काठमाडौं । नेपाली कांग्रेसले संसद्मा प्रश्न उठाउने सांसदप्रति अर्थमन्त्रीले प्रयोग गरेको अभिव्यक्तिलाई संसदीय मर्यादामाथिको अपमान भएको जनाएको छ।
प्रतिनिधिसभाको बैठकमा बजेटमा करका दर हेरफेर तथा करसम्बन्धी सूचना चुहावटको विषयमा उठेका प्रश्नको जवाफ दिने क्रममा अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले प्रश्न गर्ने सांसदलाई विगत नियाल्न सुझाव दिएका थिए। त्यस क्रममा ‘फाइल खोल्ने’ आशयको अभिव्यक्ति प्रयोग गरिएको भन्दै विपक्षी दलहरूले आपत्ति जनाएका छन्।
यस विषयमा धारणा राख्दै कांग्रेस सांसद अर्जुननरसिंह केसीले प्रश्न गर्ने सांसदलाई नाम जोडिएको फाइल खोल्ने चेतावनी दिनु संसदीय मर्यादाविपरीत भएको बताए।
उनले संसद् धम्की दिने थलो नभई तर्क, बहस र लोकतान्त्रिक विमर्श गर्ने स्थान भएकाले मन्त्रीहरू आफ्नो अभिव्यक्तिप्रति जिम्मेवार हुनुपर्ने बताए। यस्ता विषयमा सरकार गम्भीर बन्न आवश्यक रहेको उनको भनाइ थियो।
यस घटनाप्रति अन्य विपक्षी दलहरूले पनि असन्तुष्टि जनाएका छन्। नेकपा ९एमाले० लगायत विपक्षी दलहरूले पनि संसद्मा प्रश्न सोधेकै आधारमा मन्त्रीले धम्कीपूर्ण भाषा प्रयोग गर्नु अनुचित भएको भन्दै विरोध जनाएका छन्।
विपक्षी दलहरूको भनाइ छ कि संसद्मा हुने बहस तथ्य, तर्क र जवाफदेहितामा आधारित हुनुपर्छ र व्यक्तिगत आरोप–प्रत्यारोप वा धम्कीपूर्ण अभिव्यक्तिले संसदीय अभ्यासलाई कमजोर बनाउँछ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण १४ गते, २०८३ - १७:५३
काठमाडौं । नेकपा (एमाले)ले सुनसरीको देवानगञ्ज गाउँपालिकामा पछिल्ला दिनमा उत्पन्न तनावपूर्ण अवस्थाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। एमाले अध्य...
श्रावण १४ गते, २०८३ - १७:४७
काठमाडौं । प्रतिनिधिसभाको बैठक पाँच दिनका लागि स्थगित भएको छ। बिहीबार बसेको बैठकले ‘अर्थसम्बन्धी केही नेपाल कानुनलाई संशोधन र खारेज गर्ने विधेयक, २...
श्रावण १४ गते, २०८३ - १७:३३
काठमाडौं । गृहमन्त्री सुधन गुरुङ सुनसरीको देवानगञ्ज पुगेर हालैको घटनामा ज्यान गुमाएका दुवै व्यक्तिका परिवारसँग भेट गर्ने भएका छन्। गृहमन्त्री गुरुङ...
श्रावण १४ गते, २०८३ - १७:२७
काठमाडौं । जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्ज महानगरपालिकाका विभिन्न क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ। जिल्ला सुरक्षा समितिको निर्णयअनुसार बि...
श्रावण १४ गते, २०८३ - १७:१७
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आज राष्ट्रका नाममा सम्बोधन गर्ने तयारी गरेका छन्। प्रधानमन्त्री निकट स्रोतका अनुसार सुनसरीमा भएको घटनापछि विकस...
श्रावण १४ गते, २०८३ - १७:०९
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले कोशी र मधेश प्रदेशबाट प्रतिनिधित्व गर्ने पार्टीका सांसदहरूको आकस्मिक बैठक बोला...
श्रावण १४ गते, २०८३ - १७:०३
जनकपुरधाम । सिरहाको गोलबजारमा प्रदर्शनका क्रममा गोली लागेर घाइते भएका अर्का युवक विकास ठाकुरको स्वास्थ्य अवस्था गम्भीर बनेको छ। जिल्ला प्रशासन कार्...
श्रावण १४ गते, २०८३ - १६:५५
काठमाडौं । सुनसरीमा विकसित सुरक्षा अवस्थाको अनुगमन तथा समन्वयका लागि गृहमन्त्री सुधन गुरुङ सुनसरी जाने भएका छन्। प्रधानमन्त्री बालेन शाहसँग छलफल गर...
श्रावण १४ गते, २०८३ - १६:५०
काठमाडौं। सिरहामा प्रदर्शन हिंसात्मक बन्दै गएपछि आगजनी र तोडफोडका घटना बढ्न थालेका छन्। बिहीबार बिहानदेखि चर्किएको प्रदर्शनका कारण जिल्लाको सुरक्षा अव...
श्रावण १४ गते, २०८३ - १६:४३
जनकपुरधाम । सिरहाको गोलबजारमा जारी तनावका बीच गोली लागेर एकजनाको मृत्यु भएको छ। कर्फ्यु आदेश लागू रहेकै बेला दुई पक्षबीचको झडप थप चर्किएपछि क्षेत्र...



प्रतिकृया लेख्नुहोस्: