Khabar Dabali २३ माघ २०८२ बिहीबार | 5th February, 2026 Thu
Investment bank

माओवादी केन्द्रकाे नाम र चुनाव चिन्ह फेर्न पहिला प्रभाकरकाे प्रस्ताव, अहिले अवसरवादकाे झल्काे दिने विरोध किन ?

खबरडबली संवाददाता

काठमाडौं । राजनीतिमा निरन्तरता र प्रतिबद्धता दुबै कुरा महत्त्वपूर्ण हुन्छन् । तर नेपाली वाम राजनीतिमा कहिलेकाहीँ विचारभन्दा स्वार्थ र अवसरको खेल बढी हावी हुने गरेको देखिन्छ । अहिले नेकपा (माओवादी केन्द्र)भित्रको विवाद त्यसकै नवीन उदाहरण हो ।

पार्टीले हालै विभिन्न वाम समूहसँग एकता गर्दै नाम र चुनाव चिन्ह परिवर्तन गर्ने निर्णय गरेको छ । यो निर्णयलाई पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले “समयको माग” भन्दै समर्थन गरेका छन् । तर यही प्रस्ताव एक वर्षअघि राख्ने नेता जनार्दन शर्मा ‘प्रभाकर’ नै अहिले त्यसको कट्टर विरोधी बनेका छन् ।

केही समय अघि बसेको माओवादी केन्द्रकाे स्थायी समिति बैठकमा प्रभाकरले “पार्टी निर्माणका समस्या, समाधानका उपाय र आगामी कार्यभार” शीर्षकमा विस्तृत लिखित प्रस्ताव पेस गरेका थिए । सोही प्रस्तावमा उनले स्पष्ट रूपमा भनेका थिए-“वर्तमान परिवेश र काम अनुसार तालमेल हुने गरी पार्टीको नाम परिवर्तन गर्न, साथै आम जनताले सहज रूपमा स्वीकार गर्ने गरी चुनाव चिन्ह फेर्ने ।”

त्यो समय उनले पार्टीलाई नयाँ युगअनुरूप ढाल्न नाम र चिन्ह फेर्नुपर्ने जोड दिएका थिए । तर अहिले, जब त्यही विचारलाई नेतृत्वले संस्थागत रूप दिन लागेको छ, उनी त्यसको विरोधमा उत्रिएका छन् । यसले उनको राजनीतिक स्थिरताभन्दा व्यक्तिगत स्वार्थ र असन्तुष्टिको झल्को दिएको छ ।

सिद्धान्तमा होइन, स्वार्थमा राजनीति

प्रभाकर अहिले भन्छन्-“आदर्शविहीन एकता पार्टीका लागि विनाशकारी हुन सक्छ ।” तर प्रश्न उठ्छऔ-जब उनले स्वयं यही एकताको बाटो अघि सारेका थिए, त्यसबेला यो ‘आदर्शविहीन’ किन लागेन ? पार्टीभित्र सानो अल्पमतमा रहे पनि नेतृत्व र जिम्मेवारी पाउँदा एकता ‘आवश्यक’ देख्ने, तर आफू निर्णय प्रक्रियाबाट टाढा हुँदा त्यसैलाई ‘विनाशकारी’ ठहर्याउने प्रवृत्तिले उनको राजनीतिक सोचमा असंगति देखाउँछ ।

यो विरोध सिद्धान्तगत होइन । यो असन्तुष्टि व्यक्तिगत असहजता र प्रभाव गुमाउने डरमा आधारित देखिन्छ । प्रचण्ड नेतृत्वप्रति असहमति राख्न सकिन्छ, तर विचारको निरन्तरता तोडेर राजनीतिक विरोध गर्नु नै जनतामा भ्रम फैलाउने काम हो ।

दुई दशकभन्दा बढीको संघर्षपछि माओवादी आन्दोलन आज एउटा मोडमा छ । जहाँ विचारको रक्षा र संगठनको पुनर्संरचना दुबै जरुरी छन् । यही सन्दर्भमा प्रचण्डको अहिलेको कदमलाई ‘सामयिक पुनर्गठन’को रूपमा बुझ्नुपर्छ ।

उनले भनेझैं, “विभिन्न वामशक्ति एउटै छातामुनि आउनु नै क्रान्तिकारी पुनर्गठनको सुरुवात हो ।” विगतका विभाजन र आन्तरिक अविश्वासका कारण कमजोर बनेको वाम राजनीति फेरि एउटै धारमा फर्कन सक्ने सम्भावना अहिले देखिएको छ ।

एकता नै व्यवहारिक क्रान्ति

वाम आन्दोलन विचार र सिद्धान्तमा मात्र होइन, व्यवहारमा पनि जनतासँग नजिक हुनुपर्छ । त्यसका लागि संगठनात्मक एकता अनिवार्य छ । नाम र चिन्ह परिवर्तनले त्यसैको प्रतीकात्मक र मनोवैज्ञानिक प्रभाव जनतामाझ ल्याउन सक्छ ।

प्रभाकरको विरोधले त्यो सम्भावनामा अवरोध सिर्जना गर्छ । साँचो क्रान्तिकारीपन विचारको कठोर उच्चारणमा होइन, समयको मागअनुसार दिशानिर्देशन गर्न सक्ने क्षमतामा निहित हुन्छ । अहिले प्रचण्डले त्यही नेतृत्व क्षमता देखाएका छन् ।

माओवादी आन्दोलन अहिले पुनर्जागरणको मोडमा उभिएको छ । यही समयमा प्रभाकरको विरोधले पार्टीभित्रको वैचारिक बहसलाई होइन, व्यक्तिगत असन्तुष्टिलाई मात्रै उजागर गरेको छ । प्रचण्डको एकताको पहलले वाम शक्तिलाई पुनः एउटै दिशामा ल्याउने, जनताको विश्वास पुनर्स्थापित गर्ने र समाजवादी आन्दोलनलाई नयाँ ऊर्जा दिने सम्भावना बोकेको छ । बरु प्रभाकरजस्ता नेताहरूले व्यक्तिगत गुनासोभन्दा माथि उठेर पार्टीको दीर्घकालीन हितमा ध्यान दिनु समयको माग हो ।

समयले फेरि एकपटक पुष्टि गरिदिएको छ । स्थायी राजनीति विचारको कठोरताबाट होइन, व्यवहारिक एकताबाट टिक्छ । प्रचण्ड अहिले त्यसै दिशामा अघि बढिरहेका छन् । प्रभाकरकाे विराेध स्वार्थमा केन्द्रित प्रष्ट रुपमा देखिएकाे छ । माओवादी केन्द्रमा हुँदा पनि प्रचण्डसँग नजिक भएर धेरै लाभ लिने नेतामध्ये पनि प्रभाकर एकमा पर्दछन् । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE