Khabar Dabali ३ असार २०८३ बुधबार | 17th June, 2026 Wed
Investment bank

वैकल्पिक विकास वित्त परिचालन विधेयकमा सुझाव दिन नसक्दा राष्ट्रियसभाको भूमिका स्वत: समाप्त

खबरडबली संवाददाता

काठमाडौं । वैकल्पिक विकास वित्त परिचालन विधेयकमाथि सुझाव दिने संवैधानिक अवसर राष्ट्रियसभाले गुमाएको छ। प्रतिनिधिसभाबाट पारित भएर आएको उक्त विधेयकमा संविधानले तोकेको १५ दिनभित्र छलफल गरी सुझावसहित फिर्ता पठाउन नसक्दा राष्ट्रियसभाको भूमिका स्वत: समाप्त भएको हो।

संवैधानिक व्यवस्था अनुसार अर्थसम्बन्धी विधेयक प्रतिनिधिसभामा मात्र दर्ता हुने र त्यहाँबाट पारित भएपछि राष्ट्रियसभामा पठाइने व्यवस्था छ। राष्ट्रियसभाले त्यस्तो विधेयक प्राप्त गरेको १५ दिनभित्र सुझावसहित प्रतिनिधिसभामा फिर्ता पठाउनुपर्ने हुन्छ।

उक्त विधेयक अघिल्लो प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे ले अर्थ विधेयकका रूपमा दर्ता गर्ने निर्णय गरेका थिए। विधेयक २०८२ पुस १८ गते प्रतिनिधिसभामा दर्ता भएको थियो भने जेठ ७ गते पारित भएर राष्ट्रियसभामा पुगेको थियो। संविधानअनुसार जेठ २२ गतेभित्र राष्ट्रियसभाले आफ्नो सुझावसहित विधेयक फिर्ता पठाउनुपर्ने थियो।

तर, राष्ट्रियसभामा लगातार अवरोध भएपछि उक्त प्रक्रिया पूरा हुन सकेन। विपक्षी दलहरूले प्रधानमन्त्री बालेन्द्र शाह ले प्रतिनिधिसभामा दिएको नेपाल–भारत सीमा सम्बन्धी अभिव्यक्तिबारे माफी माग्नुपर्ने माग गर्दै लगातार तीन दिनसम्म बैठक अवरुद्ध गरेका थिए।

अवरोधका कारण राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहाल ले बैठक स्थगित गरेका थिए। उनले अर्थमन्त्री स्वर्णिम वाग्ले र विभिन्न दलका नेताहरूसँग विधेयक पारित गराउने विषयमा छलफल गरे पनि सहमति जुट्न सकेन।

बैठकमा अध्यक्ष दाहालले समयमै निर्णय नभए विधेयक राष्ट्रियसभाबाट “फुत्किने” र राष्ट्रियसभाले आफ्नो संवैधानिक जिम्मेवारी पूरा गर्न नसकेको ठहरिने चेतावनी दिएका थिए। तर विपक्षी दलहरूले अवरोध जारी राखेपछि विधेयकमाथि छलफल हुन सकेन।

अब संविधानको धारा १११ अनुसार राष्ट्रियसभाबाट सुझाव नआए पनि प्रतिनिधिसभाले उक्त विधेयक प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पठाउने बाटो खुला भएको छ। यससँगै राष्ट्रियसभाले उक्त विधेयकमा आफ्नो धारणा वा सुझाव औपचारिक रूपमा राख्ने अवसर गुमाएको छ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

वर्षायाममा सडक खन्न रोक, अनुमति बिना उत्खनन गर्न नपाइने

काठमाडौँ। १ असारदेखि भदौ मसान्तसम्म कुनै पनि निकायले विनाअनुमति सडक खन्न नपाउने भएका छन्। वर्षायाममा धारा, ढल, बिजुली, टेलिफोन लगायतका प्रयोजनका ला...

बजेटमाथिको छलफल कर्मकाण्डी भएको ओलीको टिप्पणी, नयाँ आयोजनाभन्दा पुराना सम्पन्न गर्न जोड

काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की प्रमुख सचेतक खुश्बु ओलीले सरकारको कार्यशैली तथा बजेट विनियोजनको प्राथमिकतामाथि प्रश्न उठाएको छिन्।...

सरकारले ‘ब्लक बजेट’ को अवधारणा अपनाएको भन्दै नेकपा सांसद दुलालको असन्तुष्टि

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी ( नेपाली कम्युनिष्ट पार्टीका) का मुख्य सचेतक युवराज दुलालले बजेटमा सांसदहरूले सिफारिस गरेका योजनाहरू स्पष्ट रूपमा न...

भाइरल भिडियोबारे सांसद सृष्टि भट्टराईको यस्तो स्पष्टीकरण

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की समानुपातिक सांसद सृष्टि भट्टराईले सामाजिक सञ्जालमा भाइरल भइरहेको आफ्नो एउटा भिडियोबारे स्पष्टीकरण दि...

सर्लाहीको गोडैता–५ का वडाध्यक्ष गुप्ता पक्राउ

सर्लाही। सर्लाहीको गोडैता नगरपालिका–५, रामवनका वडाध्यक्ष प्रकाशप्रसाद गुप्तालाई प्रहरीले पक्राउ गरेको छ । केही दिनअघि सर्लाही जिल्ला अदालतको फैसला ...

रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनको स्थल परिवर्तन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनको स्थल परिवर्तन गरिएको छ। अब महाधिवेशन भरतपुरस्थित चितवन उद...

प्रतिनिधिसभामा विनियोजन विधेयकमाथि छलफल, कसले के भने ?

काठमाडौं । प्रतिनिधिसभामा विनियोजन विधेयक, २०८३ अन्तर्गत विभिन्न मन्त्रालयको बजेट शीर्षकमाथि छलफल जारी छ। आजको बैठकमा सांसदहरूले सम्बन्धित मन्त्रालयको...

प्रतिनिधि सभाको बैठकमा ६ जना मन्त्री उपस्थित भएपछि अघि बढ्यो

काठमाडौं । प्रतिनिधि सभाको बैठकमा ६ जना मन्त्री उपस्थित भएपछि बैठक सुचारु भएको छ। बजेटमाथि मन्त्रालयगत छलफलका क्रममा मन्त्रीहरूको अनिवार्य उपस्थिति...

नेप्से परिसूचक ६.३१ अंकले घट्यो, कारोबार ४ अर्बभन्दा माथि

काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज परिसूचक आज सामान्य गिरावटसहित बन्द भएको छ। साताको कारोबार हुने तेस्रो दिन नेप्से ६.३१ अंकले घटेर २७०५.४५ विन्दुमा पुगे...

हर्मुजमा सेना पठाउने विषयमा जापान अझै अन्योलमा

काठमाडौँ । अमेरिका–इरान शान्ति सम्झौतापछि स्ट्रेट अफ हर्मुज मार्फत ढुवानी पुन: सुरु गर्न मद्दत गर्न सेना पठनउने विषयमा जापानले अझै निर्णय गरी नसकेको ब...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending