Khabar Dabali १४ पुष २०८२ सोमबार | 29th December, 2025 Mon
Investment bank

अफगानिस्तान र पाकिस्तान युद्धविराम जारी राख्न सहमत

खबरडबली संवाददाता

टर्की । अफगानिस्तान र पाकिस्तान बिच शान्ति स्थापनाका लागि युद्धविराम कायम राख्न दुवै देशका उच्चस्तरीय प्रतिनिधिमण्डल सहमत भएका छन् । टर्की र कतारको मध्यस्थतामा उनीहरुले अक्टोबर २५ देखि ३० सम्म इस्तानबुलमा श्रृङ्खलाबद्ध बैठक गरेका थिए ।

टर्कीको विदेश मन्त्रालयले शुक्रबार सामाजिक सञ्जाल एक्समा पोस्ट गरेको संयुक्त विज्ञप्ति अनुसार बैठकको उद्देश्य “अक्टोबर १८–१९ मा दोहामा अफगानिस्तान र पाकिस्तानबिचको युद्धविरामलाई सुदृढ पार्नु रहेको जनाइएको छ । परिणाम स्वरुप दवै पक्ष युद्धविराम जारी राख्न सहमत भएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

आमगमी “नोभेम्बर– छ मा इस्तानबुलमा हुने प्रमुख स्तरको बैठकमा युद्धविराम कार्यान्वयनका थप विधिहरूबारे छलफल गरी निर्णय गरिने समेत जनाइएको छ । विज्ञप्तिमा सबै पक्षहरू प्रमाणिकरण संयन्त्र स्थापना गर्न सहमत भएको उल्लेख गर्दै यसले शान्ति कायम राख्ने पक्षलाई सजाय दिने सुनिश्चित गर्ने जनाइएको छ ।

सहमती पछि मध्यस्थकर्ताका रूपमा, टर्की र कतारले दुवै पक्षको सक्रिय योगदानको प्रशंसा गरेका छन् भने स्थायी शान्ति र स्थिरताका लागि दुवै पक्षसँग सहयोग जारी राख्न तयार रहेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

इस्तानबुलमा पछिल्लो चरणको बैठक पाकिस्तान र अफगानिस्तानबिचको बढ्दो तनावको पछि भएको थियो । पाकिस्तानसँग मित्रवत सम्बन्ध राख्ने टर्की र कतारले छलफललाई सहज बनाउन महत्वपूर्ण भूमिका खेलेका छन् ।

कतारले यस अघि अफगान तालिबान र नेटो सेनाबिचको वार्ताका क्रममासमेत मध्यस्थकर्ताको रूपमा काम गरेको डनले जनाएको छ । डनले रिपोर्ट गरेअनुसार, पाकिस्तानले तालिबानलाई “आतङ्कवादी समूहहरूलाई पाकिस्तानविरुद्ध आफ्नो भूमि प्रयोग गर्नबाट रोक्न“ बारम्बार आग्रह गरेको छ, भने तालिबानले आरोपलाई अस्वीकार गरेको छ ।

अक्टोबर– ११ को घटनापछि सीमामा धेरै झडपहरू भएका छन् भने पाकिस्तानी आक्रमणले “अफगानिस्तानका शिविरहरू“ लाई लक्षित गरेको बताइएको छ । रासस

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उदयपुरमा चिसो बढेपछि बालबालिका र वृद्धवृद्धा प्रभावित

उदयपुर । शीतलहरसँगै अत्यधिक चिसोबाट जिल्लाको त्रियुगा नगरपालिका सहित आपपासका वृद्धवृद्धा र बालबालिका प्रभावित भएका छन् । त्रियुगाको जोगीदह, मोथ्याई, ब...

राष्ट्रिय सभा निर्वाचनकाे लागि ताेकियाे उम्मेदवारको खर्च हद

काठमाडौं । राष्ट्रिय सभा सदस्य निर्वाचनमा उम्मेदवारले गर्न पाउने निर्वाचन खर्चको हद तीन लाख ५० हजार रुपियाँ तोकिएको छ ।  निर्वाचन आयोगका सहसचिव एवम...

हेटौँडामा १२ औँ सडक खाना महोत्सव सुरु

मकवानपुर । मकवानपुर होटल एसोसियसनको आयोजनामा हेटौँडामा १२ औँ सडक खाना महोत्सव सुरुभएको छ ।  हेटौँडा उपमहानगरपालिका ४ स्थित हुप्र चौरको पूर्वतर्फको ...

दाउरा बेचेर गुजारा गर्दै बाराका विपन्न समुदाय

बारा । जाडो मौसम बढेसँगै बाराको कोल्हवी नगरपालिका र करैयामाइ गाउँपालिकाका ग्रामीण भेगका गरिब तथा विपन्न समुदाय दैनिक जीविकोपार्जनका लागि दाउरा बिक्रीम...

झापामा खाल्डोमा डुबेर बालकको मृत्यु

झापा । आफ्नै घरअगाडिको खाल्डोमा डुबेर झापा गाउँपालिका –२ सडकबारीमा एक बालकको ज्यान गएको छ ।  स्थानीय  दिनेश कँडेलका छोरा ३ वर्षीय दिवांस कँडेलको आइ...

उपसभामुख इन्दिरा रानाद्वारा पदबाट राजीनामा

काठमाडौं । पदावधि बाँकी रहँदै प्रतिनिधिसभाका उपसभामुख इन्दिरा रानाले पदबाट राजीनामा दिएकी छिन् ।  सभामुख र उपभामुखको कार्यावधि आसन्न निर्वाचनमा प्र...

नेपालगञ्ज नाकाबाट जडीबुटी निर्यात बढ्यो

बाँके । चालु आर्थिक वर्षमा नेपालगञ्ज नाकाबाट जडीबुटी निर्यात बढेको छ । नेपालगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी पवित्रकुमार खड्काका अनुसार मङ्सिर मसा...

उदयपुरको कुन निर्वाचन क्षेत्रमा कति मतदाता ?

उदयपुर । आगामी फागुन २१ गते हुने भनिएको प्रतिनिधिसभा निर्वाचनका लागि निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम मतदाता नामावलीमा उदयपुरको मतदाताको संख्या ...

समानुपातिककाे लागि नेमकिपाले आयोगमा बुझायो बन्दसूची (नामावलीसहित)

काठमाडाैं । आगामी २१ फागुनमा हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि नेपाल मजदुर किसान पार्टीले समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची निर्वाचन आ...

क्यासिनो वाल्डोका चिनियाँ सञ्चालक पक्राउ

काठमाडाैं । क्यासिनो खेलाउने नाममा ग्राहकलाई नै ठगी गर्ने तथा प्रतिबन्धित आर्थिक कारोबारको आरोपमा क्यासिनो वाल्डोका सञ्चालक पक्राउ परेका छन् । जिल्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending