काठमाडौं । नेकपाका नेता तथा पूर्वअर्थमन्त्री वर्षमान पुनले बजेटसँग सम्बन्धित विधेयक मन्त्रिपरिषद्बाट स्वीकृत भएपछि हेरफेर गरिएको विषय गम्भीर भएको भन्दै अर्थमन्त्रीमाथि संसदीय छानबिन हुनुपर्ने बताएका छन्।
संसद् भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै पुनले अर्थमन्त्रीले स्वयं संसद्मै विधेयकका केही पृष्ठहरू हेरफेर भएको स्वीकार गरिसकेको अवस्थामा यसले विधि, प्रक्रिया र नैतिकतामाथि गम्भीर प्रश्न उठाएको बताए।
उनले मन्त्रिपरिषद्बाट पारित भइसकेको विधेयक जस्ताको तस्तै संसद्मा पेश हुनुपर्ने संवैधानिक र कानुनी व्यवस्था रहेको उल्लेख गर्दै त्यसमा एकल रूपमा परिवर्तन गरिनु स्वीकार्य नहुने धारणा राखे।
पुनले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारका बेला मन्त्रिपरिषद्ले स्वीकृत गरेको विधेयकमा संशोधन गर्न खोज्दा विवाद उत्पन्न भएको र अन्ततः मन्त्रिपरिषद्को निर्णयअनुसार नै विधेयक संसद्मा पेश गरिएको उदाहरण स्मरण गराए।
उनले भने, “यदि अर्थमन्त्रीले मन्त्रिपरिषद्ले स्वीकृत गरेको दस्तावेजमा एकल रूपमा हेरफेर गरेका हुन् भने नैतिक रूपमा पदमा बसिरहन मिल्दैन। प्रधानमन्त्रीले हटाउनुपर्छ वा राजीनामा माग्नुपर्छ।”
पूर्वअर्थमन्त्री पुनले बजेट निर्माण प्रक्रियाको पारदर्शिता र विश्वसनीयता जोगाउन संसदीय छानबिन अपरिहार्य रहेको बताए। उनले दिवंगत पूर्वअर्थमन्त्री भरतमोहन अधिकारीको कार्यकालमा बजेट चुहावटको विषय उठेपछि संसदीय छानबिनमार्फत बजेट निर्माण प्रक्रियालाई थप व्यवस्थित र वैज्ञानिक बनाइएको उदाहरणसमेत दिए।
उनका अनुसार वर्तमान विवादमा पनि निष्पक्ष र तथ्यमा आधारित छानबिन हुनुपर्छ। “गल्ती प्रमाणित भए कारबाही हुनुपर्छ, गल्ती नभए भविष्यमा यस्ता विवाद नदोहोरिने गरी प्रक्रिया सुधार गरिनुपर्छ,” उनले भने।
पुनले अर्थमन्त्रीले विगतका बजेटसमेत छानबिन गर्न चुनौती दिएको उल्लेख गर्दै आफू अर्थमन्त्री हुँदा ल्याइएका बजेटसमेत अनुसन्धान गर्न तयार रहेको बताए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ २९ गते, २०८३ - १३:००
काठमाडौं । नेकपाका नेता तथा पूर्वअर्थमन्त्री वर्षमान पुनले बजेटसँग सम्बन्धित विधेयक मन्त्रिपरिषद्बाट स्वीकृत भएपछि हेरफेर गरिएको विषय गम्भीर भएको भन्द...
जेष्ठ २९ गते, २०८३ - ०९:१०
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले मन्त्रिपरिषद् बैठक आह्वान गरेका छन् । शुक्रबार (जेठ २९) दिउँसो २ बजे मन्त्रिपरिषद् बैठक बस्ने सरकारका...
जेष्ठ २९ गते, २०८३ - ०९:०६
काठमाडौं । फिफा विश्वकप २०२६ को उद्घाटन खेलमै रातो कार्डको वर्षा भएको छ। सहआयोजक मेक्सिकोले दक्षिण अफ्रिकालाई २–० ले पराजित गर्दै विजयी सुरुआत गर्दा ख...
जेष्ठ २९ गते, २०८३ - ०८:५७
म्याग्दी । रघुगङ्गा गाउँपालिका–८ मङ्गलेखानीमा स्थानीय खेलप्रेमीले सहयोग जुटाएर खेलमैदान निर्माण गरेका छन् । मैदान निर्माणका निम्ति रघुगङ्गा गाउँ...
जेष्ठ २९ गते, २०८३ - ०८:५५
काठमाडाैं । बालबालिका कुनै पनि राष्ट्रको भविष्य हुन्। उनीहरूको शिक्षा, स्वास्थ्य, सुरक्षा र समग्र विकास सुनिश्चित गर्नु राज्य तथा समाजको साझा दायित्व ...
जेष्ठ २९ गते, २०८३ - ०८:४३
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणको अन्तिम सुनुवाइ जिल्ला अदालत काठमाडौंमा जारी रहेका बेला केही उच्च राजनीतिक र सार्वजनिक पदमा रहेका व्यक्तिलाई...
जेष्ठ २९ गते, २०८३ - ०८:३९
काठमाडौं । अध्ययन भिसा सिफारिस प्रक्रियामा शंकास्पद कागजात र नक्कली रसिद प्रयोग भएको आशंका देखिएपछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विस्तृत छा...
जेष्ठ २९ गते, २०८३ - ०८:३६
काठमाडौं । आज विश्व बालश्रम विरुद्धको दिवस । हरेक वर्ष जुन १२ लाई संसारभर बालश्रम विरुद्धको दिवसको रुपमा मनाइने गरिएको छ । बालबालिकालाई श्रमिकका रु...
जेष्ठ २९ गते, २०८३ - ०८:३४
संखुवासभा । संखुवासभा जिल्लाको च्याम्ताङ आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहीबार राति १ः३१...



प्रतिकृया लेख्नुहोस्: