Khabar Dabali १४ पुष २०८२ सोमबार | 29th December, 2025 Mon
Investment bank

शरद् ऋतुमा हिमाल आरोहणबाट प्राप्त राजस्व तेब्बरभन्दा बढी वृद्धि

खबरडबली संवाददाता

काठमाडौं । यस वर्षको शरद् ऋतुमा हिमाल आरोहणबाट प्राप्त राजस्व तेब्बरभन्दा बढी वृद्धि भएको छ । सरकारले दस वर्षपछि पर्वतारोहण अनुमति शुल्क पुनः निर्धारण गरेपछि गत वर्षको तुलनामा यस वर्ष राजस्व उल्लेखनीय रूपमा बढेको हो ।

पर्यटन विभागका निर्देशक हिमाल गौतमका अनुसार विगतका शरद् याममा साढे सात करोड रुपैयाँ हाराहारीको राजस्व संकलन हुँदै आएकोमा यो वर्ष साढे २५ करोड रुपैयाँभन्दा बढी राजस्व सरकारी कोषमा दाखिला भएको छ ।

उनका अनुसार, जेनजी आन्दोलनका कारण अन्य पर्यटन क्षेत्र प्रभावित भए पनि पर्वतारोहण क्षेत्रमा सुधार देखिएको छ । यस वर्ष अघिल्ला वर्षमा आरोहण हुन नसकेका हिमालहरूमा समेत सफल आरोहण भएको छ ।

सन् २०२३ को शरद् ऋतुमा सात करोड ८१ लाख र सन् २०२४ मा सात करोड ६३ लाख रुपैयाँ राजस्व संकलन भएकोमा यस वर्ष २५ करोड ५१ लाख ६५ हजार ४३६ रुपैयाँ संकलन भएको विभागले जनाएको छ ।

यो याममा १७५ समूहका एक हजार ४५० आरोहीले अनुमति लिएका छन् । तीमध्ये ३४५ जना महिला र एक हजार १०५ जना पुरुष छन् । नेपालसहित ८३ देशका आरोहीहरूले यो याममा भाग लिएका छन् ।

विभागका अनुसार ५४ हिमालका लागि अनुमति जारी गरिएकोमा सबैभन्दा बढी मनासलु हिमाल आरोहणका लागि ३७४ जनाले अनुमति लिएका छन् । मनासलुबाट मात्रै १५ करोड ७६ लाख ४० हजार १९५ रुपैयाँ राजस्व संकलन भएको छ ।

हाल नेपालमा कुल ४६१ हिमाल आरोहणका लागि खुला गरिएका छन् । तीमध्ये १०२ हिमालमा अहिलेसम्म आरोहण हुन सकेको थिएन । तर, यो शरद् याममा सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका–१ मा अवस्थित नुम्बुर हिमाल पहिलो पटक सफलतापूर्वक आरोहण भएको छ ।

पोल्यान्डका आडम, जर्मनीका फोलिक्स र इटालीका हर्भ नामका पर्वतारोहीले १५ घण्टाको कठिन प्रयासपछि ६ हजार ९५८ मिटर उचाइको नुम्बुर हिमालको चुचुरोमा पाइला टेक्न सफल भएका छन् । नुम्बुर आरोहणको यसअघि सन् १९६३ मा जापानी र सन् १९८१ मा फ्रान्सेली दलले प्रयास गरे पनि सफल हुन सकेका थिएनन् ।

यसैबीच, अमेरिकी पर्वतारोही जिम मोरिसनले सगरमाथाको उत्तरी मोहडाबाट स्की गर्दै आरोहण सम्पन्न गरेर नयाँ कीर्तिमान पनि कायम गरेका छन् ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उदयपुरमा चिसो बढेपछि बालबालिका र वृद्धवृद्धा प्रभावित

उदयपुर । शीतलहरसँगै अत्यधिक चिसोबाट जिल्लाको त्रियुगा नगरपालिका सहित आपपासका वृद्धवृद्धा र बालबालिका प्रभावित भएका छन् । त्रियुगाको जोगीदह, मोथ्याई, ब...

राष्ट्रिय सभा निर्वाचनकाे लागि ताेकियाे उम्मेदवारको खर्च हद

काठमाडौं । राष्ट्रिय सभा सदस्य निर्वाचनमा उम्मेदवारले गर्न पाउने निर्वाचन खर्चको हद तीन लाख ५० हजार रुपियाँ तोकिएको छ ।  निर्वाचन आयोगका सहसचिव एवम...

हेटौँडामा १२ औँ सडक खाना महोत्सव सुरु

मकवानपुर । मकवानपुर होटल एसोसियसनको आयोजनामा हेटौँडामा १२ औँ सडक खाना महोत्सव सुरुभएको छ ।  हेटौँडा उपमहानगरपालिका ४ स्थित हुप्र चौरको पूर्वतर्फको ...

दाउरा बेचेर गुजारा गर्दै बाराका विपन्न समुदाय

बारा । जाडो मौसम बढेसँगै बाराको कोल्हवी नगरपालिका र करैयामाइ गाउँपालिकाका ग्रामीण भेगका गरिब तथा विपन्न समुदाय दैनिक जीविकोपार्जनका लागि दाउरा बिक्रीम...

झापामा खाल्डोमा डुबेर बालकको मृत्यु

झापा । आफ्नै घरअगाडिको खाल्डोमा डुबेर झापा गाउँपालिका –२ सडकबारीमा एक बालकको ज्यान गएको छ ।  स्थानीय  दिनेश कँडेलका छोरा ३ वर्षीय दिवांस कँडेलको आइ...

उपसभामुख इन्दिरा रानाद्वारा पदबाट राजीनामा

काठमाडौं । पदावधि बाँकी रहँदै प्रतिनिधिसभाका उपसभामुख इन्दिरा रानाले पदबाट राजीनामा दिएकी छिन् ।  सभामुख र उपभामुखको कार्यावधि आसन्न निर्वाचनमा प्र...

नेपालगञ्ज नाकाबाट जडीबुटी निर्यात बढ्यो

बाँके । चालु आर्थिक वर्षमा नेपालगञ्ज नाकाबाट जडीबुटी निर्यात बढेको छ । नेपालगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी पवित्रकुमार खड्काका अनुसार मङ्सिर मसा...

उदयपुरको कुन निर्वाचन क्षेत्रमा कति मतदाता ?

उदयपुर । आगामी फागुन २१ गते हुने भनिएको प्रतिनिधिसभा निर्वाचनका लागि निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम मतदाता नामावलीमा उदयपुरको मतदाताको संख्या ...

समानुपातिककाे लागि नेमकिपाले आयोगमा बुझायो बन्दसूची (नामावलीसहित)

काठमाडाैं । आगामी २१ फागुनमा हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि नेपाल मजदुर किसान पार्टीले समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची निर्वाचन आ...

क्यासिनो वाल्डोका चिनियाँ सञ्चालक पक्राउ

काठमाडाैं । क्यासिनो खेलाउने नाममा ग्राहकलाई नै ठगी गर्ने तथा प्रतिबन्धित आर्थिक कारोबारको आरोपमा क्यासिनो वाल्डोका सञ्चालक पक्राउ परेका छन् । जिल्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending