Khabar Dabali २४ चैत्र २०८२ मंगलवार | 7th April, 2026 Tue

एआईले उत्पादनमा वृद्धिसँगै असमानता पनि बढाउन सक्छ : आइएमएफ प्रमुख

खबरडबली संवाददाता

वासिङ्टन । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)का प्रबन्ध निर्देशक क्रिस्टालिना जोर्जिएवाले कृत्रिम बुद्धिमत्ता (एआई) ले विश्वव्यापी उत्पादनशीलता बढाउन सक्ने बताएकी छिन् । तर यसले देशभित्र र देशबिच आर्थिक असमानता निम्त्याउने गम्भीर जोखिम पनि बोकेको छ ।

विश्व बैङ्क समूह र आईएमएफको सन् २०२५ वार्षिक बैठकका अवसरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले एआई क्षेत्रमा भइरहेको तीव्र लगानीले ‘अविश्वसनीय आशावाद’ ल्याएको उल्लेख गरिन । “एआईले विश्व अर्थतन्त्रको वृद्धिमा ०.१ प्रतिशतदेखि ०.८ प्रतिशतसम्म योगदान दिन सक्छ, जुन निकै महत्वपूर्ण हो,” उनले भनिन । 

आईएमएफले मङ्गलबार सार्वजनिक गरेको पछिल्लो विश्व आर्थिक दृष्टिकोण प्रतिवेदनमा सन् २०२५ को विश्व विकास दर अनुमान ३.२ प्रतिशतमा पुर्याइएको छ । तर भन्सार शुल्क (टारिफ) सम्बन्धी अस्थिरताले सन् २०२६ मा यो दर ३.१ प्रतिशतमा झर्ने अनुमान गरिएको छ ।

जोर्जिएवाले थपिन्,“हामी अहिले झन्डै ३ प्रतिशतको वृद्धिदरमै अड्किएका छौँ । यदि एआईबाट थप वृद्धिदर हाँसिल गर्न सकियो भने, यो विश्वका लागि अत्यन्तै सकारात्मक उपलब्धि हुनेछ ।” “आईएमएफले ‘एआई तयारी सूचकाङ्क’ विकास गरेको छ, जसले चार वटा आधारमा देशको मूल्यांकन गर्छ ।

“एआई अपनाउने सन्दर्भमा उत्कृष्ट देश र पछि परेका देशबिच ठूलो खाडल छ,” उनले भनिन । “त्यसैले एआईले उत्पादकत्व त बढाउन सक्छ, तर यसले देशभित्र र देशबिच असमानता पनि बढाउने सम्भावना छ । त्यसैले तयारी अपरिहार्य हुन्छ ।” सोही अवसरमा जोर्जिएवाले ‘ग्लोबल नीति एजेन्डा’ सार्वजनिक गर्दै तीन प्रमुख प्राथमिकता उल्लेख गरिन । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending