Khabar Dabali २० जेष्ठ २०८३ बुधबार | 3rd June, 2026 Wed
Investment bank

समस्याग्रस्त २३ सहकारीका सञ्चालकको नाम सार्वजनिक, लुकाएको सम्पत्तिबारे सूचना दिन समितिको आग्रह

खबरडबली संवाददाता

काठमाडौँ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त घोषित २३ वटा सहकारी संस्थाका सञ्चालकहरूले लुकाएको हुन सक्ने सम्पत्तिबारे सूचना उपलब्ध गराउन सर्वसाधारणसँग आग्रह गरेको छ।

समितिले ती सहकारीका सञ्चालकहरूको नामसहितको विवरण सार्वजनिक गर्दै उनीहरूले सहकारीको बचत रकम वा सम्पत्ति हिनामिना गरी परिवार, आफन्त, नातागोता वा अन्य व्यक्तिको नाममा सम्पत्ति तथा रकम लुकाएको जानकारी भए समितिलाई सूचित गर्न अनुरोध गरेको हो।

समितिद्वारा जारी सूचनामा भनिएको छ, “सार्वजनिक भएका सञ्चालकहरूले सहकारीको बचत रकम वा सम्पत्ति हिनामिना गरी परिवार, आफन्त, नातागोता वा अन्य व्यक्तिको नाममा सम्पत्ति वा रकम लुकाएको जानकारी भएमा यस कार्यालयमा सूचना गरिदिनुहुन सम्बन्धित सबैमा अनुरोध छ।”

समितिले समस्याग्रस्त सहकारी संस्थाका सञ्चालकहरूलाई सम्बन्धित संस्थाको दायित्व फरफारक, ऋण असुली, सम्पत्ति तथा अन्य स्रोत–साधनको पहिचान गरी त्यसको व्यवस्थापन गर्न तथा नियमित रूपमा समितिको सम्पर्कमा रही बचत फिर्ता, दायित्व व्यवस्थापन र नियमनसम्बन्धी कार्यमा सहयोग गर्न पनि आग्रह गरेको छ।

सूचनामा समितिको निर्देशन र आग्रहलाई बेवास्ता गरे कानुनबमोजिम कारबाही गरिने चेतावनीसमेत दिइएको छ।

यस्तै, सार्वजनिक गरिएको विवरणमा कुनै त्रुटि, फरक वा अद्यावधिक गर्नुपर्ने विषय भए समितिको कार्यालयमा सम्पर्क गर्न पनि आग्रह गरिएको छ।

समितिले समस्याग्रस्त घोषित २३ वटा सहकारी संस्थाका सञ्चालकहरूको विवरणसमेत सार्वजनिक गरेको जनाएको छ।

 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

राष्ट्रपति सरकारको ‘रबरस्ट्याम्प’ बनेर जे मा पनि हस्ताक्षर गरे: ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति रामचन्द्र पौडेलको भूमिकाप्रति गम्भीर आपत्ति जनाउँदै उहाँलाई सरकारको “रबरस्ट्याम्प” बनेको ...

चुनावी नतिजा पूर्वनिर्धारित थियो, अरु पार्टीहरूले साँच्चै चुनाव हुन्छ ठाने: ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हालै सम्पन्न चुनावको नतिजा पहिले नै निर्धारित रहेको आरोप लगाएका छन्। चुनावपछि पहिलोपटक सार्वजनिक सम्...

सरकार पूर्वाग्रहको पोको हो, सम्पत्ति छानबिन आयोग मान्दिन र बयान पनि दिन्न: ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारलाई “पूर्वाग्रहको पोको” भन्दै कडा आलोचना गरेका छन्। उनले सरकारले आफूहरू र पुराना राजनीत...

राष्ट्रिय सभामा आज पनि प्रधानमन्त्री शाहको सीमा सम्बन्धी अभिव्यक्तिको विरोध, बैठक अवरुद्ध

काठमाडौं । राष्ट्रिय सभामा आज पनि प्रधानमन्त्री बालेन शाहको नेपाल–भारत सीमा सम्बन्धी अभिव्यक्तिलाई लिएर विपक्षी दलहरूले विरोध जनाएका छन्। बैठक सुरु हु...

नागढुंगा सुरुङमार्गका लागि जापानबाट थप ५ अर्ब ५० करोड रुपैयाँ ऋण सहयोग

काठमाडौँ । नागढुंगा सुरुङमार्ग निर्माण आयोजनाका लागि जापान सरकारले थप ऋण सहयोग उपलब्ध गराउने भएको छ। आयोजनाको लागत बढेर बजेट अपुग भएपछि जापानले थप सहा...

समस्याग्रस्त २३ सहकारीका सञ्चालकको नाम सार्वजनिक, लुकाएको सम्पत्तिबारे सूचना दिन समितिको आग्रह

काठमाडौँ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त घोषित २३ वटा सहकारी संस्थाका सञ्चालकहरूले लुकाएको हुन सक्ने सम्पत्तिबारे सूचना उपलब्ध ग...

लुम्बिनी सरकारमा एमालेका चार नयाँ मन्त्री सिफारिस

बुटवल । नेपाल कम्युनिष्ट पार्टी(एमाले)ले लुम्बिनी प्रदेश सरकारमा सहभागी आफ्ना चार मन्त्रीको राजीनामापछि नयाँ मन्त्रीहरूको नाम सिफारिस गरेको छ। पार्...

लुम्बिनी सरकारका एमालेका चार मन्त्रीको सामूहिक राजीनामा

बुटवल । लुम्बिनी प्रदेश सरकारमा सहभागी नेकपा ९एमाले० का चार जना मन्त्रीहरूले सामूहिक रूपमा राजीनामा दिएका छन्। राजीनामा दिने मन्त्रीहरूमा भौतिक पूर...

सुन चाँदी मुल्य कति बढ्यो ?

काठमाडौँ । विगत केही दिनदेखि उतारचढाव भएको सुनको मूल्य आज स्थिर छ । चाँदीको मूल्य केही घटेको छ ।  नेपाल सुनचाँदी व्यवसाय महासङ्घका अनुसार आज एक तोल...

राष्ट्रपति कार्यालयबाट चोरिए हात्तीका दाह्रा, ६ जना पक्राउ

काठमाडौं । राष्ट्रपति कार्यालय शीतल निवासको भित्तामा सजाएर राखिएका दुई थान हात्तीका दाह्रा चोरी भएको खुलेको छ। उक्त घटनामा संलग्न रहेको आरोपमा प्रहरील...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending