Khabar Dabali २ असार २०८३ मंगलवार | 16th June, 2026 Tue
Investment bank

बाजुरामा सुत्केरी महिला र नवजात शिशुको मृत्यु

खबरडबली संवाददाता

बाजुरा। बाजुरामा नवजात शिशु सहित सुत्केरी महिला मृत्यु भएको छ। मृत्यु हुनेमा बडीमालिका नगरपालिका–१ सल्लेनाकीकी २१ वर्षीय सुरता कुमारी रोकाया र उहाँले जन्म दिएको एक नवजात शिशु रहेका छन्।

रोकायाले केही दिनअघि जिल्ला अस्पताल बाजुरामा शिशु जन्माइन्। आमा र शिशुको स्वास्थ्यमा समस्या बढेपछि उनलाई थप उपचारका लागि हेलिकप्टरमार्फत प्रादेशिक अस्पताल सुर्खेत पठाइएको थियो।

जिल्ला अस्पताल बाजुराका सूचना अधिकारी नृपराज गिरीका अनुसार, “उहाँ मुटुको रोगबाट पीडित हुनुहुन्थ्यो। २०७९ सालमा काठमाडौंमा उपचार भएको थियो र डाक्टरले बच्चा जन्माउनु नहुने सुझाव दिएका थिए। तर, उहाँले बच्चा जन्माउनु भयो। आईसियुको राम्रो सुविधा भएको ठाउँमा सुत्केरी गराइएको भए केही सहज हुने थियो, तर यहाँ त्यस्तो सुविधा थिएन।”

जिल्ला प्रशासन कार्यालय बाजुराका सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मण पुडासैनीले जानकारी दिए, “चैत ४ गते उपचारका लागि हेलिकप्टरमार्फत सुर्खेत पठाइएको थियो। उता उपचारकै क्रममा चैत ५ गते नवजात शिशुको र ७ गते बेलुकी आमाको मृत्यु भएको हो।”

बडीमालिका नगरपालिका उपप्रमुख नन्दा थापाले भनिन्, “शव बाजुरामा ल्याउने योजना थियो, तर परिवार र स्थानीय केही सहयोगीको आग्रहमा आमा र छोराको दाहसंस्कार सुर्खेतमै गरिएको हो।”

हाल सुरता रोकाया र नवजात शिशुको शव व्यवस्थापनका लागि नगरपालिकाले पहल गरेको छ। थप जानकारी पर्खिनुपर्ने अवस्था रहेको छ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

प्रधानमन्त्रीले “देश बनाउने” भनेर घोषणा गरेको टिममा अर्थमन्त्री हुनुहुन्न, सरकारलाई आफ्नै बजेटप्रति विश्वास छैन: एमाले

काठमाडौं । नेकपा एमालेका सांसद ऐनबहादुर महरले सरकारले ल्याएको बजेट विभेदकारी रहेको आरोप लगाउँदै कडा आलोचना गरेका छन्। प्रतिनिधिसभाको आजको बैठकमा बो...

रास्वपाको चार प्रदेश र ६४ जिल्लामा अधिवेशन सम्पन्न, केहि प्रदेशमा स्थगित

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले हालसम्म चार प्रदेश र ६४ जिल्लाका अधिवेशन सम्पन्न भएको जनाएको छ । पछिल्लो विवरणअनुसार ६०९ पालिका, ...

सिमाना र द्विपक्षीय सम्बन्धका बारेमा संवेदनशील हुन आग्रह

काठमाडौँ । प्रतिनिधिसभाका सांसदहरुले सिमाना र द्विपक्षीय सम्बन्धका बारेमा संवेदनशील हुन सरकारको ध्यानाकर्षण गराएको छन् । प्रतिनिधिसभाको आजको बैठकको...

इन्डोनेसियामा ६.७ म्याग्निच्युडको भूकम्प

इन्डोनेसिया। मध्य इन्डोनेसियामा मङ्गलबार ६.७ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भूगर्भीय सर्वेक्षणले जनाएको छ भने हाल सम्म कुनै हताहत वा क्षतिको रिपो...

नवीकरण नगरेका ५ हजार ३०२ औषधि पसलको दर्ता प्रमाणपत्र रद्द

काठमाडौँ। औषधि व्यवस्था विभागले देशभरका ५ हजार ३०२ औषधि पसल तथा फार्मेसीहरूको दर्ता प्रमाणपत्र रद्द भएको जनाएको छ। विभागले मङ्गलबार जारी गरेको सूचनामा...

रास्वपा सुदूरपश्चिमको सभापतिमा प्रकाश विष्ट पुन: निर्वाचित

धनगढी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सुदूरपश्चिम प्रदेशको सभापतिमा इन्जिनियर प्रकाश विष्ट पुन: निर्वाचित भएका छन्। निर्वाचनमा विष्टले ३५८ म...

राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल पक्राउ

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याललाई पक्राउ गरेको छ।  अख्तियार निकट स्रोतका अनुसार राहदानी ...

सुनको भाउ बढ्यो, चाँदी घट्यो

काठमाडौँ । स्थानीय बजारमा आज सुनको मूल्य तोलामा रु तीन सयले बढेको छ । यस्तै, चाँदीको मूल्य तोलामा रु २५ ले घटेको छ । सोमबार प्रतितोला रु दुई लाख ९८...

सेफ सन्तोष साह साधारण तारेखमा रिहा

काठमाडौं । बैंकिङ कसुर तथा ठगीको आरोपमा पक्राउ परेका चर्चित सेफ सन्तोष साह साधारण तारेखमा रिहा भएका छन्। जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी ...

बारामा घरको छतबाट खसेर एक जनाको मृत्यु

बारा । बाराको कोल्हवी नगरपालिका–३ जुगुवा टोलमा आज बिहान घरको छतबाट खसेर एक व्यक्तिको मृत्यु भएको छ । मृत्यु हुनेमा ५० वर्षीय सोभालाल चौधरी रहेका छन् ।...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending