काठमाडौं । सरकारले पूर्वप्रधानमन्त्री माधव कुमार नेपालका सुरक्षाकर्मी फिर्ता गरी पूर्व प्रधानमन्त्रीहरूप्रति समान मापदण्ड लागू गर्ने नीति अघि बढाएको छ ।
गृह मन्त्रालयका अनुसार नेपालले पूर्वप्रधानमन्त्रीको हैसियतमा पाउँदै आएका १६ जना सशस्त्र प्रहरी र २ जना नेपाल प्रहरी गरी १८ जना सुरक्षाकर्मी फिर्ता गरिएका हुन् ।
मन्त्रालय स्रोतका भनाइअनुसार, हाल भ्रष्टाचार अभियोगमा विशेष अदालतमा मुद्दा चलिरहेका कारण नेपाललाई उपलब्ध गराइँदै आएको सरकारी सुविधा र सुरक्षा फिर्ता गर्ने निर्णय गरिएको हो ।
स्रोतले भन्यो, “भ्रष्टाचार अभियुक्त भएकाले सुविधा कटौती गरिएको हो । तर, उहाँ सुरक्षा चुनौतीका कारण निवेदन दिनुभयो भने फेरि आवश्यक निर्णय हुनसक्छ ।”
पतञ्जलि जग्गा हिनामिना प्रकरणमा विशेष अदालतले ३५ लाख रुपैयाँ धरौटी तिरेर नेपाललाई रिहा गरेको थियो । अदालतका सदस्यहरू तेजनारायण सिंह राई, रामबहादुर थापा र विदुर कोइरालाको इजलासले उनलाई धरौटीमा छाड्ने आदेश दिएको थियो ।
यसअघि पनि सरकारले पूर्वप्रधानमन्त्रीहरू केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मापदण्डविपरीत प्रयोग गर्दै आएका सुरक्षाकर्मी फिर्ता गरी समान मापदण्ड कायम गरेको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १४ गते, २०८२ - २०:२५
काठमाडौं । प्रहरीले काठमाडौँको बाफलबाट सिएफ–९८ दुई थान पेस्तोलसहित तीन जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका–१...
पौष १४ गते, २०८२ - २०:२०
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनको प्रत्यक्षतर्फका लागि यही पुस २४ गतेभित्र उम्मेद्वारको न...
पौष १४ गते, २०८२ - २०:१४
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र कुलमान घिसिङबीच घिसिङलाई पार्टीको उपसभापति बनाउने सहमति भएको छ । दुवै पक्षबीच...
पौष १४ गते, २०८२ - १९:५७
काठमाडौं । नेकपा (एमाले) ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची निर्वाचन आयोगमा बुझाएको छ । ...
पौष १४ गते, २०८२ - १९:५१
काठमाडौं । पुष्पकमल दाहाल ‘प्रचण्ड’ संयोजक रहेको नेपाली कम्युनिष्ट पार्टी (नेकपा) र रञ्जिता श्रेष्ठ चौधरी अध्यक्ष रहेको नागरिक उन्मुक्ति पार्टी (नाउपा...
पौष १४ गते, २०८२ - १९:२८
मेड्रिड । सन् २०२५मा स्पेन पुग्ने प्रयास गर्दा तीन हजारभन्दा बढी आप्रवासीको मृत्यु भएको स्पेनी आप्रवासन अधिकार समूहले सोमबार जारी गरेको प्रतिवेदनमा उल...
पौष १४ गते, २०८२ - १९:२१
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनमा समानुपातिकतर्फ सहभागी हुन हालसम्म ५२ वटा राजनीतिक दलले धरौटी रकम बुझाएका छन् । ...
पौष १४ गते, २०८२ - १९:१३
काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादवले सामाजिक सद्भाव र समुन्नत समाज निर्माण सबैको साझा ध्येय हुनुपर्ने बताएका छन् । साेमबार राष्ट्रिय दलित आ...
पौष १४ गते, २०८२ - १९:०८
बाँके । रामपति थारु बिहान ४ बजे उठेर घरको काम सबै सक्काएर बगरमा सखरखण्ड खन्न पुग्छन् । बाँकेको राप्ती सोनारी गाउँपालिका–६ डाँडाटपरीका थारुको हिजोआज दै...
पौष १४ गते, २०८२ - १९:००
धनकुटा । धनकुटाको सहिदभूमि गाउँपालिका –१, स्थित कर्कलेमा एकजना पुरुषको शव फेला परेको छ । सोमबार जंगलभित्र बेबारीसे अवस्थामा सडेको शव फेला परेको हो । ...




प्रतिकृया लेख्नुहोस्: