भारत । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतले रुसी तेल खरिद बन्द गर्ने वाचा गरेको दाबी गरेपछि भारत सरकारले बिहीबार आफ्नो ऊर्जा नीति सधैँ आफ्ना नागरिकको हितमा केन्द्रित हुने स्पष्ट वक्तव्य जारी गरेको छ ।
भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जायसवालले विज्ञप्ति जारी गर्दै भने, “अस्थिर ऊर्जा बजार र जटिल भू-राजनीतिक परिदृश्यमा भारतीय उपभोक्ताको हितको रक्षा गर्नु नै हाम्रो निरन्तर प्राथमिकता हो । हाम्रो आयात नीति पूर्णरूपमा यही उद्देश्यद्वारा निर्देशित छ ।”
भारतले अहिलेसम्म रुसतर्फको आफ्नो नीतिमा कुनै परिवर्तन भएको न त पुष्टि गरेको छ न त अस्वीकार । यसअघि प्रधानमन्त्री नरेन्द्र मोदीले युक्रेन युद्धका बीच पनि रुससँगको ऐतिहासिक साझेदारी कायम राख्दै मस्कोबाट तेल खरिद गर्ने निर्णयलाई उचित ठहर गरेका थिए । ट्रम्पले केही समयअघि भारतले रुसी तेल खरिद बन्द गर्ने वाचा गरेको बताएका थिए । तर नयाँदिल्लीले यसबारे कुनै आधिकारिक प्रतिक्रिया दिएको छैन ।
अमेरिकी प्रशासन र भारतबिचको व्यापारिक सम्बन्ध पनि हाल केही तनावपूर्ण बनेको छ । गत अगस्टमा राष्ट्रपति ट्रम्पले भारतबाट अमेरिकामा हुने निर्यातमा कर ५० प्रतिशतसम्म बढाएका थिए । त्यसपछि उनका सहयोगीले भारतमाथि युक्रेनमा रुसको युद्धलाई अप्रत्यक्ष रूपमा सहयोग गरेको आरोप लगाएका थिए ।
यसबिच प्रवक्ता जायसवालले पुनः दोहोर्याए, “ऊर्जाको स्थिर मूल्य र सुरक्षित आपूर्ति सुनिश्चित गर्नु हाम्रो ऊर्जा नीतिका मुख्य दुई उद्देश्य हुन् । यसका लागि हामीले ऊर्जा स्रोतको विविधीकरणलाई निरन्तर प्राथमिकता दिएका छौँ ।” भारत विश्वकै सबैभन्दा ठूलो कच्चा तेल आयातकर्तामध्ये एक हो । भारतले आफ्नो कुल तेल आवश्यकताको करिब ८५ प्रतिशत विदेशी आपूर्तिकर्ताबाट पूर्ति गर्छ ।
नयाँदिल्ली परम्परागत रूपमा मध्यपूर्वका देशहरू-साउदी अरब, इरान र संयुक्त अरब इमिरेट्स-मा निर्भर रहँदै आएको छ । तर सन् २०२२ पछि पश्चिमी राष्ट्रले मस्कोमाथि लगाएका प्रतिबन्धहरूका कारण रूसी तेलमा मूल्य घटेपछि भारतले त्यसको अवसर उठाउँदै आफ्नो आयात स्रोतलाई उल्लेखनीय रूपमा रूसी बजारतिर मोडेको थियो ।
जायसवालले भने, “जहाँसम्म अमेरिकाको कुरा छ, भारतले विगतका वर्षमा ऊर्जाको खरिद र आपूर्ति विस्तारमा निरन्तर प्रगति गरेको छ । पछिल्लो दशकमा द्विपक्षीय ऊर्जा सहकार्य उल्लेखनीय रूपमा गहिरिएको छ र हाल पनि वर्तमान अमेरिकी प्रशासनसँग सहयोगका सम्भावनाबारे सक्रिय छलफल जारी छ ।”
भारतले विगतका वर्षमा तेल, ग्यास र नवकरणीय ऊर्जामा विविध साझेदारी विस्तार गर्दै आएको छ । सरकारका अनुसार दीर्घकालीन लक्ष्य भारतको ऊर्जा सुरक्षालाई सुनिश्चित गर्नु र आफ्ना जनतालाई सस्तो, स्थिर र भरपर्दो ऊर्जाको पहुँच दिलाउनु हो । रासस/एएफपी
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १३ गते, २०८२ - २०:११
उदयपुर । शीतलहरसँगै अत्यधिक चिसोबाट जिल्लाको त्रियुगा नगरपालिका सहित आपपासका वृद्धवृद्धा र बालबालिका प्रभावित भएका छन् । त्रियुगाको जोगीदह, मोथ्याई, ब...
पौष १३ गते, २०८२ - २०:०७
काठमाडौं । राष्ट्रिय सभा सदस्य निर्वाचनमा उम्मेदवारले गर्न पाउने निर्वाचन खर्चको हद तीन लाख ५० हजार रुपियाँ तोकिएको छ । निर्वाचन आयोगका सहसचिव एवम...
पौष १३ गते, २०८२ - १९:५४
मकवानपुर । मकवानपुर होटल एसोसियसनको आयोजनामा हेटौँडामा १२ औँ सडक खाना महोत्सव सुरुभएको छ । हेटौँडा उपमहानगरपालिका ४ स्थित हुप्र चौरको पूर्वतर्फको ...
पौष १३ गते, २०८२ - १९:५०
बारा । जाडो मौसम बढेसँगै बाराको कोल्हवी नगरपालिका र करैयामाइ गाउँपालिकाका ग्रामीण भेगका गरिब तथा विपन्न समुदाय दैनिक जीविकोपार्जनका लागि दाउरा बिक्रीम...
पौष १३ गते, २०८२ - १९:४३
झापा । आफ्नै घरअगाडिको खाल्डोमा डुबेर झापा गाउँपालिका –२ सडकबारीमा एक बालकको ज्यान गएको छ । स्थानीय दिनेश कँडेलका छोरा ३ वर्षीय दिवांस कँडेलको आइ...
पौष १३ गते, २०८२ - १९:४०
काठमाडौं । पदावधि बाँकी रहँदै प्रतिनिधिसभाका उपसभामुख इन्दिरा रानाले पदबाट राजीनामा दिएकी छिन् । सभामुख र उपभामुखको कार्यावधि आसन्न निर्वाचनमा प्र...
पौष १३ गते, २०८२ - १९:३६
बाँके । चालु आर्थिक वर्षमा नेपालगञ्ज नाकाबाट जडीबुटी निर्यात बढेको छ । नेपालगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी पवित्रकुमार खड्काका अनुसार मङ्सिर मसा...
पौष १३ गते, २०८२ - १९:३४
उदयपुर । आगामी फागुन २१ गते हुने भनिएको प्रतिनिधिसभा निर्वाचनका लागि निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम मतदाता नामावलीमा उदयपुरको मतदाताको संख्या ...
पौष १३ गते, २०८२ - १९:३१
काठमाडाैं । आगामी २१ फागुनमा हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि नेपाल मजदुर किसान पार्टीले समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची निर्वाचन आ...
पौष १३ गते, २०८२ - १९:२२
काठमाडाैं । क्यासिनो खेलाउने नाममा ग्राहकलाई नै ठगी गर्ने तथा प्रतिबन्धित आर्थिक कारोबारको आरोपमा क्यासिनो वाल्डोका सञ्चालक पक्राउ परेका छन् । जिल्...




प्रतिकृया लेख्नुहोस्: