नेपालगन्ज। पश्चिम नेपालको सबैभन्दा ठुलो नाकाको रुपमा रहेको नेपालगन्ज नाकाबाट चालू आर्थिक वर्ष २०८२/८३ को सुरुको तीन महिनामा चार अर्ब ४७ करोडभन्दा बढि राजस्व सङ्कलन भएको छ ।
गत आर्थिक वर्ष २०८१/८२ को सोही अवधीमा चार अर्ब ४० करोड रुपियाँ राजस्व सङ्कलन भएको जनाउँदै नेपालगन्ज भन्सार कार्यालयका सूचना अधिकारी पवित्र कुमार खड्काले चालु आवमा राजस्व सङ्कलनमा सात करोड रुपियाँभन्दा बढि वृद्धि भएको बताए।
उनले जेनजी ओन्दोलनका कारण केही दिन नाका बन्द र राजस्व सङ्कलन प्रभावित नभएको भए अझै राजस्व सङ्कलन बढि देखिने थियो भने।
सूचना अधिकारी खड्काका अनुसार चालु आवको सुरुका तीन महिनामध्ये साउनमा लक्ष्यको ७५ प्रतिशत, भदौमा ७० प्रतिशत र असोजमा ८८ प्रतिशत राजस्व सङ्कलन भएको छ भने गत आवको सोही अवधीको साउनमा ७३ प्रतिशत, भदौ र असोजमा ६६ प्रतिशत राजस्व सङ्कलन भएको थियो ।
नेपालगन्ज भन्सार कार्यालयका अनुसार यस वर्ष साउनमा एक अर्ब ३८ करोड ३७ लाख ८४ हजार, भदौमा एक अर्ब ३५ करोड १० लाख नौ हजार र असोजमा एक अर्ब ७४ करोड १६ लाख पाँच हजार रुपियाँ राजस्व सङ्कलन भएको छ । राजस्व सङ्कलनमा सबैभन्दा बढि योगदान आयाततर्फ चामल, मकै, चिनी र फलामका विभिन्न बस्तुहरुको रहेको छ । यी वस्तुहरुको आयात चालु आवमा विगतभन्दा बढि र अत्यधिक मात्रामा भएको पाइएको छ । यसैगरी, निर्यातमा जडिबुटी र जडिबुटी जन्य विभिन्न वस्तुहरुको योगदान रहेको भन्सार कार्यालयका सूचना अधिकारी खड्काले बताए।
गत केही वर्षदेखि लक्ष्य अनुसारको राजस्व सङ्कलन हुननसक्नुमा अवैध आयात निर्यात, चोरी, तस्करी मुख्य कारण रहेको स्थानीय उद्योगी व्यवसायीहरुको भनाइ छ ।
नेपालगन्ज नाकाबाट आयात हुने वस्तुहरुमा डिजेल, पेट्रोल, एलपी ग्यास, कोइला, पोलिथिन दाना, तेल, मार्बल, मोटर गाडीका पार्टपूर्जा, कागज, मेसिनरी पाटर्स, चामल र मकै लगायतका खाद्यान्न, माछा, एमएस ब्लेट तथा विद्युतीय सामग्री प्रमुख रहेका छन् ।
सोही प्रकारले खोटो, रोजिन, जडीबुटी, मसला, पिना, अदुवा, सुठो र रद्दी कागज जस्ता सामान भारतलगायत तेस्रो मुलकमा निकासी हुने गरेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २० गते, २०८२ - १७:०४
काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले सामाजिक न्याय र भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागि रहनु पर्ने बताएको छिन्। हाम्रो पार्टी नेपालका...
मंसिर २० गते, २०८२ - १६:४४
काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्रीका लागि नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादवले दाबी पेस गरेका छन्। यादवले प्रदेश प्रमुख डा. सुरेन...
मंसिर २० गते, २०८२ - १६:३३
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न शुक्रबार दिउँसो देउवा निवास महाराजगञ्ज पुगेका छन्। ...
मंसिर २० गते, २०८२ - १६:२६
खोटाङ। सगरमाथा लोकमार्गअन्तर्गत दिक्तेल–गाईघाट सडकखण्डको सुनकोशी नदीस्थित फोक्सिङटारमा अस्थायी बेलिब्रिज जडानको काम सुरु गरिएको छ। खोटाङको खोटेहाङ...
मंसिर २० गते, २०८२ - १६:०४
काठमाडौँ। राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा अहिले लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स भिड्दैछन् । कीर्तिपुरस्थित मैदानमा...
मंसिर २० गते, २०८२ - १५:५२
नयाँदिल्ली। भारतको सबैभन्दा ठूलो एयरलाइन इन्डिगोले दर्जनौँ उडान रद्द तथा स्थगित गरेपछि शुक्रबार देशका प्रमुख विमानस्थलमा गम्भीर अव्यवस्था देखिएको छ । ...
मंसिर २० गते, २०८२ - १५:४७
काठमाडौं । सरकारले फिर्ता बोलाएका ११ मध्ये ६ जना राजदूतले राजीनामा दिएका छन्। उनीहरूले बुझाएको राजीनामा परराष्ट्र मन्त्रालयले स्वीकृत पनि गरिसकेको छ। ...
मंसिर २० गते, २०८२ - १५:३६
काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) ले सन्तोष परियारलाई पार्टीको प्रवक्ताको जिम्मेवारी दिएको छ। शुक्रबार बसेको प्रलोपाको अध्यक्ष परि...
मंसिर २० गते, २०८२ - १५:३१
काठमाडौँ । मधेस प्रदेशमा नेपाली कांग्रेसका नेता कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने विषयमा सात दलबीच सहमति बनेको छ। सात दलको बैठकपछि यादव नेतृत्वमा नयाँ...
मंसिर २० गते, २०८२ - १५:०४
काठमाडौं। नेपालका लागि जापानका राजदूत मायदा तोरुले प्रधानमन्त्री सुशीला कार्कीलाई आज सिहंदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शिष्ट...




प्रतिकृया लेख्नुहोस्: