चितवन । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले देश बचाउनका लागि अब जनता जाग्ने समय आएको बताएका छन् ।
चितवनमा आज उद्घाटन भएको अखिल नेपाल जनजाति सम्मेलनको पाँचौँ महाधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष केसीले देशमा विदेशी हस्तक्षेप र चलखेल बढ्दो अवस्थामा पुगेको भन्दै नेपाली जनताले अब देश रक्षाको जिम्मा लिनुपर्ने समय आएको बताए ।
“नेताहरू स्वच्छ र इमानदार नभएकै कारण आज देश यस्तो अवस्थाबाट गुज्रिरहेको छ,” केसीले भने, “जनताको चिन्ताभन्दा स्वार्थी समूहको फाइदामात्र सोच्ने नेताका कारण अहिले जेनजीहरूले आन्दोलन गर्नुपरेको हो ।”
कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (मसाल) का महासचिव मोहनविक्रम सिंहले पनि सम्बोधन गरेका थिए । लामो समयपछि सिंह कुनै सार्वजनिक राजनीतिक कार्यक्रममा उपस्थित भएका हुन् ।
महामन्त्री सिंहले जेनजी आन्दोलनको मर्म सही भए पनि त्यसको फाइदा स्वार्थी राजनीतिक दलहरूले लिएको टिप्पणी गरे । “भ्रष्टाचारविरुद्ध उठेको आन्दोलनलाई स्वार्थका खेलमा परिणत गरिएको अनुभूति भएको छ,” उनले भने ।
त्यस्तै, अखिल नेपाल किसान महासंघका अध्यक्ष भैरव रेग्मी, अखिल नेपाल युवक संघका अध्यक्ष गणेश अधिकारी, र अखिल नेपाल ट्रेड युनियन महासंघका महासचिव शालिकराम सापकोटालगायतले पनि वर्तमान राजनीतिक परिस्थितिमा पार्टी र जनवर्गीय संगठनको भूमिका सम्बन्धमा आ–आफ्ना धारणा राखेका थिए ।
महाधिवेशन सोमबारसम्म चल्नेछ र यसले नयाँ नेतृत्व चयन गर्नेछ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २२ गते, २०८२ - १९:२१
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) मा कर्णाली याक्सले लिग चरणको अन्तिम खेल जितसँगै प्रतियोगितामा सुखद अन्त्य गरेको छ । आइतबार कीर्तिपुरस्थित त...
मंसिर २२ गते, २०८२ - १९:१४
उरुम्ची । उत्तरपश्चिम चीनको शिन्जियाङ उइगुर स्वायत्त क्षेत्रमा शनिबार राति भएको गम्भीर सडक दुर्घटनामा ९ जनाको मृत्यु र ७ जना घाइते भएको स्थानीय अधिकार...
मंसिर २२ गते, २०८२ - १९:१२
वेनचाङ । चीनले शनिबार हैनान प्रान्तबाट लङ मार्च–८ए रकेट प्रक्षेपण गर्दै १४औँ समूहका इन्टरनेट उपग्रहहरू कक्षमा पठाएको छ । रकेट दिउँसो ३ः५३ बजे उड्यो र ...
मंसिर २२ गते, २०८२ - १९:०८
काराकास । संयुक्त राज्य अमेरिकाले भेनेजुएलामाथि सैन्य दबाब बढाइरहेका बेला राष्ट्रपति निकोलस मदुरोको प्रशासनले शनिबार पाँच हजार ६०० सैनिकलाई औपचारिक रू...
मंसिर २२ गते, २०८२ - १८:१४
काठमाडौँ । प्रतिनिधिसभा विघटनको सवालमा देशभर राजनीतिक बहस चलिरहेकै बेला नेपाली कांग्रेस फेरि पनि विवादास्पद बाटोमा हिँड्न थालेको देखिएको छ । पार्ट...
मंसिर २२ गते, २०८२ - १८:०६
तेहरान । इरानले आइतबार ठगी मामलामा दोषी ठहरिएका मोहम्मद रेजा गफ्फारीलाई फाँसी दिएको छ । गफ्फारी ‘रेजायात खोद्रो तारावत नोविन’ कम्पनीका मालिक थिए र कार...
मंसिर २२ गते, २०८२ - १८:०३
सर्लाही । सर्लाहीको ब्रह्मपुरी गाउँपालिका–४ त्रिभुवननगरस्थित प्रहरी चौकीको पछाडिबाट स्रोत नखुलेको ठुलो परिमाणको नेपाली रुपैयाँसहित एक भारतीय नागरिकलाई...
मंसिर २२ गते, २०८२ - १८:००
काठमाडौं । आगामी फागुन २१ गते निर्धारित प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारी अन्तिम चरणतिर पुगेसँगै निर्वाचन आयोगले राजनीतिक दलहरूलाई चुनाव चिन्ह वितरण...
मंसिर २२ गते, २०८२ - १७:५७
काभ्रेपलाञ्चोक । यसवर्ष काभ्रेपलाञ्चोकमा सुन्तला उत्पादनमा १० देखि १५ प्रतिशतसम्म बढ्नसक्ने प्रक्षेपण गरिएको छ । गत वर्ष भने बाढीपहिरोका कारण जिल्लाक...
मंसिर २२ गते, २०८२ - १७:५५
म्याग्दी । धवलागिरि गाउँपालिकामा निर्माणाधीन अपर म्याग्दी जलविद्युत् आयोजनाको क्षमता बढेको छ । यसअघि ३७ मेगावाट रहेको आयोजनाको क्षमता बढाएर ४६ दशमल...




प्रतिकृया लेख्नुहोस्: