Khabar Dabali ९ चैत्र २०८२ सोमबार | 23rd March, 2026 Mon
Investment bank

कृष्णपुरको दोमिल्ला खोलामा पुल नहुँदा स्थानीय बासिन्दा सास्ती खेप्दै

खबरडबली संवाददाता

कञ्चनपुर ।कृष्णपुर नगरपालिका–१ दोमिल्ला खोलामा पुल नहुँदा स्थानीय बासिन्दा वर्षौंदेखि सास्ती खेप्दै आएका छन्। बर्सातका बेला आउने बाढीले खोला तर्न सकिँदैन भने हिउँदका बेला बाढीको पानीले बनाएका खाल्डाखुल्डीले खोला पार गर्न निकै कठिनाइ हुने गरेको छ। खोलाको खाल्डाखुल्डीमा रहेका चिप्ला ढुङ्गामा चिप्लिएर दुर्घटना हुने गरेको छ।

पुल निर्माणका लागि पटक–पटक माटो परीक्षण र सर्वेक्षण भए पनि हालसम्म कुनै ठोस निर्माण कार्य अघि बढ्न नसकेको स्थानीय बासिन्दा बताउँछन्। ‘हरेक निर्वाचनको अवधिमा राजनीतिक दलका प्रतिनिधिहरू फित्ता बोकेर नदीको दूरी नाप्ने र माटो परीक्षण गर्न प्राविधिक टोली खटाउने कार्य गर्छन्’, स्थानीय ८० वर्षीय नरबहादुर बोहराले भने, ‘चुनाव सकिएपछि कोही पनि फर्केर आउँदैन, खोलाको सास्ती दशकौँदेखि खेप्दै आएका छौँ।’

बोहराका अनुसार पुल नहुँदा विशेषगरी बर्सातका बेला ठूलो समस्या हुने गरेको छ। ‘खोला घटेपछि मात्रै वारपार गर्न सकिन्छ, कहिलेकाहीँ बाटै फर्किनुपर्छ’, उनले भने, ‘यस वर्ष मात्रै खोलामा बगेर दुई जनाको ज्यान जाने अवस्था आएको थियो तर समयमै उद्धार गर्न सफल भएर ज्यान बच्यो।’

स्थानीय गोविन्द मालले विद्यालय जाने बालबालिका खोलामा आउने बाढीका कारण सबैभन्दा बढी प्रभावित हुने बताए। ‘बर्सातका बेला बालबालिकालाई खोला पार गर्न कठिन हुन्छ, कहिलेकाहीँ खोला घट्दासम्म राति अबेर सम्म पर्खनुपर्छ’, उनले भने, ‘बालबालिका विद्यालयबाट छुट्टी भएर आएपछि लिनका लागि खोलाको डिलमै ढुकेर बस्नुपर्ने बाध्यता छ।’

‘चुरे क्षेत्रअन्तर्गत पर्ने उक्त खोलामा बर्सातका बेला बाढी आउँछ र दुवै किनार भरिन्छ’, माधवी नेपालीले भनिन्, ‘हिउँदमा पानी घटे पनि खोलामा बनेका खाल्डाखुल्डी र चिप्ला ढुङ्गाका कारण दुर्घटनाको जोखिम रहन्छ।’

उक्त खोला तरेर शुक्लाफाँटा नगरपालिका–८ बेलडाँडी, पिलरीफाँटा, कृष्णपुर–१ दोमिल्ला, सुन्दरीफाँटा, पहरीया र श्रीपुर गाउँका बासिन्दा ओहरदोहर गर्ने गर्दछन्। यही बाटो भएर नायल पर्यटकीय क्षेत्रसम्म पुग्ने आन्तरिक पर्यटकहरूको आवागमन हुने गर्दछ।

बर्सातका बेला खोला तर्न नसक्दा दोमिल्ला, सुन्दरीफाँटा, पहरीयालगायतका बासिन्दाले नजिकका बजार झलारी र कलुवापुर पुग्नका लागि लामो वैकल्पिक बाटो प्रयोग गर्नुपर्ने बाध्यता रहेको छ। स्थानीय बासिन्दाले लामो समयदेखि पुल निर्माणको माग गर्दै आएका छन्। पुल निर्माण भएमा विद्यालय जाने विद्यार्थी, बिरामी, किसान तथा सर्वसाधारणको आवतजावत सहज हुने र आर्थिक गतिविधिमा वृद्धि हुने उनीहरूको भनाइ छ। 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

परम्परागत ज्ञान र आधुनिक प्रविधिमार्फत हिमाली चरनभूमि संरक्षण गरिँदै

काठमाडौं । परम्परागत ज्ञान र आधुनिक विज्ञानमार्फत मुलुकका उच्च हिमाली क्षेत्रमा रहेका चरनभूमिको संरक्षण गरिने भएको छ। चरनभूमिको संरक्षण गर्न ‘नेपाल...

चालीस हजार स्थायी शिक्षकको व्यक्तिगत अभिलेख ‘डिजिटलाइजेशन’

काठमाडौं। राष्ट्रिय किताबखाना (शिक्षक) ले हालसम्म चालीस हजार स्थायी शिक्षकको व्यक्तिगत अभिलेख ‘डिजिटलाइजेशन’ गरेको छ। किताबखानाले गत आर्थिक वर्षमा ...

सुशीला सरकारले गरेका निर्णयमा कुनै आपत्ति छैन

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले प्रधानमन्त्री सुशीला कार्की सरकारले गरेको निर्णयमा आफ्नो र पार्टीको तर्फबाट कुन...

रवि लामिछाने र प्रधानमन्त्री कार्कीबीच बालुवाटारमा शिष्टाचार भेट

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले प्रधानमन्त्री सुशीला कार्कीसँग आज बालुवाटारमा शिष्टाचार भेट गरेका छन्। सभाप...

समानान्तर संरचनाले कांग्रेसमा गहिरिँदै विभाजन

काठमाडौं। प्रतिनिधिसभा निर्वाचनमा एउटै ‘रुख’ चुनाव चिह्न लिएर प्रतिस्पर्धा गरे पनि नेपाली कांग्रेस व्यवहारतः दुई धारमा विभाजित देखिएको छ। नियमित १४औँ ...

एमाले नेता अधिकारीकाे रास्वपा प्रवेश गर्ने तयारी

काठमाडौं। ठमेल पर्यटन विकास परिषदका अध्यक्ष ध्रुव अधिकारीले रास्वपा प्रवेश गर्ने संकेत गरेका छन्। एमालेका नेतासमेत रहेका अधिकारीले आइतबार सामाजिक स...

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक निर्णय : गगन थापाको राजीनामा अस्वीकृत

काठमाडौँ ।  सभापति पदबाट गगन थापाले दिएको राजीनामा अस्वीकृत भएकाे छ । आइतबार बसेको नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले थापाले दिएको राजीनामा अ...

‘पुरानै राजनीतिक संस्कार बोकेर हिँड्यौँ भने जनताले ५ वर्ष टिक्न दिँदैनन्ः सांसद विश्वराज पोखरेल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नवनिर्वाचित सांसद विश्वराज पोखरेलले पार्टी फुटाउने तथा पुरानै राजनीतिक कार्यशैलीका साथ अघि बढे रास्...

चुनावी हारपछि कांग्रेस–एमालेमा आन्तरिक तनाव तीव्र

काठमाडौं। फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा पराजयसँगै नेपाली कांग्रेस र नेकपा एमाले  भित्र आन्तरिक मतभेद तीव्र बनेको छ। अघिल्लो संसद्का प्रम...

१० घण्टादेखि कांग्रेस केन्द्रीय समिति बैठक, थापाको राजीनामा प्रस्ताव अस्वीकृत गर्ने मत एकमत

काठमाडौं। नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक १० घण्टादेखि जारी रहेको छ। बिहान पौने ९ बजे सुरु भएको बैठकमा राजनीतिक तथा सांगठनिक एजेन्डामाथि...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: