Khabar Dabali २ फाल्गुन २०८२ शनिबार | 14th February, 2026 Sat
Investment bank

आन्दोलनका मागहरूलाई संस्थागत गर्न जेनजीले बुझाए सरकारलाई सम्झौतापत्रको मस्यौदा

खबरडबली संवाददाता

काठमाडौं । जेनजी आन्दोलनका अगुवाहरूले आन्दोलनका मागहरू व्यवहारमा लागू गर्न सरकारसँग लिखित सम्झौता गर्नुपर्ने भन्दै सम्झौतापत्रको मस्यौदा प्रधानमन्त्री कार्यालयमा बुझाएका छन् ।

जेनजी मुभमेन्ट एलायन्सका अनुसार भदौ २३ र २४ गते भएको आन्दोलनका मागहरूलाई संस्थागत गर्न र राज्यद्वारा भएका दमनका घटनामा न्याय दिलाउन सम्झौता आवश्यक भएको हो ।

मस्यौदामा तत्कालीन सरकारले गरेको ‘क्रूर दमन र प्रहरी बर्बरता’ का कारण ‘जनसंहार’का सिकार बनेका जनआन्दोलनकारी तथा सर्वसाधारणलाई शहीद घोषणा गर्नुपर्ने माग गरिएको छ । त्यस्तै, भदौ २३ देखि २५ गतेसम्मका घटनाको निष्पक्ष छानबिनका लागि एक जाँचबुझ आयोग गठन गरी आन्दोलनका क्रममा भएका हत्या र मानवअधिकार उल्लङ्घनमा संलग्न पदाधिकारीहरूलाई शीघ्र र निष्पक्ष रूपमा कारबाहीका लागि सिफारिस गर्नुपर्ने प्रस्ताव गरिएको छ ।

मस्यौदामा सङ्क्रमणकालीन न्यायका सिद्धान्तअनुसार, आपराधिक मनसायले भएका हिंसात्मक कार्यहरूको अभियोजनका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मानवअधिकार विशेषज्ञ र द्वन्द्व व्यवस्थापन विज्ञहरू सम्मिलित स्वतन्त्र न्यायिक आयोग गठन गर्ने व्यवस्था गरिएको छ । आयोगले ९० दिनभित्र प्रतिवेदन बुझाउनुपर्नेछ ।

जघन्य अपराध बाहेकका घटनामा पक्राउ परेका आन्दोलनकारीलाई तत्काल थुनामुक्त गरी अनुसन्धान आयोगमा हस्तान्तरण गर्ने प्रावधान पनि मस्यौदामा समावेश छ ।
त्यस्तै, सबै प्रकारका भ्रष्टाचार र अख्तियार दुरुपयोगको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्ने तथा सार्वजनिक संस्थाको दलीयकरण अन्त्य गर्न जेनजी र युवाहरू सम्मिलित कार्यदलले कानुन संशोधन प्रक्रिया अघि बढाउने प्रस्ताव गरिएको छ ।

राजनीतिक दलहरूले विगतमा सार्वजनिक सम्पत्ति र कोष प्रयोग गरी आफ्ना नेताहरूका नाममा सञ्चालन गरेका प्रतिष्ठान, कोष र केन्द्रहरू खारेज गरी सम्पत्ति राष्ट्रियकरण गर्ने व्यवस्था पनि मस्यौदामा छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई जनताको प्रत्यक्ष पहुँचमा ल्याउने, ३० दिनभित्र उजुरीको प्रारम्भिक अनुसन्धान गरी सार्वजनिक गर्ने व्यवस्था मिलाउने प्रस्ताव गरिएको छ ।

आगामी निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित बनाउन व्यापक चुनावी सुधार को खाका मस्यौदामा समावेश गरिएको छ । यसअन्तर्गत मतदाता नामावलीमा नाम दर्ता प्रक्रिया सहजीकरण, विदेशमा रहेका नेपालीलाई मतदान अधिकार सुनिश्चित, राजनीतिक दलहरूको खर्चमा पारदर्शिता कायम र स्रोत नखुलेको सम्पत्ति राष्ट्रियकरण गरी दोषीलाई निर्वाचन प्रतिस्पर्धाबाट रोक लगाउने प्रावधान छन् ।

संविधानमा आवश्यक सामयिक सुधारका लागि जेनजी र युवा प्रतिनिधि सम्मिलित उच्चस्तरीय सुझाव कार्यदल गठन गर्ने प्रस्ताव पनि मस्यौदामा गरिएको छ । सम्झौताको कार्यान्वयनका लागि सरकार, जेनजी प्रतिनिधि र प्रबुद्ध नागरिक सम्मिलित अनुगमन समिति गठन गर्ने व्यवस्था गरिएको छ ।

जेनजी अगुवाहरूले सम्झौता पत्रमा हस्ताक्षर प्रधानमन्त्रीले गर्नुपर्ने र त्यसका लागि राष्ट्रपति साक्षीका रूपमा उपस्थित हुनुपर्ने माग गरेका छन् ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE