Khabar Dabali १८ असार २०८३ बिहीबार | 2nd July, 2026 Thu
Investment bank

देशमा तोकिएकै मितिमा निर्वाचन सम्पन्न गर्नुको विकल्प छैन : संविधानविद् खिमलाल देवकोटा

खबरडबली संवाददाता

काठमाडौं । संविधानविद् तथा नेपाली कम्युनिष्ट पार्टीका नेता खिमलाल देवकोटाले तोकिएको मितिमै प्रतिनिधि सभाको निर्वाचन सम्पन्न गर्नु अहिलेको मुख्य राष्ट्रिय जिम्मेवारी भएको बताएका छन् । उनले निर्वाचन स्थगित गर्ने वा ढिलाइ गर्ने कुरा कुनै हालतमा सोच्न नहुने भन्दै लोकतान्त्रिक अभ्यासको निरन्तरताका लागि निर्धारित मितिमै निर्वाचन सम्पन्न गर्नुपर्नेमा जोड दिएका छन् ।

नेपाल कानुन समाजद्वारा मंगलबार राजधानीमा आयोजित ‘प्रतिनिधि सभाको निर्वाचन : चुनौती र अवसर’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै देवकोटाले भने, “प्रतिनिधि सभा विघटन भइसकेको हो, त्यसलाई पुनर्स्थापना गर्ने माध्यम भनेकै निर्वाचन हो । अहिलेको सरकारले राष्ट्रपतिबाट तोकिएको मितिमा निर्वाचन सम्पन्न गर्ने जिम्मेवारी पाएको छ, त्यसैले त्यस मितिबाट दायाँबायाँ सोच्ने ठाउँ नै छैन ।”

उनका अनुसार निर्वाचन कुनै दलको मात्रै विषय होइन, देशको राजनीतिक स्थायित्व र संविधानको कार्यान्वयनसँग प्रत्यक्षरूपमा सम्बन्धित प्रक्रिया हो । “फागुन २१ गते हुने निर्वाचन राष्ट्रपतिले तोकिदिनुभएको मितिमा सम्पन्न गर्नु सरकारले पाएको प्रमुख दायित्व हो । सरकारले यही मितिमा चुनाव गर्ने मन्जुरीसहित पद सम्हालेको हो, त्यसैले अब बहाना होइन, परिणाम देखाउने समय आएको छ,” उनले स्पष्ट गरे ।

नेता देवकोटाले थपे, “निर्वाचनबाट नयाँ प्रतिनिधि सभा गठन गरेर राजनीतिक संक्रमण अन्त्य गर्ने अवसर आएको छ । जनताले मतमार्फत आफ्नो भविष्य निर्धारण गर्ने अधिकार पाएका छन्, त्यसलाई सम्मान गर्न सबै पक्षले इमानदारीका साथ अघि बढ्नुपर्छ ।”

कार्यक्रममा उनले मुलुकलाई दीर्घकालीन राजनीतिक स्थायित्व र स्पष्ट उत्तरदायित्वमा अघि बढाउन प्रत्यक्ष कार्यकारी राष्ट्रपति प्रणाली उपयुक्त हुने सुझाव पनि दिए । उनका अनुसार, “अब शासन प्रणाली पनि पुनर्विचार गर्ने बेला आएको छ- शक्ति सन्तुलन र निर्णय क्षमतामा सुधारका लागि प्रत्यक्ष कार्यकारी राष्ट्रपतिय व्यवस्था विकल्प बन्न सक्छ ।”

देवकोटाको भनाइअनुसार, निर्वाचन लोकतान्त्रिक अभ्यासको मेरुदण्ड हो । निर्धारित मितिमै निष्पक्ष र भयरहित निर्वाचन सम्पन्न गर्न सके मात्र देशले राजनीतिक स्थायित्व, सुशासन र विकासको नयाँ यात्रामा प्रवेश गर्नेछ ।

निर्वाचनको तयारी, मतदाताको सहभागिता र विश्वास जगाउने जिम्मेवारी सबै दल र निकायको काँधमा छ । तोकिएकै मितिमा हुने चुनावले देशलाई स्थिरताको दिशामा लैजाने अपेक्षा नागरिकमा बढ्दै गएको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending