काठमाडौं । सशस्त्र प्रहरी नायब उपरीक्षक सुरज पौडेलसहित ७ जना सशस्त्र प्रहरी कर्मचारीहरूले दामोदर हिमश्रृङ्खला अन्तर्गत पर्ने चुलु फार इस्ट हिमालको सफल आरोहण गरेका छन् ।
असोज २५ गते बिहान ७ बजेको समयमा ६ हजार ३८ मिटर अग्लो हिमालको शिखरमा सशस्त्र प्रहरी बल, नेपालको झण्डा फहराइएका हो ।
सह प्रवक्ता डिएसपी शैलेन्द्र थापाका अनुसार, पर्वतीय उद्धारको क्षेत्रमा सशस्त्र प्रहरी बल, नेपालको क्षमता अभिवृद्धि हुन्छ भन्ने विश्वासका साथ गरिएको आरोहणले पर्यटन प्रवर्धनमा कोशेढुङ्गासमेत सावित हुने तथा पर्वतीय उद्धार तालिम शिक्षालय मनाङमा सञ्चालन भइरहेको पर्वतीय उद्धार तालिमका लागि आवश्यक पर्ने प्रशिक्षकहरूको उत्पादनमा समेत ठुलो भूमिका निर्वाह गर्ने विश्वास लिइएको छ ।
केही समय अगाडि सशस्त्र प्रहरी बल, नेपालले चुलु फार इस्ट हिमाल आरोहण गर्न अनुमति खुला गर्ने प्रक्रियामा पहल गरेको थियो । त्यसको फलस्वरूप सशस्त्र प्रहरी बल, नेपाललाई आरोहण गर्ने अवसर मिलेको हो । यसभन्दा अघि चुलु इस्ट हिमालको अनुमति लिएर चुलु फार इस्ट हिमालको आरोहण गर्ने प्रचलन थियो ।
सशस्त्र प्रहरी बल, नेपालको यस आरोहणपश्चात चुलु फार इस्ट हिमाल आरोहण गर्ने कानुनी हिसाबमा वैधानिकतासमेत प्राप्त गरेको छ । सशस्त्र प्रहरी नायब उपरीक्षक सुरज पौडेलसहित सात जना, निम तेम्वा शेर्पा र सुम्बा छिरी शेर्पाको गाइडलाइन्समा फोर्टिन, पिक्स एक्सपिडिसन मार्फत उक्त हिमाल आरोहण गरेका हुन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...




प्रतिकृया लेख्नुहोस्: