Khabar Dabali २० मंसिर २०८२ शुक्रबार | 5th December, 2025 Fri
Investment bank

नेपालगन्ज नाकाबाट जडिबुटी निर्यात ११८ प्रतिशत वृद्धि

खबरडबली संवाददाता

नेपालगन्ज। जडिबुटी निर्यातका लागि प्रमुख नाकाको रुपमा परिचित नेपालगन्ज नाकाबाट चालु आर्थिक वर्षको सुरुको तीन महिनामै ११८ प्रतिशतले वृद्धि भएकोे छ ।

आर्थिक वर्ष २०८२/०८३ को साउन, भदौ र असोज महिनामा मात्रै यो नाकाबाट जडिबुटी निर्यात ११८ तिशतले वृद्धि भई यस वर्ष जडिबुटीको निर्यात धेरै राम्रो हुने सङ्केत गरेको नेपालगन्ज भन्सार कार्यालयले जनाएको छ ।

तीन महिनामा मात्रै पाँच लाख किलोभन्दा बढि जडिबुटी निर्यात भएपछि यस क्षेत्रका व्यवसायीहरु उत्साहित भएको नेपालगन्ज भन्सार कार्यालयका प्रमुख जनार्दन पौडेलले बताए।

उनले चालु आर्थिक वर्षको तीन महिनामा १५ करोड २२ लाख ४० हजार रुपियाँको पाँच लाख १२ हजार ९६७ किलो जडिबुटी निर्यात भएको जनाउँदै गत आवको सोही अवधीमा छ करोड ९९ लाख ४४ हजार रुपियाँको तीन लाख ५९ हजार ६६० किलो जडिबुटी निर्यात भएको बताए।

नेपालगन्ज भन्सार कार्यालयका अनुसार चालु आवको शुरुमै जडिबुटीसँगै खयर कत्था, एसेन्सियल आयल, अदुवा सुठो, खयर कच्छ, पिना र टायलको पनि निर्यात उल्लेख्य परिमाणमा वृद्धि भएको छ ।

चालु आर्थिक वर्षको सुरुवातमै जडिबुटी निर्यातमा देखिएको उत्साहजनक वृद्धिले यस क्षेत्रका व्यवसायी, किसान र सङ्कलक सबै उत्साहित बनेको नेपाल जडिबुटी व्यवसायी संघका अध्यक्ष टंकप्रसाद शर्माले बताए।

उनका अनुसार विगत केही वर्षमा विभिन्न कारणले घट्दै गएको जडिबुटीको निर्यात यस वर्षबाट राम्रो तरिकाले वृद्धि हुन थालेपछि यसबाट देशको आर्थिक अवस्थामा समेत सुधार हुने बताए।  

जडिबटी र जडिबुटीसँग सम्बन्धित अन्य वस्तुहरुको निर्यात राम्रो हुन थालेपछि पश्चिम नेपालका जडिबुटी उत्पादन गर्ने किसान र निर्यात गर्ने व्यवसायी दुबैलाई ठुलो राहात महसुस भएको नेपाल जडिबुटी व्यवसायी संघका पूर्व अध्यक्ष तथा व्यवसायी मोहम्मद याकुब अन्सारीले बताए

उनले आर्थिक वर्षको सुरुमै भारत लगायतका देशहरुबाट जडिबुटी लगायतको माग बढ्दै गएको देखिएकाले अझै निर्यात वृद्धि हुँदै जाने अनुमान गरिएको बताए। 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागि रहनु पर्छ: प्रधानमन्त्री कार्की

काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले सामाजिक न्याय र भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागि रहनु पर्ने बताएको छिन्।  हाम्रो पार्टी नेपालका...

मधेशका मुख्यमन्त्रीमा कांग्रेस नेता यादवको दाबी पेस

काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्रीका लागि नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादवले दाबी पेस गरेका छन्। यादवले प्रदेश प्रमुख डा. सुरेन...

देउवालाई भेट्न महाराजगञ्ज पुगे ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न शुक्रबार दिउँसो देउवा निवास महाराजगञ्ज पुगेका छन्। ...

सुनकोशीको फोक्सिङटार अस्थायी बेलिब्रिज जडानको काम सुरु

खोटाङ। सगरमाथा लोकमार्गअन्तर्गत दिक्तेल–गाईघाट सडकखण्डको सुनकोशी नदीस्थित फोक्सिङटारमा अस्थायी बेलिब्रिज जडानको काम सुरु गरिएको छ।  खोटाङको खोटेहाङ...

टस जितेर लुम्बिनीविरुद्ध ब्याटिङ गर्दै जनकपुर

काठमाडौँ। राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा अहिले  लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स भिड्दैछन् । कीर्तिपुरस्थित मैदानमा...

इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था

नयाँदिल्ली। भारतको सबैभन्दा ठूलो एयरलाइन इन्डिगोले दर्जनौँ उडान रद्द तथा स्थगित गरेपछि शुक्रबार देशका प्रमुख विमानस्थलमा गम्भीर अव्यवस्था देखिएको छ । ...

फिर्ता बोलाइएका ११ मध्ये ६ राजदूतको राजीनामा स्वीकृत

काठमाडौं । सरकारले फिर्ता बोलाएका ११ मध्ये ६ जना राजदूतले राजीनामा दिएका छन्। उनीहरूले बुझाएको राजीनामा परराष्ट्र मन्त्रालयले स्वीकृत पनि गरिसकेको छ। ...

प्रगतिशील लोकतान्त्रिक पार्टीको प्रवक्तामा सन्तोष परियार

काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) ले सन्तोष परियारलाई पार्टीको प्रवक्ताको जिम्मेवारी दिएको छ। शुक्रबार बसेको प्रलोपाको अध्यक्ष परि...

मधेसमा कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति

काठमाडौँ । मधेस प्रदेशमा नेपाली कांग्रेसका नेता कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने विषयमा सात दलबीच सहमति बनेको छ। सात दलको बैठकपछि यादव नेतृत्वमा नयाँ...

प्रधानमन्त्री कार्कीसँग जापानी राजदूतको शिष्टाचार भेट

काठमाडौं। नेपालका लागि जापानका राजदूत मायदा तोरुले प्रधानमन्त्री सुशीला कार्कीलाई आज सिहंदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शिष्ट...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending