Khabar Dabali २२ मंसिर २०८२ आईतवार | 7th December, 2025 Sun
Investment bank

सिने उद्योगमा ‘अवार्ड’को प्रभाव

खबरडबली संवाददाता

काठमाडौं । सिने उद्योगमा कार्यरत चलचित्रकर्मीलाई प्रोत्साहन गर्न सम्मान तथा पुरस्कार प्रदान गर्ने प्रचलन विश्वव्यापीरुपमा रहिआएको छ । राज्य तथा चलचित्रसम्बद्ध सङ्घसंस्थाले समेत कलाकर्मीलाई हौसला प्रदान गर्न ‘अवार्ड’को व्यवस्था गरेको पाइन्छ ।

नेपालमा पनि यही उद्देश्यका साथ ‘अवार्ड’को सुरुआत भएको चलचित्रकर्मी एवम् अध्यताको भनाइ छ । वि.सं.२०४३ मा लायन्स क्लब काठमाडौंले आयोजना गरेको समारोह र प्रदान गरेको सम्मानलाई नेपालको पहिलो चलचित्रसम्बन्धी ‘अवार्ड’ मानिन्छ । उक्त समारोहमा चलचित्र ‘कान्छी’, अभिनेता शिव श्रेष्ठ र अभिनेत्री शर्मिला मल्ललाई सर्वोत्कृष्ट घोषित गरिएको थियो ।

त्यसपछिका वर्षमा चलचित्र क्षेत्रमा क्रमशः भएको विकास, विस्तार र आकर्षणसँगै व्यावसायिक रुपमा फस्टाउँदै जाँदा ‘अवार्ड’ दिने क्रम पनि बढ्दै गएको देखिन्छ । पछिल्ला वर्षमा नेपालमा पनि विभिन्न नाम र विधामा ‘अवार्ड’ समारोह भइरहेका छन् । त्यसो त चलचित्रबाहेक अन्य विधामा पनि उत्तिकै सङ्ख्यामा ‘अवार्ड’ आयोजना भइरहेकै छन् ।

तर, यो क्रम बढे पनि प्रतिष्ठा बढाउन नसकेको गुनासो सुनिन्छ । धेरै ‘अवार्ड’ समारोहमा कसले के पाउँदैछ भन्ने अनुमान पहिल्यै लगाउन सकिने अवस्था छ । यो सबैमा लागू नभए पनि अधिकांशमा यस्तो प्रवृत्ति हावी भएको गुनासो सम्बद्ध क्षेत्रबाटै आएको देखिन्छ । चलचित्र निर्देशक पुर्नेन्दु झा ‘अवार्ड’ हुनु सकारात्मक भए पनि सङ्ख्याभन्दा गुणस्तरमा ध्यान दिनुपर्नेमा जोड दिन्छन् ।

उनले भने, “अवार्डले उद्योगलाई चलायमान बनाएको छ, तर व्यावसायिक उपलब्धि हासिल भएकोजस्तो लाग्दैन । प्रतिष्ठित अवार्ड निरन्तर हुनु राम्रो हो, तर विश्वसनीयता भने घट्न दिनु हुँदैन ।” चलचित्र मनोरञ्जनको माध्यम भए पनि यसको सम्बन्ध देश, अर्थ, समाज र कला-संस्कृतिसँग जोडिन्छ ।

त्यसैले यससँग सम्बन्धित गतिविधिको चर्चा हुने गर्छ । नेपालमा आयोजना हुने अवार्डमा नेपाल सरकारद्वारा प्रदान गरिने राष्ट्रिय दीर्घसाधना सम्मान, नेपाल चलचित्र प्राविधिक सङ्घको ‘नेफ्टा अवार्ड’, ‘डिजिटल सिने अवार्ड’, कामना फिल्म अवार्ड, एलजी सिने सर्कल अवार्ड, बक्स अफिस फिल्म अवार्ड लगायत छन् ।

प्रायः अवार्ड नेपालमै आयोजना हुने गरेका छन् भने केही विदेशमा पनि हुन्छन् । नेपाली चलचित्रको बजार विस्तारका लागि केही अवार्ड विदेशमा आयोजना गर्ने गरिन्छ । पछिल्लो वर्षदेखि बेलायतको लन्डन सहरमा नेपाली चलचित्रलाई प्रवद्र्धन गर्ने उदेश्यले ‘इन्टरनेशनल नेपाली फिल्म अवार्ड (इन्फा)’ आयोजना भइरहेको छ । 

यस्ता, अवार्डले नेपाली चलचित्रको गतिविधि देखाउनुका साथै आकर्षण बढाउने इन्फा अवार्डका संयोजक मनिष कार्कीले बताए । “हामीले बेलायतमा नेपाली चलचित्रको बजार बढाउने उद्देश्यले अवार्डको सुरुआत गरेका छौँ । हामीले नेपालबाट कलाकार लगेर त्यहाँ गर्ने अवार्डले थोरै भए पनि बजार बढाउन मदत गरेको, नेपाली चलचित्रलाई प्रवद्र्धन गरेको प्रतिक्रिया हामीले पाएका छौँ । गतिविधि बढेमा त्यसले चलचित्रप्रति पक्कै आकर्षण बढाउँछ”, संयोजक कार्कीले भने ।

उनले इन्फा अवार्डको दोस्रो संस्करण आगामी कात्तिक २९ मा लन्डनमा हुने र नेपालबाट ४० को हाराहारीमा कलाकार सहभागी हुने जानकारी दिए । विदेशमा अवार्ड आयोजना गर्नेक्रम बढेता पनि काठमाडौँबाहेक नेपालकै अन्य सहरमा यस्ता समारोह कम हुन्छन् । कोशी र मधेस प्रदेशका केही स्थानमा नेपाली फिल्म राम्रोसँग प्रदर्शन हुँदैनन् ।

तराईका विराटनगर, जनकपुर, मलङ्गवालगायत सहरमा भोजपुरी चलचित्रको वर्चस्व छ । निर्देशक झाले ती बजारलाई नेपाली चलचित्रमैत्री बनाउन तीनै तहका सरकारको भूमिका महत्वपूर्ण हुने बताए । “निजी क्षेत्रको प्रयास भए पनि सरकारी भूमिका प्रभावकारी हुनुपर्छ । विदेशमा गरिने अवार्डलाई हाम्रै तराई क्षेत्रस्थित सहरमा गरे बजार र निर्माणमा टेवा पुग्छ”, उनले भने ।

वार्डको सङ्ख्या बढ्दै जाँदा गुणस्तर खस्किएको छ । पहिलेका अवार्डले रौनक ल्याउथे र पाउनेको ‘करिअरमा’ प्रभाव पथ्र्यो । तर, अहिले सकारात्मक सन्देश प्रवाह हुन सकेको छैन । सङख्या बढ्नु नराम्रो होइन, तर गुणस्तर र विश्वसनीयता कायम गर्न नसक्दा अवार्डको विश्वसनीयता गुम्दै गएको छ ।

विश्वभर प्रदान गरिने अवार्डमा विवाद हुनु सामान्य भए पनि ‘ओस्कार’ र ‘कान्स’जस्ता अवार्डको पारदर्शी प्रक्रिया र स्पष्ट मापदण्डका कारण विश्वसनीय देखिन्छ । तर, नेपालमा आयोजकको नियतसहित निर्णायकमण्डलको क्षमता र स्पष्ट मापदण्डको अभावमा ‘अवार्ड’ मर्यादित हुन नसकेको आमचलचित्रकर्मीको भनाइ छ ।  

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

‘विभेदको भारी बोकेर क्याविन क्रु मेम्बरहरूले प्रभावकारी काम गर्न सक्दैनन्’

काठमाडौं । कानुनका जानकार तथा विज्ञहरूले कमजोर आत्मबल, विभेदको भारी बोकेर र आत्मसम्मानमा ठेस लाग्ने अवस्थामा रहेका ‘क्याविन क्रु मेम्बर’ले प्रभावकारी ...

रिपुम गुम्बामा आगालागी

काठमाडौं । गोरखाको रिपुम गुम्बामा आगलागी भएको छ । आज दिउँसो आगलागी हुँदा तीनतले आवास भवन जलेर नष्ट भएको भएको स्थानीय छेवाङग्याल्जेन लामाले जानकारी दिए...

नव गठित मधेश प्रदेश सरकारको पाँच निर्णय

जनकपुरधाम । मधेश प्रदेश सरकारको नवगठित मन्त्रिपरिषदको आइतबार बसेको वैठकले नेकपा (एमाले) का सरोजकुमार यादव नेतृत्वका सरकारले गरेका केही निर्णयहरु बदर ग...

एनपिएलकाे दाेस्राे संस्करणमा कर्णाली याक्सको सुखद अन्त्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) मा कर्णाली याक्सले लिग चरणको अन्तिम खेल जितसँगै प्रतियोगितामा सुखद अन्त्य गरेको छ ।  आइतबार कीर्तिपुरस्थित त...

चीनमा सडक दुर्घटनाः ९ जनाको मृत्यु

उरुम्ची । उत्तरपश्चिम चीनको शिन्जियाङ उइगुर स्वायत्त क्षेत्रमा शनिबार राति भएको गम्भीर सडक दुर्घटनामा ९ जनाको मृत्यु र ७ जना घाइते भएको स्थानीय अधिकार...

चीनद्वारा इन्टरनेट उपग्रहहरूको नयाँ समूह प्रक्षेपण

वेनचाङ । चीनले शनिबार हैनान प्रान्तबाट लङ मार्च–८ए रकेट प्रक्षेपण गर्दै १४औँ समूहका इन्टरनेट उपग्रहहरू कक्षमा पठाएको छ । रकेट दिउँसो ३ः५३ बजे उड्यो र ...

अमेरिकी दबाबबीच भेनेजुएलाद्वारा ५,६०० सैनिक थप परिचालन

काराकास । संयुक्त राज्य अमेरिकाले भेनेजुएलामाथि सैन्य दबाब बढाइरहेका बेला राष्ट्रपति निकोलस मदुरोको प्रशासनले शनिबार पाँच हजार ६०० सैनिकलाई औपचारिक रू...

गलत बाटाेमा कांग्रेस: संसद् पुनर्स्थापनाको रिट बोकेर सर्वोच्चमा

काठमाडौँ । प्रतिनिधिसभा विघटनको सवालमा देशभर राजनीतिक बहस चलिरहेकै बेला नेपाली कांग्रेस फेरि पनि विवादास्पद बाटोमा हिँड्न थालेको देखिएको छ ।  पार्ट...

इरानमा आर्थिक अपराधमा मृत्युदण्ड, विश्वभर आलोचना

तेहरान । इरानले आइतबार ठगी मामलामा दोषी ठहरिएका मोहम्मद रेजा गफ्फारीलाई फाँसी दिएको छ । गफ्फारी ‘रेजायात खोद्रो तारावत नोविन’ कम्पनीका मालिक थिए र कार...

स्रोत नखुलेको १२ लाख २९ हजार रुपैयाँसहित एक भारतीय पक्राउ

सर्लाही । सर्लाहीको ब्रह्मपुरी गाउँपालिका–४ त्रिभुवननगरस्थित प्रहरी चौकीको पछाडिबाट स्रोत नखुलेको ठुलो परिमाणको नेपाली रुपैयाँसहित एक भारतीय नागरिकलाई...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending