मनिला । फिलिपिन्सको पूर्वी र मध्य भागमा आएको शक्तिशाली आँधी ‘कलमेगी’ का कारण सोमबारदेखि दशौँ हजार नागरिकलाई सुरक्षित स्थानतर्फ सारिएको छ ।
प्रशान्त महासागरबाट तीव्र गतिमा अघि बढिरहेको यस टाइफुनका कारण तटीय क्षेत्रका माछा मार्ने कार्य रोकिएका छन् भने साथै अधिकारीहरूले भारी वर्षा र तीन मिटर (झन्डै १० फिट) उचाइका घातक ज्वारभाटा आउन सक्ने चेतावनी दिएका छन् ।
फिलिपिन्स मौसम विभागका अनुसार स्थानीय रूपमा ‘टिनो’ भनिने ‘कलमेगी’ सोमबार बिहान पूर्वी समर प्रान्तको गुइआन सहरबाट करिब २३५ किलोमिटर पूर्वमा थियो । यसले १२० किलोमिटर प्रतिघण्टा स्थायी र १५० किलोमिटर प्रतिघण्टासम्मका तीव्र हावा बहाइरहेको बताइएको छ । आँधी सोमबार साँझतिर फिलिपिन्सको तटीय क्षेत्रमा प्रवेश गर्ने र त्यसपछि मङ्गलबार पश्चिमतर्फ सर्दै सेबू लगायतका केन्द्रीय टापु प्रान्तहरूमा असर पु¥याउने अनुमान गरिएको छ ।
यी क्षेत्रमा गत सेप्टेम्बर ३० मा आएको ६.९ म्याग्निच्युडको भूकम्पले ठूला क्षति पु¥याएको थियो । भूकम्पमा परी कम्तीमा ७९ जनाको निधन भएको र हजारौँ नागरिक अझै विस्थापित रहेका छन् ।
पूर्वी समरका गभर्नर आर. भी. एवार्डोनले सेना, प्रहरी, अग्नि नियन्त्रक र विपद् निवारण टोलीहरूको सहकार्यमा अनिवार्य निकासी आदेश जारी गरेका छन् । उनका अनुसार गुयुआन, मर्सिडिज र साल्सेडोका तटीय सहरका ७० हजारभन्दा बढी नागरिकलाई सुरक्षित निकासी केन्द्रहरू, बलियो कन्क्रीट घर वा सामुदायिक भवनहरूमा सारिएको छ । गभर्नर एवार्डोनले तीन मिटर अग्लो ज्वारभाटा आउन सक्ने चेतावनी दिँदै स्थानीय बासिन्दालाई सतर्क रहन अनुरोध गरेका छन् ।
स्मरणीय छ, सन् २०१३ नोभेम्बरमा रेकर्डकै शक्तिशाली टाइफुन ‘हाइयान’ (फिलिपिन्स नाम ‘योलान्डा’) ले यही गुइआन सहरमा पहिलो पटक जमिन छोएको थियो । सो आँधीले मध्य फिलिपिन्समा करिब सात हजार ३०० जनाको मृत्यु वा बेपत्ता गराएको थियो । हजारौँ गाउँ पूर्ण रूपमा ध्वस्त भएका थिए र जहाजहरू समेत भित्री भूभागसम्म बगाइएका थिए । ‘हाइयान’ ले करिब १० लाख घर नष्ट पार्दै ४० लाखभन्दा बढी मानिस विस्थापित पारेको थियो ।
गभर्नर एवार्डोनले भने, “योलान्डाको भयावह अनुभवका कारण यसपटक कसैले पनि निकासीको आदेशको विरोध गरेका छैनन् । नागरिकहरूलाई माफ माग्नुभन्दा सुरक्षित रहनु राम्रो हो भन्ने कुरा राम्ररी थाहा छ । त्यसबेलाको सडकमा शवहरू छरिएको दृश्य अहिले पनि उनीहरूको सम्झनामा ताजा छ ।”
अधिकारीहरूले पूर्वी समर नजिकका अन्य टापु प्रान्तहरूबाट पनि हजारौँ गाउँलेलाई सुरक्षित ठाउँमा सारिएको जनाएका छन् । तटरक्षक, सेना र विपद्–प्रतिक्रिया निकायहरू उच्च सतर्कतामा रहेका छन् । फिलिपिन्स विश्वका सबैभन्दा विपद्–संवेदनशील देशहरूमध्ये एक मानिन्छ । प्रत्येक वर्ष औसतमा २० वटा टाइफुन वा आँधीबेहरी यसको भूमि र जनजीवनमा प्रभाव पार्ने गर्छन् । भूकम्प र सक्रिय ज्वालामुखीहरूको उपस्थितिले यो देशलाई अझ जोखिमयुक्त बनाएको छ ।
यसपटकको टाइफुन ‘कलमेगी’ ले पुनः एकपटक फिलिपिन्सका नागरिकलाई विपद् व्यवस्थापन र तयारीमा सजग रहन बाध्य पारेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १३ गते, २०८२ - २०:११
उदयपुर । शीतलहरसँगै अत्यधिक चिसोबाट जिल्लाको त्रियुगा नगरपालिका सहित आपपासका वृद्धवृद्धा र बालबालिका प्रभावित भएका छन् । त्रियुगाको जोगीदह, मोथ्याई, ब...
पौष १३ गते, २०८२ - २०:०७
काठमाडौं । राष्ट्रिय सभा सदस्य निर्वाचनमा उम्मेदवारले गर्न पाउने निर्वाचन खर्चको हद तीन लाख ५० हजार रुपियाँ तोकिएको छ । निर्वाचन आयोगका सहसचिव एवम...
पौष १३ गते, २०८२ - १९:५४
मकवानपुर । मकवानपुर होटल एसोसियसनको आयोजनामा हेटौँडामा १२ औँ सडक खाना महोत्सव सुरुभएको छ । हेटौँडा उपमहानगरपालिका ४ स्थित हुप्र चौरको पूर्वतर्फको ...
पौष १३ गते, २०८२ - १९:५०
बारा । जाडो मौसम बढेसँगै बाराको कोल्हवी नगरपालिका र करैयामाइ गाउँपालिकाका ग्रामीण भेगका गरिब तथा विपन्न समुदाय दैनिक जीविकोपार्जनका लागि दाउरा बिक्रीम...
पौष १३ गते, २०८२ - १९:४३
झापा । आफ्नै घरअगाडिको खाल्डोमा डुबेर झापा गाउँपालिका –२ सडकबारीमा एक बालकको ज्यान गएको छ । स्थानीय दिनेश कँडेलका छोरा ३ वर्षीय दिवांस कँडेलको आइ...
पौष १३ गते, २०८२ - १९:४०
काठमाडौं । पदावधि बाँकी रहँदै प्रतिनिधिसभाका उपसभामुख इन्दिरा रानाले पदबाट राजीनामा दिएकी छिन् । सभामुख र उपभामुखको कार्यावधि आसन्न निर्वाचनमा प्र...
पौष १३ गते, २०८२ - १९:३६
बाँके । चालु आर्थिक वर्षमा नेपालगञ्ज नाकाबाट जडीबुटी निर्यात बढेको छ । नेपालगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी पवित्रकुमार खड्काका अनुसार मङ्सिर मसा...
पौष १३ गते, २०८२ - १९:३४
उदयपुर । आगामी फागुन २१ गते हुने भनिएको प्रतिनिधिसभा निर्वाचनका लागि निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम मतदाता नामावलीमा उदयपुरको मतदाताको संख्या ...
पौष १३ गते, २०८२ - १९:३१
काठमाडाैं । आगामी २१ फागुनमा हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि नेपाल मजदुर किसान पार्टीले समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची निर्वाचन आ...
पौष १३ गते, २०८२ - १९:२२
काठमाडाैं । क्यासिनो खेलाउने नाममा ग्राहकलाई नै ठगी गर्ने तथा प्रतिबन्धित आर्थिक कारोबारको आरोपमा क्यासिनो वाल्डोका सञ्चालक पक्राउ परेका छन् । जिल्...




प्रतिकृया लेख्नुहोस्: