Khabar Dabali २२ मंसिर २०८२ आईतवार | 7th December, 2025 Sun
Investment bank

प्रतिबन्धित अवामी लिगका समर्थकहरू चुनावअघि सडकमा

खबरडबली संवाददाता

ढाका । कुनै समय बङ्गलादेशको सबैभन्दा ठूलो राजनीतिक दल रहेको अवामी लिगलाई गत वर्ष सामूहिक जनविद्रोहका क्रममा तत्कालीन नेत्री शेख हसिनालाई सत्ताच्युत गरिएपछि गैरकानूनी घोषित गरिएको थियो ।

तर आगामी चुनाव नजिकिँदै गर्दा उनका समर्थकहरू पुनः सक्रिय बनेका छन् । उनीहरूले सामाजिक सञ्जालमा फैलिएको ‘प्रतिरोध’ को आह्वानबाट प्रेरित भएर प्रतिबन्धलाई बेवास्ता गर्दै देशभर फ्ल्यास मोब शैली (सार्वजनिक स्थानमा सङ्गठित हुने र तुरुन्त तितरबितर हुने तथा सङ्गठित हुन सामाजिक सञ्जालको प्रयोग गर्ने) का विरोध प्रदर्शन सुरू गरेका छन् ।

राजधानी ढाकामा ४५ वर्षका सरसफाइकर्मी मोहम्मद कासेमले अवामी लिगका करिब २५ जना निष्ठावान समर्थकहरू सहभागी भएको एक प्रदर्शन देखेको थियो । उनका अनुसार प्रहरीहरूले ती प्रदर्शनकारीलाई पछ्याई कुटपिट गरी हिरासतमा लिएका थियो । “यो त केवल एक ठाउँमा होइन, सहरभरि भइरहेको छ”, कासेमले भने, “फेसबुकमा हरेक दिन यस्ता भिडियोहरू देखिन्छन् ।”

सन् २०२६ फेब्रुअरीमा हुने अपेक्षा गरिएको आगामी निर्वाचन शेख हसिनाको १५ वर्ष लामो शासनपश्चातको पहिलो हुनेछ । जनआन्दोलनको बीचमा भीडले प्रधानमन्त्री आवासमा आक्रमण गरेपछि हसिना भारत निर्वासनमा जान बाध्य भएको थियो । त्यसयता उहाँले विद्रोहका क्रममा भएको हिंसात्मक दमनको आदेश दिएको आरोपमा मानवता विरुद्धका अपराधसम्बन्धी मुद्दामा अदालतमा हाजिर हुन अस्वीकार गरेको छ ।

उनको पार्टी र समर्थकहरू भूमिगत अवस्थामा पुगेका छन् । अधिकारीहरूले हालसम्म यस्ता फ्ल्यास मोब प्रदर्शनहरूसँग सम्बन्धित आठ सयभन्दा बढी व्यक्तिलाई पक्राउ गरेको बताएका छन् । यी प्रदर्शनहरूले नोबेल शान्ति पुरस्कार विजेता मुहम्मद युनुसको नेतृत्वमा रहेको अन्तरिम सरकारलाई चुनावसम्म स्थिरता कायम राख्ने प्रयासमा चुनौती दिएको छ ।

जोखिम उच्च भए पनि समर्थकहरू सडकमा उत्रिन रोकिने पक्षमा छैनन् । केही प्रदर्शनहरूमा केवल थोरै मात्र युवा सहभागी हुन्छन् भने कतिपयमा सयौँ मानिस नारा लगाउँदै देखिन्छन् — ‘शेख हसिना फर्किंदै हुनुहुन्छ !’ र ‘बङ्गलादेश मुस्कुराउँदैछ !’ । भीडह केही मिनेट नाराबाजी गरेपछि तितरबितर हुन्छन् । कहिलेकाहीँ ढाकाका फरक–फरक भागमा एकैपटक धेरै आकस्मिक प्रदर्शनहरू हुने गरेका छन् । एक दिन मात्रै प्रहरीले दुई सय ४४ जनालाई पक्राउ गरेको बताइएको छ ।

कासेमका अनुसार उनले देखेको ¥यालीमा धेरै प्रदर्शनकारीलाई प्रहरीहरूले कठोर रूपमा कुटपिट गरेका थिए । “यी मूर्ख केटाहरू हुन्”, उनले भने, “हेभिवेट नेताहरूले तिनीहरूलाई त्यागे पनि उनीहरूले आफ्नो जीवनलाई जोखिममा राखिरहेका छन् ।”

अन्तरिम सरकार यस्ता प्रदर्शनहरूबाट असहज बनेको देखिन्छ । अन्तरिम सरकार प्रमुख युनुसका प्रेस सचिव शफीकुल आलमले गत महिना पत्रकारहरूलाई भनेको थियो, “फासीवादीहरू अस्थिर बनेका छन्, किनकि उनीहरूले देखिरहेका छन् कि देश चुनावतर्फ अगाडि बढ्दैछ र (हसिनाको) मुद्दा तीव्र गतिमा अघि बढिरहेको छ ।” उनका अनुसार सरकारले अब आकस्मिक जुलुस र अन्य अवैध जमघटहरूको निगरानी कडाइ गर्ने निर्णय गरेको छ ।

शेख हसिना अहिले पनि सामाजिक सञ्जालमा सक्रिय छन् । उनले युनुसविरुद्ध तीव्र आलोचना गर्दै आफ्ना समर्थकहरूलाई ‘प्रतिरोध जारी राख्न’ आग्रह गरिरहनुभएको छ । बङ्गलादेशी सञ्चारमाध्यमहरूले भूमिगत भएका पार्टी नेताहरूलाई उद्धृत गर्दै गत महिनामा मात्र २० वटा आकस्मिक प्रदर्शन भएको बताएका छन् ।

ढाका प्रहरी प्रवक्ता मोहम्मद तालेबुर रहमानले प्रदर्शनहरूको सटीक सङ्ख्या पुष्टि गर्न नसके पनि आठ सयभन्दा बढी व्यक्ति पक्राउमा परेको जानकारी दिए ।

सरकारको निर्वाचन सुधार आयोगका सदस्य तथा राजनीतिक विश्लेषक जाहेद उर रहमानका अनुसार शेख हसिनाले आफ्ना समर्थकहरूको सुरक्षालाई जोखिममा पार्दै राजनीतिक सान्दर्भिकता कायम राख्ने प्रयास गरिरहेको छ । “उहाँ आफ्ना कार्यकर्तामाथि भएको कुटपिट र गिरफ्तारीका भिडियोहरू साझा गरेर सहानुभूति जुटाउने रणनीतिमा लाग्नुभएको छ”, जाहेदले भने ।

यसैबीच ह्युमन राइट्स वाचले अवामी लिगमाथि लगाइएको ‘कठोर प्रतिबन्ध’ को निन्दा गरेको छ । संस्थाकी क्षेत्रीय निर्देशक मीनाक्षी गाङ्गुलीले भने, “अन्तरिम सरकारले शेख हसिनाको शासनकालमा भएको जस्तो पक्षपातपूर्ण व्यवहार दोहोर्‍याउनु हुँदैन — चाहे त्यो राजनीतिक विरोधीहरूलाई जेलमा पुर्‍याउने होस् वा शान्तिपूर्ण असहमति दमन गर्ने ।”

तर विश्लेषकहरूका अनुसार यी निरन्तर प्रदर्शनहरूले आगामी चुनावी तयारीलाई जटिल बनाइरहेको छ । प्रहरी महानिरीक्षक बहरुल आलमले ‘पराजित समूह’ सहितका विभिन्न हितसमूहहरूले चुनाव हुन नदिन प्रयास गरिरहेको आरोप लगाएको छ ।

मुख्य अभियोजक ताजुल इस्लामका अनुसार शेख हसिनाको अनुपस्थितिमा पनि अवामी लिगमाथि न्यायिक अनुसन्धान भइरहेको छ । “अनुसन्धान प्रतिवेदन तयार भएपछि उचित कारबाही गरिनेछ”, इस्लामले भने ।

भूमिगत अवस्थामै रहेका वरिष्ठ नेता खालिद महमुद चौधरीले भने समर्थकहरू हसिनाप्रतिको ‘समर्पण र प्रेम’ का कारण सडकमा उत्रिरहेका भएको बताउँछन्। “के तपाईंले देख्नुभएको छ — यी गतिविधिहरूले सरकारको निद्रा भङ्ग गरेको छ ?”, उनले हर्षित हुँदै भने ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एनपिएलकाे दाेस्राे संस्करणमा कर्णाली याक्सको सुखद अन्त्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) मा कर्णाली याक्सले लिग चरणको अन्तिम खेल जितसँगै प्रतियोगितामा सुखद अन्त्य गरेको छ ।  आइतबार कीर्तिपुरस्थित त...

चीनमा सडक दुर्घटनाः ९ जनाको मृत्यु

उरुम्ची । उत्तरपश्चिम चीनको शिन्जियाङ उइगुर स्वायत्त क्षेत्रमा शनिबार राति भएको गम्भीर सडक दुर्घटनामा ९ जनाको मृत्यु र ७ जना घाइते भएको स्थानीय अधिकार...

चीनद्वारा इन्टरनेट उपग्रहहरूको नयाँ समूह प्रक्षेपण

वेनचाङ । चीनले शनिबार हैनान प्रान्तबाट लङ मार्च–८ए रकेट प्रक्षेपण गर्दै १४औँ समूहका इन्टरनेट उपग्रहहरू कक्षमा पठाएको छ । रकेट दिउँसो ३ः५३ बजे उड्यो र ...

अमेरिकी दबाबबीच भेनेजुएलाद्वारा ५,६०० सैनिक थप परिचालन

काराकास । संयुक्त राज्य अमेरिकाले भेनेजुएलामाथि सैन्य दबाब बढाइरहेका बेला राष्ट्रपति निकोलस मदुरोको प्रशासनले शनिबार पाँच हजार ६०० सैनिकलाई औपचारिक रू...

गलत बाटाेमा कांग्रेस: संसद् पुनर्स्थापनाको रिट बोकेर सर्वोच्चमा

काठमाडौँ । प्रतिनिधिसभा विघटनको सवालमा देशभर राजनीतिक बहस चलिरहेकै बेला नेपाली कांग्रेस फेरि पनि विवादास्पद बाटोमा हिँड्न थालेको देखिएको छ ।  पार्ट...

इरानमा आर्थिक अपराधमा मृत्युदण्ड, विश्वभर आलोचना

तेहरान । इरानले आइतबार ठगी मामलामा दोषी ठहरिएका मोहम्मद रेजा गफ्फारीलाई फाँसी दिएको छ । गफ्फारी ‘रेजायात खोद्रो तारावत नोविन’ कम्पनीका मालिक थिए र कार...

स्रोत नखुलेको १२ लाख २९ हजार रुपैयाँसहित एक भारतीय पक्राउ

सर्लाही । सर्लाहीको ब्रह्मपुरी गाउँपालिका–४ त्रिभुवननगरस्थित प्रहरी चौकीको पछाडिबाट स्रोत नखुलेको ठुलो परिमाणको नेपाली रुपैयाँसहित एक भारतीय नागरिकलाई...

१४३ दलमा १०७ दललाई चुनाव चिन्ह

काठमाडौं । आगामी फागुन २१ गते निर्धारित प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारी अन्तिम चरणतिर पुगेसँगै निर्वाचन आयोगले राजनीतिक दलहरूलाई चुनाव चिन्ह वितरण...

काभ्रेपलाञ्चोकमा सुन्तला उत्पादन १० प्रतिशत बढ्ने प्रक्षेपण

काभ्रेपलाञ्चोक ।  यसवर्ष काभ्रेपलाञ्चोकमा सुन्तला उत्पादनमा १० देखि १५ प्रतिशतसम्म बढ्नसक्ने प्रक्षेपण गरिएको छ । गत वर्ष भने बाढीपहिरोका कारण जिल्लाक...

अपर म्याग्दी जलविद्युत् आयोजनाको क्षमता बढ्यो

म्याग्दी । धवलागिरि गाउँपालिकामा निर्माणाधीन अपर म्याग्दी जलविद्युत् आयोजनाको क्षमता बढेको छ । यसअघि ३७ मेगावाट रहेको आयोजनाको क्षमता बढाएर ४६ दशमल...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending