Khabar Dabali २५ चैत्र २०८२ बुधबार | 8th April, 2026 Wed

ट्रम्पको टिप्पणीपछि भारतको स्पष्ट भनाइ-‘ऊर्जा नीतिमा उपभोक्ताको हित नै पहिलो प्राथमिकता’

खबरडबली संवाददाता

भारत । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतले रुसी तेल खरिद बन्द गर्ने वाचा गरेको दाबी गरेपछि भारत सरकारले बिहीबार आफ्नो ऊर्जा नीति सधैँ आफ्ना नागरिकको हितमा केन्द्रित हुने स्पष्ट वक्तव्य जारी गरेको छ ।

भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जायसवालले विज्ञप्ति जारी गर्दै भने, “अस्थिर ऊर्जा बजार र जटिल भू-राजनीतिक परिदृश्यमा भारतीय उपभोक्ताको हितको रक्षा गर्नु नै हाम्रो निरन्तर प्राथमिकता हो । हाम्रो आयात नीति पूर्णरूपमा यही उद्देश्यद्वारा निर्देशित छ ।”

भारतले अहिलेसम्म रुसतर्फको आफ्नो नीतिमा कुनै परिवर्तन भएको न त पुष्टि गरेको छ न त अस्वीकार । यसअघि प्रधानमन्त्री नरेन्द्र मोदीले युक्रेन युद्धका बीच पनि रुससँगको ऐतिहासिक साझेदारी कायम राख्दै मस्कोबाट तेल खरिद गर्ने निर्णयलाई उचित ठहर गरेका थिए । ट्रम्पले केही समयअघि भारतले रुसी तेल खरिद बन्द गर्ने वाचा गरेको बताएका थिए । तर नयाँदिल्लीले यसबारे कुनै आधिकारिक प्रतिक्रिया दिएको छैन ।

अमेरिकी प्रशासन र भारतबिचको व्यापारिक सम्बन्ध पनि हाल केही तनावपूर्ण बनेको छ । गत अगस्टमा राष्ट्रपति ट्रम्पले भारतबाट अमेरिकामा हुने निर्यातमा कर ५० प्रतिशतसम्म बढाएका थिए । त्यसपछि उनका सहयोगीले भारतमाथि युक्रेनमा रुसको युद्धलाई अप्रत्यक्ष रूपमा सहयोग गरेको आरोप लगाएका थिए ।

यसबिच प्रवक्ता जायसवालले पुनः दोहोर्‍याए, “ऊर्जाको स्थिर मूल्य र सुरक्षित आपूर्ति सुनिश्चित गर्नु हाम्रो ऊर्जा नीतिका मुख्य दुई उद्देश्य हुन् । यसका लागि हामीले ऊर्जा स्रोतको विविधीकरणलाई निरन्तर प्राथमिकता दिएका छौँ ।” भारत विश्वकै सबैभन्दा ठूलो कच्चा तेल आयातकर्तामध्ये एक हो । भारतले आफ्नो कुल तेल आवश्यकताको करिब ८५ प्रतिशत विदेशी आपूर्तिकर्ताबाट पूर्ति गर्छ ।

नयाँदिल्ली परम्परागत रूपमा मध्यपूर्वका देशहरू-साउदी अरब, इरान र संयुक्त अरब इमिरेट्स-मा निर्भर रहँदै आएको छ । तर सन् २०२२ पछि पश्चिमी राष्ट्रले मस्कोमाथि लगाएका प्रतिबन्धहरूका कारण रूसी तेलमा मूल्य घटेपछि भारतले त्यसको अवसर उठाउँदै आफ्नो आयात स्रोतलाई उल्लेखनीय रूपमा रूसी बजारतिर मोडेको थियो ।

जायसवालले भने, “जहाँसम्म अमेरिकाको कुरा छ, भारतले विगतका वर्षमा ऊर्जाको खरिद र आपूर्ति विस्तारमा निरन्तर प्रगति गरेको छ । पछिल्लो दशकमा द्विपक्षीय ऊर्जा सहकार्य उल्लेखनीय रूपमा गहिरिएको छ र हाल पनि वर्तमान अमेरिकी प्रशासनसँग सहयोगका सम्भावनाबारे सक्रिय छलफल जारी छ ।”

भारतले विगतका वर्षमा तेल, ग्यास र नवकरणीय ऊर्जामा विविध साझेदारी विस्तार गर्दै आएको छ । सरकारका अनुसार दीर्घकालीन लक्ष्य भारतको ऊर्जा सुरक्षालाई सुनिश्चित गर्नु र आफ्ना जनतालाई सस्तो, स्थिर र भरपर्दो ऊर्जाको पहुँच दिलाउनु हो । रासस/एएफपी 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending