Khabar Dabali २२ मंसिर २०८२ आईतवार | 7th December, 2025 Sun
Investment bank

आन्दोलनका मागहरूलाई संस्थागत गर्न जेनजीले बुझाए सरकारलाई सम्झौतापत्रको मस्यौदा

खबरडबली संवाददाता

काठमाडौं । जेनजी आन्दोलनका अगुवाहरूले आन्दोलनका मागहरू व्यवहारमा लागू गर्न सरकारसँग लिखित सम्झौता गर्नुपर्ने भन्दै सम्झौतापत्रको मस्यौदा प्रधानमन्त्री कार्यालयमा बुझाएका छन् ।

जेनजी मुभमेन्ट एलायन्सका अनुसार भदौ २३ र २४ गते भएको आन्दोलनका मागहरूलाई संस्थागत गर्न र राज्यद्वारा भएका दमनका घटनामा न्याय दिलाउन सम्झौता आवश्यक भएको हो ।

मस्यौदामा तत्कालीन सरकारले गरेको ‘क्रूर दमन र प्रहरी बर्बरता’ का कारण ‘जनसंहार’का सिकार बनेका जनआन्दोलनकारी तथा सर्वसाधारणलाई शहीद घोषणा गर्नुपर्ने माग गरिएको छ । त्यस्तै, भदौ २३ देखि २५ गतेसम्मका घटनाको निष्पक्ष छानबिनका लागि एक जाँचबुझ आयोग गठन गरी आन्दोलनका क्रममा भएका हत्या र मानवअधिकार उल्लङ्घनमा संलग्न पदाधिकारीहरूलाई शीघ्र र निष्पक्ष रूपमा कारबाहीका लागि सिफारिस गर्नुपर्ने प्रस्ताव गरिएको छ ।

मस्यौदामा सङ्क्रमणकालीन न्यायका सिद्धान्तअनुसार, आपराधिक मनसायले भएका हिंसात्मक कार्यहरूको अभियोजनका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मानवअधिकार विशेषज्ञ र द्वन्द्व व्यवस्थापन विज्ञहरू सम्मिलित स्वतन्त्र न्यायिक आयोग गठन गर्ने व्यवस्था गरिएको छ । आयोगले ९० दिनभित्र प्रतिवेदन बुझाउनुपर्नेछ ।

जघन्य अपराध बाहेकका घटनामा पक्राउ परेका आन्दोलनकारीलाई तत्काल थुनामुक्त गरी अनुसन्धान आयोगमा हस्तान्तरण गर्ने प्रावधान पनि मस्यौदामा समावेश छ ।
त्यस्तै, सबै प्रकारका भ्रष्टाचार र अख्तियार दुरुपयोगको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्ने तथा सार्वजनिक संस्थाको दलीयकरण अन्त्य गर्न जेनजी र युवाहरू सम्मिलित कार्यदलले कानुन संशोधन प्रक्रिया अघि बढाउने प्रस्ताव गरिएको छ ।

राजनीतिक दलहरूले विगतमा सार्वजनिक सम्पत्ति र कोष प्रयोग गरी आफ्ना नेताहरूका नाममा सञ्चालन गरेका प्रतिष्ठान, कोष र केन्द्रहरू खारेज गरी सम्पत्ति राष्ट्रियकरण गर्ने व्यवस्था पनि मस्यौदामा छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई जनताको प्रत्यक्ष पहुँचमा ल्याउने, ३० दिनभित्र उजुरीको प्रारम्भिक अनुसन्धान गरी सार्वजनिक गर्ने व्यवस्था मिलाउने प्रस्ताव गरिएको छ ।

आगामी निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित बनाउन व्यापक चुनावी सुधार को खाका मस्यौदामा समावेश गरिएको छ । यसअन्तर्गत मतदाता नामावलीमा नाम दर्ता प्रक्रिया सहजीकरण, विदेशमा रहेका नेपालीलाई मतदान अधिकार सुनिश्चित, राजनीतिक दलहरूको खर्चमा पारदर्शिता कायम र स्रोत नखुलेको सम्पत्ति राष्ट्रियकरण गरी दोषीलाई निर्वाचन प्रतिस्पर्धाबाट रोक लगाउने प्रावधान छन् ।

संविधानमा आवश्यक सामयिक सुधारका लागि जेनजी र युवा प्रतिनिधि सम्मिलित उच्चस्तरीय सुझाव कार्यदल गठन गर्ने प्रस्ताव पनि मस्यौदामा गरिएको छ । सम्झौताको कार्यान्वयनका लागि सरकार, जेनजी प्रतिनिधि र प्रबुद्ध नागरिक सम्मिलित अनुगमन समिति गठन गर्ने व्यवस्था गरिएको छ ।

जेनजी अगुवाहरूले सम्झौता पत्रमा हस्ताक्षर प्रधानमन्त्रीले गर्नुपर्ने र त्यसका लागि राष्ट्रपति साक्षीका रूपमा उपस्थित हुनुपर्ने माग गरेका छन् ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

गलत बाटाेमा कांग्रेस: संसद् पुनर्स्थापनाको रिट बोकेर सर्वोच्चमा

काठमाडौँ । प्रतिनिधिसभा विघटनको सवालमा देशभर राजनीतिक बहस चलिरहेकै बेला नेपाली कांग्रेस फेरि पनि विवादास्पद बाटोमा हिँड्न थालेको देखिएको छ ।  पार्ट...

इरानमा आर्थिक अपराधमा मृत्युदण्ड, विश्वभर आलोचना

तेहरान । इरानले आइतबार ठगी मामलामा दोषी ठहरिएका मोहम्मद रेजा गफ्फारीलाई फाँसी दिएको छ । गफ्फारी ‘रेजायात खोद्रो तारावत नोविन’ कम्पनीका मालिक थिए र कार...

स्रोत नखुलेको १२ लाख २९ हजार रुपैयाँसहित एक भारतीय पक्राउ

सर्लाही । सर्लाहीको ब्रह्मपुरी गाउँपालिका–४ त्रिभुवननगरस्थित प्रहरी चौकीको पछाडिबाट स्रोत नखुलेको ठुलो परिमाणको नेपाली रुपैयाँसहित एक भारतीय नागरिकलाई...

१४३ दलमा १०७ दललाई चुनाव चिन्ह

काठमाडौं । आगामी फागुन २१ गते निर्धारित प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारी अन्तिम चरणतिर पुगेसँगै निर्वाचन आयोगले राजनीतिक दलहरूलाई चुनाव चिन्ह वितरण...

काभ्रेपलाञ्चोकमा सुन्तला उत्पादन १० प्रतिशत बढ्ने प्रक्षेपण

काभ्रेपलाञ्चोक ।  यसवर्ष काभ्रेपलाञ्चोकमा सुन्तला उत्पादनमा १० देखि १५ प्रतिशतसम्म बढ्नसक्ने प्रक्षेपण गरिएको छ । गत वर्ष भने बाढीपहिरोका कारण जिल्लाक...

अपर म्याग्दी जलविद्युत् आयोजनाको क्षमता बढ्यो

म्याग्दी । धवलागिरि गाउँपालिकामा निर्माणाधीन अपर म्याग्दी जलविद्युत् आयोजनाको क्षमता बढेको छ । यसअघि ३७ मेगावाट रहेको आयोजनाको क्षमता बढाएर ४६ दशमल...

कालीगण्डकी करिडोरको मालढुङ्गा–बलेवा खण्ड कालोपत्र शुरु

बागलुङ । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको कालीगण्डकी करिडोरको बागलुङ खण्डको मालढुङ्गा–बलेवा खण्डमा कालोपत्र सुरु भएको छ । कालीगण्डकी करिडोरको ...

झापामा तीन लाख ५४ हजार मेट्रिकटन धान उत्पादन

झापा । जिल्लामा यो वर्ष तीन लाख ५० हजार मेट्रिकटनभन्दा बढी बर्खे धान उत्पादन भएको छ । जिल्लामा ७२ हजार ७४२ दशमलव ६५ हेक्टरमा खेती हुँदा तीन लाख ५४ हजा...

बाँकेमा रासायनिक मलको जथाभावी प्रयोगले माटोको उर्वराशक्ति घट्दै

बाँके। रासायनिक मलको असन्तुलित प्रयोगले बाँकेमा माटोको अवस्था बिग्रिँदै गएको छ ।  उत्पादन बढाउने नाममा जथाभावी रासायनिक मल प्रयोग गरिँदा यहाँका माट...

महोत्तरीको बर्दिबास चुरे क्षेत्रमा प्राकृतिक पर्यटनको प्रचुर सम्भावना

महोत्तरी । महोत्तरीको पूर्वपश्चिम लम्बाइमा फैलिएको चुरे क्षेत्र ओगटेको बर्दिबास नगर क्षेत्रको प्राकृतिक पर्यावरण संरक्षण र संवर्द्धनबारे चासो बढेको छ।...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending