काठमाडौं । काठमाडौं उपत्यका प्रहरी कार्यालय अन्तर्गतको अपराध अनुसन्धान महाशाखाबाट खटिएको टोलीले हातहतियार र गोलीसहित एक युवकलाई पक्राउ गरेको छ।
गोप्य सूचनाको आधारमा खटिएको प्रहरी टोलीले मिति २०८२ साल कार्तिक १९ गते साँझ करिब ४:३० बजे तारकेश्वर नगरपालिका–११, मनमैजु लोकतान्त्रिक चोक नजिक लिला देवी श्रेष्ठको घरमा कोठा भाडामा बस्दै आएका कैलाली जिल्ला टिकापुर नगरपालिका–१ का २३ वर्षीय शिवराज धमलालाई नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार, धमलाले Gen-Z आन्दोलन का क्रममा लुटपाटमा परेको हातहतियार र गोली लुकाइराखेको सूचनाका आधारमा उनको कोठामा छापा मारिएको थियो।
प्रहरीले बरामद गरेको हातहतियार र गोलीको विवरण यस प्रकार छः
१. ईन्सास राइफल (नाल नं. A10059) – १ थान
२. सर्टगन (नाल नं. 0114089) – १ थान
३. ठुलो चाइनिज पेस्तोल (Type–54, नाल नं. 55010723) – १ थान
४. SLR राइफलको निलो रङको ब्ल्याङ्क राउण्ड – २० थान
५. ईन्सास राइफलको म्याग्जिन – १ थान
६. ठुलो चाइनिज पेस्तोल (Type–54) को म्याग्जिन – २ थान
अवैध रूपमा हातहतियार राखेको अभियोगमा पक्राउ परेका धमलामाथि अस्त्र–सस्त्र सम्बन्धी ऐन अन्तर्गत थप अनुसन्धान भइरहेको प्रहरी स्रोतले जनाएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र ८ गते, २०८२ - २१:४७
काठमाडौं । परम्परागत ज्ञान र आधुनिक विज्ञानमार्फत मुलुकका उच्च हिमाली क्षेत्रमा रहेका चरनभूमिको संरक्षण गरिने भएको छ। चरनभूमिको संरक्षण गर्न ‘नेपाल...
चैत्र ८ गते, २०८२ - २१:४६
काठमाडौं। राष्ट्रिय किताबखाना (शिक्षक) ले हालसम्म चालीस हजार स्थायी शिक्षकको व्यक्तिगत अभिलेख ‘डिजिटलाइजेशन’ गरेको छ। किताबखानाले गत आर्थिक वर्षमा ...
चैत्र ८ गते, २०८२ - २१:४३
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले प्रधानमन्त्री सुशीला कार्की सरकारले गरेको निर्णयमा आफ्नो र पार्टीको तर्फबाट कुन...
चैत्र ८ गते, २०८२ - २१:४२
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले प्रधानमन्त्री सुशीला कार्कीसँग आज बालुवाटारमा शिष्टाचार भेट गरेका छन्। सभाप...
चैत्र ८ गते, २०८२ - २१:०५
काठमाडौं। प्रतिनिधिसभा निर्वाचनमा एउटै ‘रुख’ चुनाव चिह्न लिएर प्रतिस्पर्धा गरे पनि नेपाली कांग्रेस व्यवहारतः दुई धारमा विभाजित देखिएको छ। नियमित १४औँ ...
चैत्र ८ गते, २०८२ - १९:४२
काठमाडौं। ठमेल पर्यटन विकास परिषदका अध्यक्ष ध्रुव अधिकारीले रास्वपा प्रवेश गर्ने संकेत गरेका छन्। एमालेका नेतासमेत रहेका अधिकारीले आइतबार सामाजिक स...
चैत्र ८ गते, २०८२ - १९:४०
काठमाडौँ । सभापति पदबाट गगन थापाले दिएको राजीनामा अस्वीकृत भएकाे छ । आइतबार बसेको नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले थापाले दिएको राजीनामा अ...
चैत्र ८ गते, २०८२ - १९:३५
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नवनिर्वाचित सांसद विश्वराज पोखरेलले पार्टी फुटाउने तथा पुरानै राजनीतिक कार्यशैलीका साथ अघि बढे रास्...
चैत्र ८ गते, २०८२ - १९:३१
काठमाडौं। फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा पराजयसँगै नेपाली कांग्रेस र नेकपा एमाले भित्र आन्तरिक मतभेद तीव्र बनेको छ। अघिल्लो संसद्का प्रम...
चैत्र ८ गते, २०८२ - १९:१८
काठमाडौं। नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक १० घण्टादेखि जारी रहेको छ। बिहान पौने ९ बजे सुरु भएको बैठकमा राजनीतिक तथा सांगठनिक एजेन्डामाथि...


प्रतिकृया लेख्नुहोस्: