Khabar Dabali ३० मंसिर २०८२ सोमबार | 15th December, 2025 Mon
Investment bank

तेह्रथुममा अविरल वर्षाले खेतबारी जलमग्न बने: किसानको बाली नष्ट, स्थानीय अर्थतन्त्र सङ्कटमा

खबरडबली संवाददाता

तेह्रथुम। चार दिनदेखि लगातार परिरहेको अविरल वर्षाले तेह्रथुम जिल्लाका किसानहरूलाई ठुलो मार परेको छ । निरन्तरको वर्षातका कारण खेतमा लगाइएका धान, कोदो, मकै, तरकारीदेखि फलफूलसम्मका अधिकांश बालीहरू ढलेर नष्ट भएका छन् । खेतबारी जलमग्न बनेका छन् र केही स्थानमा पहिरो र बाढीले समेत खेतीयोग्य जमिन बगाएको स्थानीयहरूले बताएका छन् ।

तेह्रथुमका किसानहरूले वर्षभरिको परिश्रम र आशामा लगाएको बाली अहिले वर्षाको कारण तहसनहस भएको छ । जिल्लाका अधिकांश गाउँहरू—म्याङलुङ, फेदाप, लालीगुराँस, छथर, मेन्छ्यायेम, आठराईलगायतका क्षेत्रमा निरन्तरको वर्षाका कारण किसानहरूको अनुहारमा निराशा र चिन्ता झल्किएको छ । गत असारमा रोपाइँका बेला खडेरीले धान लगाउन ढिलो भएको र अहिले बाली उठाउने बेला अविरल वर्षाले धान, मकै, कोदो लगायतका अन्नबाली पूर्णरूपमा नोक्सान पुर्‍याएको किसानहरूको भनाइ छ ।

म्याङलुङ नगरपालिका–९ की किसान शर्मिला तामाङले भने, “खडेरीका कारण रोपाइँ ढिलो गर्‍यौँ, अब धान भित्र्याउने बेला आएको थियो, तर तीन दिनको झरीले सबै बाली खेतमै लडायो । बाली उठाउने आशैँ मरेको छ ।” उनले भने, “अब वर्षभरि के खाने भनेर हामी किसानहरू रातभर निदाउन सक्दैनौं ।”

यस्तै, तेह्रथुमकै अर्का कृषक राजकुमार फुदोङले भने, “पहिले पानी नपरेर रोपाइँ गर्न सकिएन, अहिले फेरि बढी पानीले बाली डुबायो । यो प्रकृतिले नै ठगेको जस्तो लाग्छ ।” उहाँले सरकार र स्थानीय तहले तत्काल क्षतिपूर्ति र राहतको व्यवस्था गर्न आग्रह गरे।

वर्षाका कारण किसानहरूको मात्र नभई जिल्लाको समग्र स्थानीय अर्थतन्त्रमा समेत गम्भीर असर पर्ने देखिएको छ । धान र कोदो उत्पादन घटेपछि बजारमा अन्न अभाव र मूल्यवृद्धि हुने चिन्ता व्यापारी र उपभोक्तामाझ देखिएको छ । किसानहरूले उत्पादन गर्न नसकेपछि गाउँका पसलहरूमा दैनिक उपभोगका सामानको कारोबार समेत घट्ने अपेक्षा गरिएको छ । यसले स्थानीय बजार, उपभोग र नगदे प्रवाहमा समेत नकारात्मक असर पार्ने कृषि विज्ञहरूको भनाइ छ ।

कृषि ज्ञान केन्द्र तेह्रथुमका अनुसार, जिल्लामा करिब सात हजार हेक्टर क्षेत्रफलमा धानखेती हुँदै आएको छ । यस वर्षको असामयिक वर्षा र निरन्तरको झरीले म्याङलुङ, लालीगुराँस, छथर, मेन्छ्यायेम, फेदाप र आठराई गाउँपालिकाका सयौं किसान प्रभावित भएका छन् । केही स्थानमा बाली मात्र होइन, गोठ, पशुधन र सडक संरचनासमेत क्षतिग्रस्त भएको प्रारम्भिक विवरणमा उल्लेख गरिएको छ ।

कृषि प्राविधिकहरूका अनुसार जलवायु परिवर्तनका कारण वर्षा र तापक्रमको ढाँचा असामान्य बन्दै गइरहेको छ, जसले कृषि उत्पादनमा ठुलो असर पारिरहेको छ । उनीहरूको भनाइमा, अब परम्परागत खेती प्रणालीले काम नगर्ने हुँदा जलवायु–अनुकूल कृषि प्रणाली अवलम्बन गर्नुपर्ने आवश्यकता बढ्दै गएको छ । बाली बीमा कार्यक्रमलाई प्रभावकारी बनाउने र किसानलाई प्राविधिक सहयोग पुर्‍याउनेतर्फ सरकारले ध्यान दिनुपर्ने उनीहरूको सुझाव छ ।

तेह्रथुमका म्याङलुङ नगरपालिका–९ का वडाध्यक्ष राकेश फुदोङले भने, “कृषकहरूको पीडा गम्भीर छ । हामीले तत्काल राहत, बीउ र मल वितरणका विषयमा कार्यपालिकाको बैठकमा छलफल गरिरहेका छौं । क्षति मूल्याङ्कनपछि राहत र पुन:स्थापना कार्यक्रम ल्याइनेछ ।” उहाँले कृषि क्षेत्रमा दीर्घकालीन सुरक्षा नीति बनाउन पनि प्रदेश र सङ्घीय सरकारलाई आग्रह गरे।

यसरी वर्षेनी दोहोरिने प्राकृतिक विपत्तिले किसानहरू थप असुरक्षित र निराश बन्दै गएका छन् । जलवायु परिवर्तन, अनियमित वर्षा, कीराको प्रकोप र बाली नष्ट हुने समस्या बारम्बार दोहोरिँदा तेह्रथुमका कृषकहरूको जीविकोपार्जन सङ्कटमा परेको छ । कृषकहरूले सरकारले अब राहतभन्दा पनि दीर्घकालीन कृषि सुरक्षा नीति, सिँचाइ सञ्जाल र बजार व्यवस्थापनमा ध्यान दिनुपर्ने माग गरेका छन् ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

चालु खाता र शोधनान्तर बचतमा, मुद्रास्फीति वान्छित सीमाभित्र

काठमाडौँ। केन्द्रीय बैंकले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चौमासिकसम्मको देशको आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन सार्वजनिक गरेको छ । नेपाल राष्...

हामीले दुई सय आठ रोपनी सार्वजनिक जग्गा फिर्ता गर्याै : बालेन शाह

काठमाडौँ। काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले आफू प्रमुखको भूमिकामा आएपछि रु २३ अर्ब मूल्य बराबरको २०८ रोपनी सार्वजनिक जग्गा फिर्ता गरिएको ...

ओली प्यानलमा नपरेपछि रघुजी पन्तले दिए उपाध्यक्षमा उम्मेदवारी

काठमाडौं । नेकपा एमालेका नेता रघुजी पन्तले उपाध्यक्षमा उम्मेदवारी दिएका छन् । पन्त केपी शर्मा ओली समूहमा थिए तर ओली समूहले उनलाई समेटेर प्यानल बनाएन ।...

मनहरीमा शिकारीको बन्दुक पड्कँदा अर्का शिकारीको मृत्यु

मकवानपुर। मकवानपुरको मनहरी गाउँपालिका–६ स्थित सिस्नेरीपखेरा जङ्गलमा सिकार गर्न हिँडेका शिकारीको भरुवा बन्दुक पड्किँदा अर्का शिकारीको मृत्यु भएको छ । ...

भिजिट भिसा प्रकरण: म्याग्दीका सीडीओ बद्रि तिवारी गृह मन्त्रालय तानिए

काठमाडौं । भिजिट भिसा प्रकरणमा नाम जोडिएपछि जिल्ला प्रशासन कार्यालय म्याग्दीका प्रमुख जिल्ला अधिकारी (सीडीओ)बद्रि तिवारीलाई गृह मन्त्रालय तानिएको छ । ...

को को समेटिए ईश्वर पोखरेलको टीममा ?

काठमाडौँ । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि हुन लागेको निर्वाचनमा ईश्वर पोखरेल समूहले आफ्नो उम्मेदवारहरूको सूची सार्वजनिक गरेको छ । यस क्रममा स्व...

एकै वर्षमा २३ अर्ब ४ करोड कर छुटको दाबीः ४ अर्ब ८४ करोड मात्रै कर फिर्ता

काठमाडाैं। सरकारले एकै वर्षमा ४ अर्ब बढी कर फिर्ता गरेको छ । कुटनीतिक नियोग कुटनीतिज्ञ एवं विभिन्न कुटनीतिक एजेन्सीहरुलाईदेखि निकासीको आधारमा सरकारले ...

अध्यक्ष पदमा ओलीले गरे उम्मेदवारी दर्ता

काठमाडौँ । एमालेको अध्यक्ष पदको लागि केपी शर्मा ओलीले उम्मेदवारी दर्ता गराएका छन् । ईश्वर पोखरेलले उम्मेदवारी दर्ता गराएलगत्तै ओलीले पनि महाधिवेशनस्थल...

ईश्वर पोखरेलले दर्ता गराए उम्मेदवारी, ओलीसँग भिड्ने

काठमाडौँ । एमाले अध्यक्षमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आफ्नो उम्मेदवारी दर्ता गराएका छन्। उनी अध्यक्षमा केपी शर्मा ओलीसँग पोखरेल भिड्न लागेका हुन्...

नेपाली शान्ति सैनिकको अदलीबदली

काठमाडौँ। संयुक्त राष्ट्रसङ्घको आह्वानमा शान्ति स्थापना कार्यका लागि सेन्ट्रल अफ्रिकन रिपब्लिकमा तैनाथ युद्धभैरव गण (शान्ति सैनिक) तेस्रो डफ्फालाई बदल...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending