अमेरिका । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले विश्वभर अहिले पनि ६ करोड ७३ लाख मानिस हरेक रात भोकै सुत्न बाध्य भइरहेको बताएका छन् । त्यस्तै, करोडौँ मानिस भोलिको खाना पाउने नपाउने अन्योलमा रहेका छन् ।
अक्टोबर १६ मा मनाइने विश्व खाद्य दिवसको अवसरमा दिइएको सन्देशमा महासचिव गुटेरेसले भने, “८० वर्षअघि संसारका मुलुक भोकमरी अन्त्य गर्न एकजुट भएका थिए र त्यसयता खाद्य सुरक्षामा ठूलो प्रगति भएको छ । तर पछिल्ला सङ्कटले यदि हामीले सावधानी नअपनाएसम्म यी उपलब्धि टिकाउ हुन नसक्ने देखाएको छ ।”
उनले भने,“हालका दशकहरूमा मोटोपनको समस्या, जलवायु परिवर्तन र द्वन्द्वग्रस्त क्षेत्रमा भोकलाई हतियारको रूपमा प्रयोग गर्ने जस्ता नयाँ चुनौती देखा परेका छन् । यो अत्यन्त लज्जास्पद यथार्थ हो रआज पनि युद्ध र द्वन्द्वको पीडामा परेका मानिसहरूलाई भोकै राखिएको छ, र कतै कतै दुर्भिक्षको स्थितिसमेत देखिएको छ ।”
महासचिवले थपे,“भोकमरी अन्त्य गर्न हामीसँग आवश्यक स्रोत, सीप र प्रविधि छन् । अब हामीलाई चाहिएको कुरा एकता र सहकार्य हो ।” गुटेरेसले विश्व समुदायलाई फेरि एक पटक एकजुट भई यस्तो खाद्य प्रणाली निर्माण गर्न आह्वान गर्नुभयो,जसले मानिसलाई पोषण मात्र प्रदान गरोस्, तर पृथ्वीको रक्षा पनि गरोस् ।
दोस्रो विश्वयुद्धको विनाशपछि, सन् १९४५ को अक्टोबर १६ मा राष्ट्रसङ्घको खाद्य तथा कृषि सङ्गठन (एफएओ) स्थापना गरिएको थियो । त्यसैको सम्झनामा सन् १९७९ देखि हरेक वर्ष अक्टोबर १६ लाई विश्व खाद्य दिवसको रूपमा मनाइँदै आएको हो ।
यस दिवसले सबैका लागि स्वस्थ, विविधतायुक्त, सस्तो र सुरक्षित खाना सुनिश्चित गर्नुपर्ने आवश्यकताबारे चेतना फैलाउने उद्देश्य राख्छ । यता, विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) ले बुधबार सार्वजनिक गरेको प्रतिवेदन अनुसार, खाद्य सहायता बजेटमा भारी कटौतीका कारण एक करोड ३७ लाखभन्दा बढी व्यक्ति गम्भीर भोकमरीको स्थितिमा पुग्न सक्ने चेतावनी दिएको छ ।
सन् २०२५ मा डब्लुएफपीको बजेट ४० प्रतिशतले घट्ने प्रक्षेपण गरिएको छ, जसअनुसार कार्यक्रमको बजेट ६ अर्ब ४० करोड अमेरिकी डलरमा सीमित हुने अनुमान गरिएको छ । रासस/सिन्ह्वा
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १३ गते, २०८२ - २०:११
उदयपुर । शीतलहरसँगै अत्यधिक चिसोबाट जिल्लाको त्रियुगा नगरपालिका सहित आपपासका वृद्धवृद्धा र बालबालिका प्रभावित भएका छन् । त्रियुगाको जोगीदह, मोथ्याई, ब...
पौष १३ गते, २०८२ - २०:०७
काठमाडौं । राष्ट्रिय सभा सदस्य निर्वाचनमा उम्मेदवारले गर्न पाउने निर्वाचन खर्चको हद तीन लाख ५० हजार रुपियाँ तोकिएको छ । निर्वाचन आयोगका सहसचिव एवम...
पौष १३ गते, २०८२ - १९:५४
मकवानपुर । मकवानपुर होटल एसोसियसनको आयोजनामा हेटौँडामा १२ औँ सडक खाना महोत्सव सुरुभएको छ । हेटौँडा उपमहानगरपालिका ४ स्थित हुप्र चौरको पूर्वतर्फको ...
पौष १३ गते, २०८२ - १९:५०
बारा । जाडो मौसम बढेसँगै बाराको कोल्हवी नगरपालिका र करैयामाइ गाउँपालिकाका ग्रामीण भेगका गरिब तथा विपन्न समुदाय दैनिक जीविकोपार्जनका लागि दाउरा बिक्रीम...
पौष १३ गते, २०८२ - १९:४३
झापा । आफ्नै घरअगाडिको खाल्डोमा डुबेर झापा गाउँपालिका –२ सडकबारीमा एक बालकको ज्यान गएको छ । स्थानीय दिनेश कँडेलका छोरा ३ वर्षीय दिवांस कँडेलको आइ...
पौष १३ गते, २०८२ - १९:४०
काठमाडौं । पदावधि बाँकी रहँदै प्रतिनिधिसभाका उपसभामुख इन्दिरा रानाले पदबाट राजीनामा दिएकी छिन् । सभामुख र उपभामुखको कार्यावधि आसन्न निर्वाचनमा प्र...
पौष १३ गते, २०८२ - १९:३६
बाँके । चालु आर्थिक वर्षमा नेपालगञ्ज नाकाबाट जडीबुटी निर्यात बढेको छ । नेपालगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी पवित्रकुमार खड्काका अनुसार मङ्सिर मसा...
पौष १३ गते, २०८२ - १९:३४
उदयपुर । आगामी फागुन २१ गते हुने भनिएको प्रतिनिधिसभा निर्वाचनका लागि निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम मतदाता नामावलीमा उदयपुरको मतदाताको संख्या ...
पौष १३ गते, २०८२ - १९:३१
काठमाडाैं । आगामी २१ फागुनमा हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि नेपाल मजदुर किसान पार्टीले समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची निर्वाचन आ...
पौष १३ गते, २०८२ - १९:२२
काठमाडाैं । क्यासिनो खेलाउने नाममा ग्राहकलाई नै ठगी गर्ने तथा प्रतिबन्धित आर्थिक कारोबारको आरोपमा क्यासिनो वाल्डोका सञ्चालक पक्राउ परेका छन् । जिल्...




प्रतिकृया लेख्नुहोस्: