Khabar Dabali २० मंसिर २०८२ शुक्रबार | 5th December, 2025 Fri
Investment bank

ब्राउन सुगर र अन्य लागू औषधसहित ७ जना पक्राउ

खबरडबली संवाददाता

काठमाडौं । झापा, मोरङ र सुनसरी लगायतका विभिन्न स्थानबाट प्रहरीले सात जनालाई लागू औषधसहित पक्राउ गरेको छ। पक्राउ परेकामध्ये तीन जना ब्राउन सुगरसहित र चार जना अन्य प्रतिबन्धित औषधसहित पक्राउ परेका हुन्।

कार्तिक १७ गते झापाको मेचीनगर नगरपालिका–६ बाट लागू औषध नियन्त्रण ब्यूरो काँकडभिट्टाले चेकजाँचका क्रममा नुवाकोटका २७ वर्षीय रामबहादुर तामाङलाई १७ ग्राम २०० मिलिग्राम ब्राउन सुगरसहित नियन्त्रणमा लिएको छ।

त्यसैगरी सुनसरीको कोशी गाउँपालिका–१ बाट जिल्ला प्रहरी कार्यालय सुनसरीले धादिङका ३० वर्षीय विष्णु अधिकारीलाई ९ ग्राम ९४० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको छ। लागू औषध नियन्त्रण ब्यूरो विराटनगरले मोरङको केराबारी गाउँपालिका–८ का १९ वर्षीय आशिष श्रेष्ठलाई विराटनगर–१५ बाट ३ ग्राम १८ मिलिग्राम ब्राउन सुगरसहित नियन्त्रणमा लिएको जनाएको छ।

पक्राउ परेकाहरूविरुद्ध थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यसैबीच, मोरङ, सुनसरी र उदयपुर जिल्लाबाट चार जना अन्य व्यक्तिलाई समेत प्रतिबन्धित औषधसहित पक्राउ गरिएको छ।

सुनसरीको इलाका प्रहरी कार्यालय धरानबाट खटिएको टोलीले धरान–१५ बाट ट्रामाडोलका २१० क्याप्सुल र नगद एक लाख ३० हजार रुपैयाँसहित बेचबिखनमा संलग्न सोही स्थानका लक्ष्मण परियार, सन्दिप राई र सन्देश गुरुङलाई नियन्त्रणमा लिएको हो।

यस्तै, मोरङको प्रहरी चौकी बाहुनीले बेलबारी नगरपालिका–७ बाट बेलबारी–६ का जीवन सरदारलाई ट्रामाडोल र डाइक्लोमाइन गरी ५५ ट्याब्लेटसहित पक्राउ गरेको छ।

उदयपुरमा भने जिल्ला प्रहरी कार्यालयले त्रियुगा नगरपालिका–७ स्थित स्थानबाट बेवारिसे अवस्थामा १२२ एम्पुल प्रतिबन्धित लागू औषध बरामद गरेको जनाएको छ।

प्रहरीका अनुसार सबै पक्राउ परेकाहरूविरुद्ध मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको छ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

जेनजी आन्दोलनका सहिदः आमाबुबाको बिलौना–‘मेरो छोरा अब कहिले फर्कन्छ?’

काठमाडौं । आफूलाई बिहान शनिश्चरे अस्पताल पुर्याएसँगै फर्किएर खाना खाएर जागिरमा हिँडेको छोरो साँझ मृत अवस्थामा देख्दा पत्याउनै मुस्किल थियो। जेनजी आन्द...

सार्वजनिक यातायात अपाङ्गमैत्री छैन, सुविधा कागजमै सीमित

काभ्रे । अपाङ्गता भएका व्यक्तिहरूका लागि सार्वजनिक यातायात अझै सहज छैन। बनेपाका दृष्टिविहिन मिलन विश्वकर्मा र धुलिखेलका स्पाइनल इन्जुरी भोगिरहेका कृष्...

समानुपातिक निर्वाचनमा भाग लिन दललाई आयोगको निवेदन आह्वान

काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिन चाहने राजनीतिक दलहरूलाई निवेदन दिन आह्वान गरेको ...

प्रधानमन्त्रीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल सहभागी हुने

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले बोलाएको निर्वाचन आयोग र राजनीतिक दलका प्रतिनिधिहरूको छलफलमा नेपाली कांग्रेसबाट महामन्त्री गगन थापा र केन्द्री...

एमालेको दलित प्रतिनिधि व्यवस्था: समानता कि अलगाव ?

काठमाडाैं । नेकपा एमालेको ११औँ महाधिवेशनका लागि प्रतिनिधि छनोट प्रक्रियामा दलित क्लस्टरलाई अलग्गै राखेर मतदान गराइएको भन्दै दलित नेतासहित केही कार्यकर...

प्रधानमन्त्रीको आह्वानमा सर्वपक्षीय बैठक, निर्वाचन तयारीबारे आयोगले ब्रिफिङ दिने

काठमाडौं। आगामी निर्वाचनको तयारीबारे जानकारी गराउन निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई सर्वपक्षीय बैठकमार्फत ब्रिफिङ दिन लागेको छ। शुक्रबार द...

राजविराजमा एक करोडको पम्प स्टेसन ६ वर्षदेखि अलपत्र, पानी आपूर्ति हुन सकेन

राजविराज । सप्तरीको राजविराज नगरपालिका–९ मलेठमा नेपाल खानेपानी संस्थानले एक करोडभन्दा बढी खर्च गरेर निर्माण गरेको पम्प स्टेसन ६ वर्ष बितिसक्दा पनि सञ्...

हेटौँडामा सडक विस्तारका क्रममा अतिक्रमित ५३१ घरटहरा भत्काइने, २० मंसिरदेखि मैदानमा डिभिजन

 मकवानपुर ।  मकवानपुरकाे हेटौंडा उपमहानगरपालिकाभित्र पर्ने महेन्द्र र त्रिभुवन राजमार्गको सडक सीमा (केन्द्र रेखादेखि २५–२५ गज) भित्र रहेका घर, टहरा र ...

स्थानीय विवादका कारण रु २.३६ करोड खर्च भएका सरकारी भवन प्रयोगविहीन

बाजुरा । बाजुराकाे स्वामीकार्तिक खापर गाउँपालिका–३ जुकोटमा रु दुई करोड ३६ लाख ६० हजार ३२६ खर्चेर बनाइएका भवन चार वर्षदेखि प्रयोगविहीन छन्। पालिकाले ती...

बर्खा लाग्नुअघि बीपी राजमार्ग पुनर्निर्माण सम्पन्न गर्न मन्त्री घिसिङको निर्देशन

काठमाडौं । लगातार दुई वर्षदेखिको भीषण बाढी–पहिरोले क्षतिग्रस्त बनेको बीपी राजमार्गको पुनर्निर्माण तीव्र गतिमा अघि बढेको छ। रोशी नदीमा आएको बाढीले काभ्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending