Khabar Dabali ९ चैत्र २०८२ सोमबार | 23rd March, 2026 Mon
Investment bank

४० वर्षपछि गौशाला प्रहरी वृत्तमा राखिएको ब्रह्मा मूर्ति पुनःस्थापना

खबरडबली संवाददाता

काठमाडौं । छैटौँ शताब्दीमा निर्माण भएको ऐतिहासिक ब्रह्मा मूर्तिसहितको मन्दिरमा सोमबार मूर्तिको पुनःस्थापना गरिएको छ।

काठमाडौं महानगरपालिका वडा नम्बर ८ को पहलमा पाशुपत क्षेत्रमा मन्दिर निर्माण गरी मूर्तिलाई पुनःस्थापना गरिएको हो। उक्त ऐतिहासिक मूर्ति ४० वर्षदेखि गौशाला प्रहरी वृत्तमा राखिएको थियो।

पाँचाङ्ग निर्णायक समितिले तोकेको समयअनुसार सोमबार बिहान बाजागाजासहित मूर्तिलाई प्रहरी वृत्तबाट नयाँ मन्दिरमा सारिएको थियो। वडा अध्यक्ष आशामान संगतका अनुसार, मूर्तिको मन्दिरमा पुनःस्थापना गरिएको र औपचारिक उद्घाटन कार्तिक २१ मा काठमाडौं महानगरप्रमुख बालेन्द्र शाहको उपस्थितिमा हुने छ। सर्वसाधारणको लागि मन्दिर उद्घाटनपछि पूजाआजा खुला गरिने जानकारी उनले दिए।

वडा अध्यक्ष संगतले भने, “ब्रह्माको मूर्ति नेपालमा यही एकमात्र रहेको छ। विष्णुको मूर्तिलाई पनि पुनर्निर्माणको तयारी चलिरहेको छ, यद्यपि पुरातत्त्व विभागका कारण केही ढिला भएको छ।”

ऐतिहासिक विवरणअनुसार, छैटौँ शताब्दीमा निर्माण भएको ब्रह्माको चतुरमुख मूर्तिसहितको मन्दिर १९९० सालको भूकम्पअघि नै भत्केको थियो। भत्केपछि मूर्ति हराएको थियो र पछि धोबीखोलामा भेटिएर ४० वर्षसम्म प्रहरी वृत्त गौशालामा राखिएको थियो।

मूर्ति पुनःस्थापना कार्यक्रममा काठमाडौं महानगरपालिकाका उपमेयर सुनिता डङ्गोल, वडा अध्यक्ष संगत, वडा सदस्य, सम्पदाविद्, संस्कृतिविद् लगायत स्थानीयको उपस्थिति रहेको थियो।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

परम्परागत ज्ञान र आधुनिक प्रविधिमार्फत हिमाली चरनभूमि संरक्षण गरिँदै

काठमाडौं । परम्परागत ज्ञान र आधुनिक विज्ञानमार्फत मुलुकका उच्च हिमाली क्षेत्रमा रहेका चरनभूमिको संरक्षण गरिने भएको छ। चरनभूमिको संरक्षण गर्न ‘नेपाल...

चालीस हजार स्थायी शिक्षकको व्यक्तिगत अभिलेख ‘डिजिटलाइजेशन’

काठमाडौं। राष्ट्रिय किताबखाना (शिक्षक) ले हालसम्म चालीस हजार स्थायी शिक्षकको व्यक्तिगत अभिलेख ‘डिजिटलाइजेशन’ गरेको छ। किताबखानाले गत आर्थिक वर्षमा ...

सुशीला सरकारले गरेका निर्णयमा कुनै आपत्ति छैन

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले प्रधानमन्त्री सुशीला कार्की सरकारले गरेको निर्णयमा आफ्नो र पार्टीको तर्फबाट कुन...

रवि लामिछाने र प्रधानमन्त्री कार्कीबीच बालुवाटारमा शिष्टाचार भेट

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले प्रधानमन्त्री सुशीला कार्कीसँग आज बालुवाटारमा शिष्टाचार भेट गरेका छन्। सभाप...

समानान्तर संरचनाले कांग्रेसमा गहिरिँदै विभाजन

काठमाडौं। प्रतिनिधिसभा निर्वाचनमा एउटै ‘रुख’ चुनाव चिह्न लिएर प्रतिस्पर्धा गरे पनि नेपाली कांग्रेस व्यवहारतः दुई धारमा विभाजित देखिएको छ। नियमित १४औँ ...

एमाले नेता अधिकारीकाे रास्वपा प्रवेश गर्ने तयारी

काठमाडौं। ठमेल पर्यटन विकास परिषदका अध्यक्ष ध्रुव अधिकारीले रास्वपा प्रवेश गर्ने संकेत गरेका छन्। एमालेका नेतासमेत रहेका अधिकारीले आइतबार सामाजिक स...

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक निर्णय : गगन थापाको राजीनामा अस्वीकृत

काठमाडौँ ।  सभापति पदबाट गगन थापाले दिएको राजीनामा अस्वीकृत भएकाे छ । आइतबार बसेको नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले थापाले दिएको राजीनामा अ...

‘पुरानै राजनीतिक संस्कार बोकेर हिँड्यौँ भने जनताले ५ वर्ष टिक्न दिँदैनन्ः सांसद विश्वराज पोखरेल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नवनिर्वाचित सांसद विश्वराज पोखरेलले पार्टी फुटाउने तथा पुरानै राजनीतिक कार्यशैलीका साथ अघि बढे रास्...

चुनावी हारपछि कांग्रेस–एमालेमा आन्तरिक तनाव तीव्र

काठमाडौं। फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा पराजयसँगै नेपाली कांग्रेस र नेकपा एमाले  भित्र आन्तरिक मतभेद तीव्र बनेको छ। अघिल्लो संसद्का प्रम...

१० घण्टादेखि कांग्रेस केन्द्रीय समिति बैठक, थापाको राजीनामा प्रस्ताव अस्वीकृत गर्ने मत एकमत

काठमाडौं। नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक १० घण्टादेखि जारी रहेको छ। बिहान पौने ९ बजे सुरु भएको बैठकमा राजनीतिक तथा सांगठनिक एजेन्डामाथि...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: