएको छ।
स्थानीय बालाराम घर्तीका अनुसार, सो क्षेत्रमा एउटा पनि पक्की पुल छैन। यसका कारण सवारी साधन (गाडी) को आवतजावतमा पनि समस्या हुने गरेको छ। उनका अनुसार, तीन स्थानमा झोलुङ्गे पुल भए पनि अन्य छ स्थानमा पुल निर्माण भएका छैनन्।
झोलुङ्गे पुलहरू बराखुट्टी र गाईखुट्टीको बीचमा, साजखुट्टी र बराखुट्टी जोड्ने स्थानमा तथा अमुवापुरमा गरी तीन स्थानमा मात्र छन्। यी झोलुङ्गे पुलले आवतजावतमा केही सहजता ल्याए पनि अन्य छ वटा स्थानमा झोलुङ्गे पुलसमेत नहुँदा बर्सातको समयमा स्थानीयलाई निकै समस्या हुने घर्तीको भनाइ छ।
उनले भने, "हामीले त्यही खोला नौ ठाउँमा तर्नु पर्छ। तीन ठाउँमा पुल बनेकाले सहज भए पनि अन्य ठाउँमा एकदमै गाह्रो छ।" गिधनियामा सात वर्षअघि निर्माण सुरु गरिएको पुल पनि अलपत्र अवस्थामा छ। अहिले त्यहाँ दुईवटा पिल्लर मात्रै ठडिएका छन् र निर्माण कार्य अगाडि बढ्न सकेको छैन। पुल यसरी बीचमै अलपत्र परेपछि स्थानीय भक्तबहादुर बस्नेतले आफूहरू आजित भएको बताए। "बन्न लागेका पुल पनि बीचमै अलपत्र छन्," उनले भने, "यसरी त हामी निकै मारमा परेका छौँ।"
यसैबीच, हाल सोही ठाउँको मजघटुवामा पुल निर्माणका लागि प्रक्रिया अगाडि बढेको छ। नगर प्रमुख टिकाराम खड्काका अनुसार उपमहानगरपालिकाले त्यसका लागि रु ५० लाख बजेट विनियोजन गरेको छ र उपमहानगरपालिकाभित्रकै पहिलो 'बक्स पुल' निर्माणका लागि सोही स्थानमा सर्भे भइरहेको छ।
नगर प्रमुख खड्काले उक्त पुल आउँदो जेठसम्म सक्नेगरी तयारी गरिएको र पुल निर्माण भएपछि मजघटुवा, रनियापुर, बराखुट्टी, सासखुट्टी, मन्नामेलगायतका आधा दर्जनभन्दा बढी गाउँका बासिन्दालाई आवतजावतमा सहज हुने विश्वास व्यक्त गरे।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...



प्रतिकृया लेख्नुहोस्: