काठमाडौँ । तत्कालीन नेकपा (माओवादी)का पूर्वनेता लोकेन्द्र विष्ट मगरले आफू पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग सम्पर्कमा नरहेको स्पष्ट पारेका छन्।
माओवादी नेता जनार्दन शर्मा पार्टी छाडेपछि कार्यकर्ता तहबाट विष्टलाई एकीकरण प्रक्रियामा समावेश गर्नुपर्ने माग उठिरहेको बेला उनले फेसबुकमार्फत् प्रष्टिकरण दिएका हुन्।
विष्ट सक्रिय राजनीतिबाट केही समय निकृय रहँदा पनि उनका शब्दहरूले राजनीतिक हलचलमा चर्चा बटुलेको छ। फेसबुकमा विष्टले लेखेका छन्, “एकदिन कमरेड प्रचण्डले फोन गरेर भन्नुभयो– बाबुराम निस्कनुभो, अब आउनुहोस् । अनि मैले भनेँ– बाबुराम र मेरा बीचमा कुन वर्गीय दुश्मनी थियो र ? त्यसपछि हाम्रो कुराकानी भेटघाट छैन।”
विष्टको यो स्पष्टिकरणले माओवादी केन्द्रभित्रको भावनात्मक र राजनीतिक जटिलतालाई देखाउँछ । नेता शर्मासँगको तिक्त सम्बन्ध र पार्टी पंक्तिमा उत्पन्न भएको दबाबले उनलाई सक्रिय राजनीतिमा फर्किन प्रेरित गरे पनि भेटघाट नहुँदा हालको दूरी स्पष्ट देखिन्छ।
यो घटनाले पार्टीका कार्यकर्ता र समर्थकहरूका लागि पनि राजनीतिक संदेश दिएको छ । पुराना नेताहरूको व्यक्तिगत दृष्टिकोण र भावनात्मक सम्बन्धले एकता प्रक्रियामा कसरी प्रभाव पार्छ भन्ने कुरा । विष्टको फेसबुक पोस्टले स्पष्ट देखाएको छ कि व्यक्तिगत मतभेद र राजनीतिक निर्णय कहिलेकाहीँ पार्टीको औपचारिक प्रक्रियालाई प्रभावित गर्न सक्छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र ८ गते, २०८२ - २१:४७
काठमाडौं । परम्परागत ज्ञान र आधुनिक विज्ञानमार्फत मुलुकका उच्च हिमाली क्षेत्रमा रहेका चरनभूमिको संरक्षण गरिने भएको छ। चरनभूमिको संरक्षण गर्न ‘नेपाल...
चैत्र ८ गते, २०८२ - २१:४६
काठमाडौं। राष्ट्रिय किताबखाना (शिक्षक) ले हालसम्म चालीस हजार स्थायी शिक्षकको व्यक्तिगत अभिलेख ‘डिजिटलाइजेशन’ गरेको छ। किताबखानाले गत आर्थिक वर्षमा ...
चैत्र ८ गते, २०८२ - २१:४३
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले प्रधानमन्त्री सुशीला कार्की सरकारले गरेको निर्णयमा आफ्नो र पार्टीको तर्फबाट कुन...
चैत्र ८ गते, २०८२ - २१:४२
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले प्रधानमन्त्री सुशीला कार्कीसँग आज बालुवाटारमा शिष्टाचार भेट गरेका छन्। सभाप...
चैत्र ८ गते, २०८२ - २१:०५
काठमाडौं। प्रतिनिधिसभा निर्वाचनमा एउटै ‘रुख’ चुनाव चिह्न लिएर प्रतिस्पर्धा गरे पनि नेपाली कांग्रेस व्यवहारतः दुई धारमा विभाजित देखिएको छ। नियमित १४औँ ...
चैत्र ८ गते, २०८२ - १९:४२
काठमाडौं। ठमेल पर्यटन विकास परिषदका अध्यक्ष ध्रुव अधिकारीले रास्वपा प्रवेश गर्ने संकेत गरेका छन्। एमालेका नेतासमेत रहेका अधिकारीले आइतबार सामाजिक स...
चैत्र ८ गते, २०८२ - १९:४०
काठमाडौँ । सभापति पदबाट गगन थापाले दिएको राजीनामा अस्वीकृत भएकाे छ । आइतबार बसेको नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले थापाले दिएको राजीनामा अ...
चैत्र ८ गते, २०८२ - १९:३५
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नवनिर्वाचित सांसद विश्वराज पोखरेलले पार्टी फुटाउने तथा पुरानै राजनीतिक कार्यशैलीका साथ अघि बढे रास्...
चैत्र ८ गते, २०८२ - १९:३१
काठमाडौं। फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा पराजयसँगै नेपाली कांग्रेस र नेकपा एमाले भित्र आन्तरिक मतभेद तीव्र बनेको छ। अघिल्लो संसद्का प्रम...
चैत्र ८ गते, २०८२ - १९:१८
काठमाडौं। नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक १० घण्टादेखि जारी रहेको छ। बिहान पौने ९ बजे सुरु भएको बैठकमा राजनीतिक तथा सांगठनिक एजेन्डामाथि...


प्रतिकृया लेख्नुहोस्: