Khabar Dabali २० असार २०८३ शनिबार | 4th July, 2026 Sat
Investment bank

देशमा विदेशी हस्तक्षेप र चलखेल बढ्दो छ: चित्रबहादुर केसी

खबरडबली संवाददाता

चितवन । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले देश बचाउनका लागि अब जनता जाग्ने समय आएको बताएका छन् ।

चितवनमा आज उद्घाटन भएको अखिल नेपाल जनजाति सम्मेलनको पाँचौँ महाधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष केसीले देशमा विदेशी हस्तक्षेप र चलखेल बढ्दो अवस्थामा पुगेको भन्दै नेपाली जनताले अब देश रक्षाको जिम्मा लिनुपर्ने समय आएको बताए ।

“नेताहरू स्वच्छ र इमानदार नभएकै कारण आज देश यस्तो अवस्थाबाट गुज्रिरहेको छ,” केसीले भने, “जनताको चिन्ताभन्दा स्वार्थी समूहको फाइदामात्र सोच्ने नेताका कारण अहिले जेनजीहरूले आन्दोलन गर्नुपरेको हो ।”

कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (मसाल) का महासचिव मोहनविक्रम सिंहले पनि सम्बोधन गरेका थिए । लामो समयपछि सिंह कुनै सार्वजनिक राजनीतिक कार्यक्रममा उपस्थित भएका हुन् ।

महामन्त्री सिंहले जेनजी आन्दोलनको मर्म सही भए पनि त्यसको फाइदा स्वार्थी राजनीतिक दलहरूले लिएको टिप्पणी गरे । “भ्रष्टाचारविरुद्ध उठेको आन्दोलनलाई स्वार्थका खेलमा परिणत गरिएको अनुभूति भएको छ,” उनले भने ।

त्यस्तै, अखिल नेपाल किसान महासंघका अध्यक्ष भैरव रेग्मी, अखिल नेपाल युवक संघका अध्यक्ष गणेश अधिकारी, र अखिल नेपाल ट्रेड युनियन महासंघका महासचिव शालिकराम सापकोटालगायतले पनि वर्तमान राजनीतिक परिस्थितिमा पार्टी र जनवर्गीय संगठनको भूमिका सम्बन्धमा आ–आफ्ना धारणा राखेका थिए ।

महाधिवेशन सोमबारसम्म चल्नेछ र यसले नयाँ नेतृत्व चयन गर्नेछ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending