उदयपुर । पशुमा लाग्ने संक्रामक रोग ‘खोरेत’ नियन्त्रण गरी दुग्ध व्यवसाय सुरक्षित बनाउने उद्देश्यसहित उदयपुरका आठवटै पालिकामा खोप अभियान सुरु गरिएको छ ।
भेटेरेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र उदयपुरका प्रमुख सुकराज लिम्बूका अनुसार किसानलाई दुध उत्पादनमा आत्मनिर्भर र व्यावसायिक बनाउन अभियान सञ्चालन गरिएको हो ।
उनका अनुसार बेलका, चौदण्डीगढी, त्रियुगा र कटारी नगरपालिका तथा ताप्ली, लिम्चुङबुङ, रौतामाई र उदयपुरगढी गाउँपालिकामा आइतबारदेखि एकसाथ खोरेतविरुद्धको खोप लगाउन थालिएको हो ।
पहिलो चरणमा जिल्लाभर एक लाख दुई हजार डोज खोप लगाइने योजना रहेको छ। जसअनुसार बेलकामा १७ हजार, चौदण्डीगढीमा १५ हजार, त्रियुगामा २१ हजार, कटारीमा १५ हजार, ताप्लीमा १० हजार पाँच सय, लिम्चुङबुङमा आठ हजार, रौतामाईमा १० हजार पाँच सय र उदयपुरगढीमा पाँच हजार डोज खोप लगाइनेछ ।
जिल्लामा जम्मा दुई लाख चार हजार डोज उपलब्ध गराइएकामा बाँकी खोप आगामी वैशाख महिनामा लगाइने लिम्बूले जानकारी दिए । उनका अनुसार जिल्लामा रहेका गाई, गोरु, राँगा र भैँसीमध्ये ८० प्रतिशत पशुलाई खोप लगाउने लक्ष्य राखिएको छ ।
लिम्बूका अनुसार खोरेत रोग फैलिँदा दुग्ध उत्पादनमा ठूलो घाटा हुने भएकाले किसानलाई समयमै खोप लगाउन आग्रह गरिएको छ । खोरेत लागेका पशुमा ज्वरो आउने, र्याल काढ्ने, हिँड्डुल गर्न गाह्रो हुने र दुध उत्पादन घट्ने लक्षण देखिने गर्छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर १९ गते, २०८२ - २०:०१
विराटनगर । पूर्वाञ्चल विश्वविद्यालयको विराटनगर–१ स्थित डिन कार्यालयमा नेपाली काँग्रेस, तरुण दल र नेविसंघका स्थानीय कार्यकर्ताले तालाबन्दी गरेका छन् । ...
मंसिर १९ गते, २०८२ - १९:५७
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल)मा लगातार उत्कृष्ट प्रदर्शन गर्दै सुदूरपश्चिम रोयल्स क्वालिफायरमा प्रवेश गर्ने पहिलो टिम बनेको छ । कीर्तिपुरस्थि...
मंसिर १९ गते, २०८२ - १९:५१
उदयपुर । उदयपुरको चौदण्डीगढी नगरपालिका– ३, पैँतालीस चोकबाट पाँच केजी एक सय ग्राम प्रतिबन्धित लागुऔषध गाँजासहित एकजना पक्राउ परेका छन् । जिल्ला प्र...
मंसिर १९ गते, २०८२ - १९:४९
नवलपुर । नवलपुरमा आगो ताप्ने क्रममा जलेर एकजना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार नवलपुरको कावासोती– ८ निवासी ४१ वर्षीय भीमबहादुर...
मंसिर १९ गते, २०८२ - १९:४७
मकवानपुर । हेटौँडालाई ललितपुर हुँदै काठमाडौंसँग जोड्ने महत्त्वपूर्ण वैकल्पिक मार्ग मानिने कान्तिलोकपथ ६० दिनका लागि बन्द हुने भएको छ । जिल्ला प्रशा...
मंसिर १९ गते, २०८२ - १९:३९
काठमाडाैँ । भारतको सबैभन्दा ठूलो विमानकम्पनी इन्डिगोले केही दिन यता देशभर एक हजार २०० भन्दा बढी उडानहरू रद्द गरेपछि भारतीय विमानस्थलहरू अस्तव्यस्त भएक...
मंसिर १९ गते, २०८२ - १९:०९
विराटनगर । विराटनगरको बरगाछीमा मोटरसाइकल दुर्घटना हुँदा प्रहरी सहायक हवल्दारको मृत्यु भएको छ । गएराति भएको दुर्घटनामा बेलबारी नगरपालिका–८ का ३० वर्षे ...
मंसिर १९ गते, २०८२ - १८:५५
चितवन । भरतपुर महानगरपालिका–१५, श्रीपुरका प्राङ्गारिक किसान चन्द्रप्रसाद अधिकारीले यस वर्ष दुई बिघा १० कठ्ठा क्षेत्रफलमा शतप्रतिशत प्राङ्गारिक तरिकाले...
मंसिर १९ गते, २०८२ - १८:५२
बागलुङ । बागलुङ बजारतर्फ आउदै गरेको पिक अप जीप दुर्घटना हुँदा ८ जना घाइते भएका छन् । बागलुङ नगरपालिका–८ सिगानामा जीप दुर्घटना हुँदा घाइते ८ मध्ये दु...
मंसिर १९ गते, २०८२ - १८:०१
माेरङ । आपसी विवादका क्रममा मोरङमा एक व्यक्तिले छुरा प्रहार गरेर भाइको हत्या गरेका छन् । जहदा गाउँपालिका– ७, तरिगामा बुधबार राति नातामा दाजु पर्ने ...




प्रतिकृया लेख्नुहोस्: