Khabar Dabali २३ मंसिर २०८२ सोमबार | 8th December, 2025 Mon
Investment bank

उदयपुरमा विङ्गर दुर्घटनामा चालकसहित १२ जना घाइते

खबरडबली संवाददाता

उदयपुर । गाईघाट कदमाहा सडक खण्डअन्तर्गत उदयपुरको त्रियुगा नगरपालिका–४, बगाहास्थित शान्तिचोकमा यात्रुवाहक विङ्गर दुर्घटना हुदाँ चालकसहित १२ जना यात्रुहरू घाइते भएका छन् । 

गाईघाटबाट लहानतर्फ जाँदै गरेको ना. १ ज. ८३९१ नम्बरको विङ्गर आफै अनियन्त्रित भई सडक छेउमा रहेको सिमेन्टको पर्खालमा ठक्कर खाई दुर्घटना भएको हो । दुर्घटना पश्चात घाइतेहरूलाई उपचारका लागि तत्काल जिल्ला अस्पताल उदयपुरमा ल्याइएको र बिरामीहरूको अवस्थाअनुसार कसैलाई थप उपचारका लागि सुविधा सम्पन्न अस्पतालमा रेफर गरिएको छ । 

कतिपयलाई सामान्य उपचार पश्चात घर पठाइएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायब उपरीक्षक केदारमान दोङले बताए । प्रनाउ दोङका अनुसार चालक जिल्ला सप्तरी हनुमाननगर घर भई हाल त्रियुगा नगरपालिका–३, मोतिगडामा अस्थाई रूपमा बस्दैआएका वर्ष २६ को उपेन्द्र साह समेत घाइते भई जिल्ला अस्पतालमा उपचाररत रहेको र अन्य घाइतेहरूको पनि उपचार भइरहेको छ ।

त्रियुगा नगरपालिका–११, सङ्गमटोल बस्ने वर्ष ६० की रामकुमारी राई, त्रियुगा नपा १२ बस्ने वर्ष ४४ को ज्ञानेन्द्र विक, वडा ७ चुहाडे बस्ने वर्ष २२ को केवल ठकुरी, वडा २ खैजनपुर बस्ने वर्ष ७७ को कमलबहादुर खड्का, वर्ष ५७ को नरबहादुर खत्रीको विराटनगरस्थित विभिन्न अस्पतालमा थप उपचारका लागि पठाइएको छ । 

घाइतेहरूमध्ये त्रियुगा नपा वडा ११ सङ्गमटोल बस्ने वर्ष ७४ को पूर्णबहादुर राई, वडा नं. १२ बस्ने वर्ष १७ का प्रजिता विक, जिल्ला ओखलढुङ्गा खिजिदेम्बा गाउँपालिका वडा २ बस्ने वर्ष ४५ को तीर्थ घिमिरे, जिल्ला सप्तरी सुरुङ्गा नपा वडा–१ बस्ने वर्ष २७ की चन्द्रमाया चौधरी र निजकै छोरी वर्ष ४ की एरिना चौधरी तथा  जिल्ला काठमाडौँ गोकर्णेश्वर नपा –२ बस्ने वर्ष ४४ को शम्भुराज पोखरेल उपचार पश्चात डिस्चार्ज भएका छन् ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

चीनको व्यापार वृद्धिदर स्थिर, आर्थिक सन्तुलन कायम

बेइजिङ । चीनको कुल विदेशी व्यापार पहिलो ११ महिनामा वर्षभरको तुलनामा ३.६ प्रतिशतले बढेको आधिकारिक तथ्याङ्कले सोमबार जनाएको छ ।  चिनियाँ भन्सार प्रशा...

लुम्बिनी प्रदेशमा करिब १२ हजार सात सय छाडा चौपाय : सर्वेक्षण

रुपन्देही । लुम्बिनी प्रदेशमा करिब १२ हजार सात सय ३२ छाडा चौपाया रहेको तथ्याङ्क सार्वजनिक भएको छ । प्रदेश सरकार कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रा...

कैलालीमा घाटगद्दीमै थन्कियो एक लाख क्यूफिट भन्दा बढी काठ

कैलाली । कैलालीमा वन पैदावार बिक्री वितरणमा रोक लगाइएपछि एक लाख क्युफिट भन्दा बढी परिमाणमा काठ घाटगद्दीमै थन्किएका छन् । सुदूरपश्चिम प्रदेश सरकारले...

देशमा चुनावको विकल्प छैन : नेता पोखरेल

म्याग्दी । नेपाली कम्युनिष्ट पार्टीका नेता लीलामणि पोखरेलले राजनीतिक निकासका लागि आगामी फागुन २१ गते घोषणा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको विकल्प न...

नेकपाले पुस ५ गतेसम्म प्रदेश र जिल्लाकाे एकता प्रक्रिया टुङ्ग्याउने

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले पुस ५ गतेसम्म केन्द्रदेखि प्रदेश र जिल्लासम्म सबै तहमा पार्टी एकता प्रक्रिया सम्पन्न गर्ने जनाएको छ ।  ...

ईयूको नयाँ आप्रवासन नीति : ‘फिर्ता केन्द्र’ र सुरक्षा सुनिश्चित गर्ने उपाय

बेल्जियम । युरोपेली सङ्घ (ईयू) ले सोमबार आप्रवासन नीति कडा पार्ने महत्वपूर्ण कदम अनुमोदन गर्ने तयारी गरेको छ । यसअन्तर्गत ईयू बाहिर ‘फिर्ता केन्द्र’ ख...

भियतनाममा हवाई यात्रु सङ्ख्या ११.४ प्रतिशतले बढ्दै, २०२५ मा नयाँ लक्ष्य

भियतनाम । भियतनामको नागरिक उड्डयन प्राधिकरण अनुसार, सन् २०२५ मा देशभरका विमान सेवाबाट करिब ८४ लाख यात्रु आवागमन हुने अनुमान गरिएको छ । जुन अघिल्लो वर्...

मधेशका कुन जिल्लामा वन अतिक्रमण कति ?

पर्सा । विभिन्न कालखण्डमा मधेस प्रदेशमा अतिक्रमणमा परेको वन क्षेत्र सङ्घीयतापछि पनि फिर्ता ल्याउन सकस भएको छ । विसं २०७२ मा नयाँ संविधानसँगै सङ्घीयता ...

समानुपातिक निर्वाचनका लागि ६७ दलकाे निवेदन

काठमाडौं । आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिक प्रणालीमा भाग लिन सोमबारसम्म ६७ दलले निवेदन दिएका छन् । आयोगकी सहायक प्रव...

मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्छ : संयुक्त राष्ट्र

काठमाडाैँ । संयुक्त राष्ट्र सङ्घले सन् २०२६ का लागि मानवतावादी सहयोग जुटाउन वैश्विक आह्वान गर्दै विश्व समुदाय पीडित मानिसप्रति पर्याप्त संवेदनशील नदेख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending