Khabar Dabali ११ चैत्र २०८२ बुधबार | 25th March, 2026 Wed
Investment bank

मौसमविद् पर्दा पछाडि रहेर सरकारलाई सहयोग गर्ने साँचिकै हिरो हुनुहुन्छ: मन्त्री सिन्हा

खबरडबली संवाददाता

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री अनिल कुमार सिन्हा ले मौसमविद्हरूलाई वर्तमान सरकारको सफलतामा महत्वपूर्ण योगदान दिने “पर्दा पछाडिका हिरो” का रूपमा प्रशंसा गरेका छन्।

विश्व मौसम दिवस को अवसरमा जल तथा मौसम विज्ञान विभाग ले आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री सिन्हाले यस्तो बताएका हुन्।

उनका अनुसार फागुन २१ गते सम्पन्न निर्वाचनअघि मौसमले साथ नदिने हो कि भन्ने आशंका थियो। तर मौसमविद्हरूले दिएको विश्वसनीय पूर्वानुमानका आधारमा सरकार देशभर एकै चरणमा निर्वाचन सम्पन्न गर्न सफल भएको उनले बताए।

हिमाली क्षेत्रमा हिउँ पर्ने सम्भावनाका कारण अन्तिम समयसम्म अन्योल रहे पनि मौसमविद्हरूको सही विश्लेषण र जानकारीका कारण निर्वाचन सहज रूपमा सम्पन्न भएको उनले स्मरण गरे। उनले भने, “तपाईंहरू पर्दा पछाडि रहेर सरकारलाई सहयोग गर्ने साँचिकै हिरो हुनुहुन्छ,” भन्दै मौसमविद्हरूप्रति आभार व्यक्त गरे।

मन्त्री सिन्हाले सीमित स्रोतसाधनका बाबजुद पनि मौसमसम्बन्धी अध्ययन, अनुसन्धान र पूर्वानुमान सेवा निरन्तर उपलब्ध गराइरहेको भन्दै मौसमविद्हरूको प्रशंसा गरे। साथै, मौसमसम्बन्धी सेवा अझ प्रभावकारी बनाउन अन्तर्राष्ट्रिय सहकार्य विस्तार गर्ने र सूचना स्थानीय भाषामा समेत प्रवाह गर्नुपर्नेमा जोड दिए।

आफूले ३४ वर्ष कानुनी क्षेत्रमा काम गरेको उल्लेख गर्दै उनले विभागसँग सम्बन्धित कानुनी समस्या समाधानमा सधैं सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।

कार्यक्रममा मन्त्रालयकी सचिव सरिता दवाडी ले जल तथा मौसम विज्ञान विभागमा जनशक्ति अभाव लगायतका समस्या रहेको स्वीकार गर्दै ती समस्या समाधानका लागि सरकार प्रतिबद्ध रहेको बताइन्। उनले जनशक्ति व्यवस्थापनसम्बन्धी सर्वेक्षण सम्पन्न भइसकेको र जलवायु नीति निर्माण भइसकेकाले अब सम्बन्धित ऐन ल्याउने तयारी भइरहेको जानकारी दिइन्।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बागलुङमा एक हजारका नक्कली नोट फेला

बागलुङ।बागलुङमा एक हजार रुपैयाँको नक्कली नोट फेला परेका छन । बैङ्कमा रकम जम्मा गर्न ल्याएको एक हजारका नोटको गड्ढीभित्र नक्कली नोट फेला परेको नेपाल ...

काठमाडौंको ठमेलबाट अनैतिक क्रियाकलाप संलग्नमा २० जना विदेशी महिलाहरू पक्राउ

काठमाडौं। काठमाडौंको ठमेलबाट २० जना विदेशी महिलाहरू पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी पवन भट्टराईका अनुसार ती महिलाहरूले ठमेल ...

ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीद्वारा पदभार ग्रहण

काठमाडौँ । अर्जुननरसिंह केसी ले प्रतिनिधिसभाका ज्येष्ठ सदस्यका रूपमा पदभार ग्रहण गरेका छन्। शपथ ग्रहण लगत्तै संसद् सचिवालय पुगेर उनले औपचारिक रूपमा पद...

मलेसियामा चक्कु प्रहारबाट सल्यानका युवकको निधन

सल्यान। वैदेशिक रोजगारीका लागि मलेसियामा रहेका सल्यानका एक युवकको आफ्नै साथीको चक्कु प्रहारबाट मृत्यु भएको छ। मृत्यु हुनेमा सल्यान कपुरकोट गाउँपालिका–...

अमेरिकाद्वारा इरानलाई १५ बुँदे युद्धविराम प्रस्ताव

दुबई। अमेरिका सरकारले इरानसँग जारी द्वन्द्व अन्त्य गर्ने उद्देश्यले १५ बुँदे युद्धविराम प्रस्ताव अघि सारेको छ । यो प्रस्ताव पाकिस्तानमार्फत इरानसम्म प...

इटहरीको पूर्वाञ्चल बेकरी क्याफेमा लागेको आगो नियन्त्रणमा

विराटनगर । सुनसरीको इटहरीस्थित पूर्वाञ्चल बेकरी क्याफेमा लागेको आगलागी नियन्त्रणमा आएको छ। धरान रोडमा रहेको क्याफेको भान्साबाट आज बिहान करिब १० बजे...

इटहरीको पूर्वाञ्चल क्याफेमा आगलागी, आसपासका घर–पसल जोखिममा

सुनसरी । सुनसरीको इटहरी बजारस्थित पूर्वाञ्चल क्याफेमा आगलागी भएको छ। इटहरी उपमहानगरपालिका–६ मा रहेको क्याफेको आइसक्रिम पार्लरबाट आगलागी सुरु भएको हो। ...

प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीले लिए पद तथा गोपनीयताको शपथ

काठमाडौं । अर्जुननरसिंह केसीले प्रतिनिधि सभाका ज्येष्ठ सदस्यका रूपमा पद तथा गोपनीयताको शपथ लिएका छन्। शीतल निवासमा आयोजित समारोहमा रामचन्द्र पौडेल ले ...

रवि लामिछानेको शपथमा अन्योल: कानुनी व्याख्यामा मतभेद, अब के हुन्छ ?

काठमाडौं । नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूले बिहीबार शपथ लिने तयारी भइरहँदा रवि लामिछाने को शपथ हुने वा नहुने विषयमा व्यापक चासो देखिएको छ। यस वि...

लमजुङमा ‘हेल्लो सरकार’मा ७६ गुनासा, प्रशासनकै बढी

लमजुङ। जनगुनासा सुन्न संघ सरकारले सञ्चालन गरेको ‘हेल्लो सरकार’मा लमजुङबाट ७६ वटा गुनासा दर्ता भएका छन्। जिल्ला भित्रका विभिन्न कार्यालयको सेवाप्रवाहसँ...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: