मनिला । फिलिपिन्सको पूर्वी र मध्य भागमा आएको शक्तिशाली आँधी ‘कलमेगी’ का कारण सोमबारदेखि दशौँ हजार नागरिकलाई सुरक्षित स्थानतर्फ सारिएको छ ।
प्रशान्त महासागरबाट तीव्र गतिमा अघि बढिरहेको यस टाइफुनका कारण तटीय क्षेत्रका माछा मार्ने कार्य रोकिएका छन् भने साथै अधिकारीहरूले भारी वर्षा र तीन मिटर (झन्डै १० फिट) उचाइका घातक ज्वारभाटा आउन सक्ने चेतावनी दिएका छन् ।
फिलिपिन्स मौसम विभागका अनुसार स्थानीय रूपमा ‘टिनो’ भनिने ‘कलमेगी’ सोमबार बिहान पूर्वी समर प्रान्तको गुइआन सहरबाट करिब २३५ किलोमिटर पूर्वमा थियो । यसले १२० किलोमिटर प्रतिघण्टा स्थायी र १५० किलोमिटर प्रतिघण्टासम्मका तीव्र हावा बहाइरहेको बताइएको छ । आँधी सोमबार साँझतिर फिलिपिन्सको तटीय क्षेत्रमा प्रवेश गर्ने र त्यसपछि मङ्गलबार पश्चिमतर्फ सर्दै सेबू लगायतका केन्द्रीय टापु प्रान्तहरूमा असर पु¥याउने अनुमान गरिएको छ ।
यी क्षेत्रमा गत सेप्टेम्बर ३० मा आएको ६.९ म्याग्निच्युडको भूकम्पले ठूला क्षति पु¥याएको थियो । भूकम्पमा परी कम्तीमा ७९ जनाको निधन भएको र हजारौँ नागरिक अझै विस्थापित रहेका छन् ।
पूर्वी समरका गभर्नर आर. भी. एवार्डोनले सेना, प्रहरी, अग्नि नियन्त्रक र विपद् निवारण टोलीहरूको सहकार्यमा अनिवार्य निकासी आदेश जारी गरेका छन् । उनका अनुसार गुयुआन, मर्सिडिज र साल्सेडोका तटीय सहरका ७० हजारभन्दा बढी नागरिकलाई सुरक्षित निकासी केन्द्रहरू, बलियो कन्क्रीट घर वा सामुदायिक भवनहरूमा सारिएको छ । गभर्नर एवार्डोनले तीन मिटर अग्लो ज्वारभाटा आउन सक्ने चेतावनी दिँदै स्थानीय बासिन्दालाई सतर्क रहन अनुरोध गरेका छन् ।
स्मरणीय छ, सन् २०१३ नोभेम्बरमा रेकर्डकै शक्तिशाली टाइफुन ‘हाइयान’ (फिलिपिन्स नाम ‘योलान्डा’) ले यही गुइआन सहरमा पहिलो पटक जमिन छोएको थियो । सो आँधीले मध्य फिलिपिन्समा करिब सात हजार ३०० जनाको मृत्यु वा बेपत्ता गराएको थियो । हजारौँ गाउँ पूर्ण रूपमा ध्वस्त भएका थिए र जहाजहरू समेत भित्री भूभागसम्म बगाइएका थिए । ‘हाइयान’ ले करिब १० लाख घर नष्ट पार्दै ४० लाखभन्दा बढी मानिस विस्थापित पारेको थियो ।
गभर्नर एवार्डोनले भने, “योलान्डाको भयावह अनुभवका कारण यसपटक कसैले पनि निकासीको आदेशको विरोध गरेका छैनन् । नागरिकहरूलाई माफ माग्नुभन्दा सुरक्षित रहनु राम्रो हो भन्ने कुरा राम्ररी थाहा छ । त्यसबेलाको सडकमा शवहरू छरिएको दृश्य अहिले पनि उनीहरूको सम्झनामा ताजा छ ।”
अधिकारीहरूले पूर्वी समर नजिकका अन्य टापु प्रान्तहरूबाट पनि हजारौँ गाउँलेलाई सुरक्षित ठाउँमा सारिएको जनाएका छन् । तटरक्षक, सेना र विपद्–प्रतिक्रिया निकायहरू उच्च सतर्कतामा रहेका छन् । फिलिपिन्स विश्वका सबैभन्दा विपद्–संवेदनशील देशहरूमध्ये एक मानिन्छ । प्रत्येक वर्ष औसतमा २० वटा टाइफुन वा आँधीबेहरी यसको भूमि र जनजीवनमा प्रभाव पार्ने गर्छन् । भूकम्प र सक्रिय ज्वालामुखीहरूको उपस्थितिले यो देशलाई अझ जोखिमयुक्त बनाएको छ ।
यसपटकको टाइफुन ‘कलमेगी’ ले पुनः एकपटक फिलिपिन्सका नागरिकलाई विपद् व्यवस्थापन र तयारीमा सजग रहन बाध्य पारेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...



प्रतिकृया लेख्नुहोस्: