Khabar Dabali १८ असार २०८३ बिहीबार | 2nd July, 2026 Thu
Investment bank

प्रधानमन्त्री कार्कीद्वारा नयाँ पुस्तालाई मतदाता परिचयपत्र बनाउन आह्वान

खबरडबली संवाददाता

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले नयाँ पुस्तालाई सक्रिय नागरिकको रूपमा आफ्नो जिम्मेवारी पूरा गर्दै मतदाता नामावलीमा नाम दर्ता गर्न र आगामी निर्वाचनमा विवेकपूर्ण रूपमा मत प्रयोग गर्न आह्वान गरेकी छन् ।

प्रधानमन्त्री कार्कीले शुक्रबार जनतालाई सम्बोधन गर्दै जारी गरेको भिडियो सन्देशमा देशको भविष्यको दिशा तोक्ने प्रमुख आधार निर्वाचन भएकाले प्रत्येक नागरिकले आफ्नो मताधिकारको प्रयोग गर्न सक्नुपर्ने बताइन् । उनले भनिन्, “हामी नागरिकको विवेक सही रूपमा प्रयोग गर्नका लागि आधिकारिक रूपमा मतदाता परिचयपत्र हुन जरुरी छ । मतदाता परिचयपत्र नै लोकतान्त्रिक अधिकार प्रयोग गर्ने पहिलो ढोका हो ।”

उनका अनुसार निर्वाचनमा भाग लिन चाहने हरेक योग्य नागरिकले समयमै मतदाता नामावलीमा आफ्नो नाम समावेश गर्नुपर्नेछ । आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभाको निर्वाचनलाई दृष्टिगत गर्दै निर्वाचन आयोगले देशभर यही कात्तिक ३० गतेभित्र मतदाता नाम सङ्कलन कार्य सञ्चालन गरिरहेको छ ।

प्रधानमन्त्री कार्कीले विशेष गरी नयाँ पुस्ता र पहिलो पटक मतदान गर्न योग्य भएका युवाहरूप्रति सम्बोधन गर्दै भनिन्, “जेनजी युवा र समस्त नेपालीको सपनाको नेपाललाई यथार्थको नेपाल बनाउन हामी सबैले आफ्नो मताधिकारको सदुपयोग गर्नुपर्छ । सही प्रतिनिधि छान्नका लागि विवेक प्रयोग गर्नुपर्छ ।”

उनले अझै जोड दिँदै भनिन्, “तपाईंहरू आफैं सही प्रतिनिधि बन्न सक्नुहुन्छ । विद्यमान बेथितिसँग लड्न, असमानता र भ्रष्टाचार अन्त्य गर्न, र समृद्ध नेपालको निर्माणमा हातेमालो गर्नका लागि हरेक योग्य नागरिकले आफ्नो मताधिकार प्रयोग गर्नैपर्छ । त्यसका लागि नजिकको जिल्ला वा गाउँपालिका निर्वाचन कार्यालय गएर आजै मतदाता परिचयपत्र बनाऔं ।”

प्रधानमन्त्री कार्कीको सन्देशलाई युवा पुस्ताले सामाजिक सञ्जालमार्फत सकारात्मक रूपमा स्वागत गरेका छन् । धेरै युवाहरूले यसलाई लोकतन्त्रप्रतिको आस्था पुनः सुदृढ गर्ने अवसरका रूपमा व्याख्या गरेका छन् ।

सरकारका अनुसार अहिले देशभर करिब २८ लाख नयाँ मतदाता नामावलीमा समावेश हुने अनुमान गरिएको छ । निर्वाचन आयोगले गाउँदेखि सहरसम्म मतदाता नामावली दर्ता केन्द्र स्थापना गरी आवश्यक सेवा सहज र द्रुतगतिमा उपलब्ध गराउने तयारी गरेको छ ।

प्रधानमन्त्री कार्कीले अन्त्यमा भनिन्, “लोकतन्त्र बलियो बनाउन हरेक नागरिकको सक्रिय सहभागिता अपरिहार्य छ । हाम्रो एक मतले देशको भविष्य बदल्न सक्छ । त्यसैले आउँदो निर्वाचनलाई जिम्मेवार नागरिकको रूपमा सहभागितापूर्ण बनाऔं ।”

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending